नेपालमा गणतन्त्र स्थापनाका नायक प्रचण्ड : लेवाडेदेखि बालुवाटारसम्म



शनिबार १७ , जेष्ठ २०७७


कास्की जिल्लामा रहेको साबिक ढिकुरपोखरी गाविस पोखराबाट करिब १८ किलोमिटर उत्तरपश्चिममा पर्दछ ।
लेवाडे यसै ढिकुरपोखरीको एक गाउँ हो ।
यही लेवाडेमा वि.सं. २०११ साल मङ्सिर २६ गते एक दम्पतीको पहिलो सन्तानको रूपमा एक बालकको जन्म भएको थियो । बालककी आमा खेतमा गएको बेला उतै सुत्केरी बेथाले च्याप्छ । र खेतमै बच्चो जन्मन्छ । गाउँका महिलाहरूको सहयोगमा बच्चाको सालनाल काटेर आमा र नवजात शिशुलाई घर ल्याइन्छ ।
पूरा समय नपुगी जन्मेकाले औसत रूपमा बच्चा केही सानो देखिन्थ्यो । जन्मँदै छातीमा एक सानो घाउ थियो ।
यो घाउ देखेर बालकका आमाबाबु डराए । त्यसबेला गाउँमा डाक्टर तथा अस्पतालहरू थिएनन् । मानिसहरू धामी तथा गाउँका वैद्यहरूको भर पर्दथे । यी नवजात शिशुका बुबालाई कसैले एउटा उपाय सिकायो– फलाम तताएर घाउमा डामिदिने । यसै गरे । नभन्दै केही समयमा घाउ निको भयो ।
लेवाडीको त्यस खेतमा जन्मिएको बालक बिस्तारै बढ्दै गयो । आफ््नो पढाइ पूरा ग¥यो । सानै उमेरदेखि राजनीतिमा सव्रिmय भयो । उसको परिवारले कल्पना नै नगरेको त्यही बालक भविष्यमा आएर नेपालको राजनीतिको मियो हुनपुग्यो ।
लेवाडेको खेतमा जन्मिएको त्यही बच्चो आजको प्रचण्डको रूपमा विश्वराजनीतिमा देखिनुभएको छ ।
प्रचण्डका बुबा मुक्तिराम र आमा भवानी दाहालले धेरै नै दुःख गर्नुभयो यस गाउँमा । मुक्तिराम र भवानीको जेठो सन्तानको रूपमा प्रचण्डको जन्म भएको थियो । पहिलो सन्तानको आगमनमा दाहाल परिवार खुसी थियो । छोरो जन्मँदा जति खुसी थियो, नाजुक आर्थिक अवस्थाको कारण परिवार राम्रोसँग चलाउन नसक्ता मुक्तिरामलाई त्यति नै पीडा पनि थियो ।
प्रचण्डकी आमा भवानी बिरामी भइरहेपछि उहाँको हेरचाह फुपू देवकी दाहालले गर्नुभयो । समय नपुगी जन्मेकाले प्रचण्ड अलिक दुब्लो, सानो चेहराको हुनुहुन्थ्यो ।
प्रचण्डको पुर्खा वि.सं. १९११ तिर लेवाडे आएको थियो । प्रचण्डको परिवारको अघिल्ला पुस्ताले झन्नै एक शताब्दी लेवाडेमा बितायो । तर प्रचण्ड जन्मँदासम्म पनि दाहाल परिवारको आर्थिक अवस्थामा कुनै सुधार आउन सकेन ।
त्यहाँका जमिनदार सामन्तीहरूबाट प्रताडित बनेको थियो दाहाल परिवार । राणा सामन्ती शम्शेरबहादुर कुँबरले प्रचण्डका हजुरबा नरपति दाहाललाई चरम यातना दि“दै उहाँहरूले भोगचलन गर्दै आएको जग्गा हडपेका थिए । यो चरम यातना र शोषणबाट प्रचण्डका बाबुआमा पनि पीडित भएका थिए ।
गरिबीको पीडाले सन्तान प्राप्तिको खुसी पनि खोस्दो रहेछ ।
परिवार पाल्न धौधौ परेपछि मुक्तिराम भारत आसामको गुवाहाटी पुग्नुभएछ कामको सिलसिलामा । दुई वर्ष प्रवासमा बस्ता पनि आर्थिक अवस्थामा सुधार आउने अवस्था नदेखेपछि वि.सं. २०१७ सालमा मुक्तिराम भारतबाट आफ्नै घर फर्कनुभयो ।
वि.सं. २०१७ साल नेपालको राजनैतिक इतिहासमा महङ्खवपूर्ण छ । जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्थ गरी २०१७ साल पुस १ गते राजा महेन्द्रले एकदलीय पञ्चायती व्यवस्थाको सुरmवात गर्नुभएको थियो । यो व्यवस्था २०४६ सालसम्म कायम रह्यो । महेन्द्रको ‘कु‘पछि सबै राजनैतिक पार्टीहरू प्रतिबन्धित भए ।
नेपाली काङ्ग्रेसको सरकारले मनोमानी तरिकाले काम गरेको, यसले देशमा भ्रष्टाचार बढेको, अन्तर्राष्ट्रिय हस्तक्षेप बढ्न थालेको र देश विखण्डनतिर जान सक्ने देखिएकाले आफूले सरकारलाई अपदस्थ गर्नुपरेको भन्ने राजा महेन्द्रको दाबी थियो । २०१७ साल पुस १ गते दिउँसो ३ः३० बजेको समयमा नारायणहिटी राजदरबारबाट देशवासीको नाममा बक्सेको महेन्द्रको घोषणामा भनिएको छ –
“ऐन–कानुनको मर्यादा नराखी छिटो–छरितो र योग्य बनाउने नाममा यस मन्त्रिमण्डलले देशको प्रशासन–यन्त्र निष्क्रिय र आधारहीन बनाउने चेष्टामा लाग्यो । अधिकार दुरmपयोग हुँदा भ्रष्टाचार बढ्नुका साथै अनेकानेक भ्रान्ति पैदा गराई प्रशासनयन्त्रमा पनि शिथिलता उत्पन्न भई देशमा शान्तिसुरक्षा कायम राख्न यो मन्त्रिमण्डल बिलकुल असमर्थ भएकाले र अराष्ट्रिय तङ्खवहरूले धेरै मात्रामा प्रोत्साहन पाई राष्ट्रिय एकतामा समेत बाधा पु¥याउने वातावरण आउन लागेको पनि कसैमा नछिपेको तथा वैज्ञानिक विश्लेषण र वस्तुस्थितिको अध्ययनविना कोरा सिद्धान्तको आधारमा उठाइएका आर्थिक कदमहरूले समाजमा चाहिने परिवर्तनको सट्टा जनतामा अशान्त र दूषित वातावरणमात्र पैदा गरेकाले, राष्ट्रको हित तथा प्रजातन्त्रकै निमित्त पनि देशमा यस्तो स्थिति धेरै समयसम्म रहन दिनु उचित नभएकाले देशको एकता, राष्ट्रियता र सार्वभौमिकता बचाउने, देशमा अमनचयन कायम राख्ने र देशलाई कुनै कारणबाट पनि बिग्रँदो स्थितिबाट बचाउने जिम्मेवारी पनि हामीमै भएकाले,
उपरोक्त वातावरण हटाई शान्तिसुरक्षा कायम राख्न र देशलाई सङ्व्रmमण स्थितिबाट बचाउन विशेष व्यवस्थाको जरmरत पर्न आएकाले तथा देश र जनताको हितलाई मात्र ध्यानमा राखी संविधानको धारा ५५ को अधिकार प्रयोग गरी यो मन्त्रिमण्डल र संसद्का दुवै सदनहरूसमेत हामीबाट आज यो घोषणाद्वारा विघटन गरिबक्सेका छौ“ । कुनै नयाँ व्यवस्था गर्न केही समय लाग्ने हुँदा अर्को व्यवस्था नभएसम्म मुलुकको शासनभार हामीबाटै स्वयम् ग्रहण गरिबक्सेका छौ“ ।”
राजा महेन्द्रको घोषणासँगै जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई एक सार्वजनिक कार्यक्रमस्थलबाटै सेनाले पक्राउ गरी बन्दी बनाएको थियो । बीपीलाई निरन्तर दस वर्ष जेलमा राखियो ।
देशमा एक खालको सन्त्रास फैलिएको वर्ष थियो भने दाहाल परिवारमा पनि चरम नाजुक आर्थिक अवस्थाको कारण बडो बेचैनीमा फसेको थियो ।
प्रचण्डपछि मुक्तिराम र भवानी दाहालका अन्य सात सन्तान जन्मिए । प्रचण्डका भाइको नाम गङ्गाराम हो । बहिनीहरू अप्सरा, तारा, सीता, कमला, विष्णुमाया र सरस्वती हुन् ।
क) बसाइको दुःखान्त कथा ।
झन्नै एक शताब्दीदेखि आफ्नो पुर्खा बस्तै आएको लेवाडे छाड्न बाध्य भयो मुक्तिरामको परिवार । वि.सं. २०१८ सालमा आफ्नो झोलाझ्याम्टा लिएर हि“ड्यो दाहाल परिवार । मुक्तिरामको परिवार लेवाडीबाट चितवनस्थित भीमसेननगरमा बसाइ सरी आयो । चितवन नै बसाइ सर्नुको कारणचाहिँ उनीहरूभन्दा पहिले पनि यस ठाउँमा लेवाडेका धेरै मानिसहरू बसाइ सरी आएका थिए । उनीहरूसँगको सम्बन्ध र भरोसामा दाहाल परिवार चितवन आएको थियो । आफ्नो परिवार कास्कीबाट चितवन बसाइ सरी आउँदा प्रचण्ड ७ वर्षको मात्र हुनुहुन्थ्यो ।
आफूसँग भएका गाईबस्तु पनि सँगै लिई आउनुभएको थियो मुक्तिरामले । एघार दिनको कठिन यात्रापछि भीमसेननगर आइपुग्यो दाहाल परिवार । मुक्तिरामसँगै उहाँका भाइ कुलप्रसाद दाहालको परिवार पनि बसाइ सरी आएको थियो ।
एघार दिनको कठिन पैदलयात्रापछि दाहाल परिवार कास्की लेवाडेबाट चितवनको भीमनगर आइपुगेको थियो । यो कहालीलाग्दो यात्रामा गोडाहरू गलितमात्र थिएनन् पैताला पटपटी फुटेका थिए । सात वर्षका प्रचण्डको अवस्था झन् कति कष्टदायी थियो होला । सुखको आशामा पीडाको भारी उचाल्न उनीहरू राजी भएका थिए ।
भीमनगरमा आएर माटो, काठ आदिको प्रयोग गरेर तीनकोठे घरको निर्माण गर्नुभयो मुक्तिरामले । त्यस घरमा पूरै परिवारको गुजारा चल्यो । पाँच बिघा जग्गा मुक्तिरामका दाजुभाइले भोगचलन गर्नुभयो । अब भने दाहाल परिवारमा बिहान–बेलुकाको गुजारो टार्न भने त्यति गाह्रो परेन ।
नयाँ यात्रा, नयाँ ठाउँ । यही ठाउँ जीवनको आखिरीसम्मको भयो मुक्तिराम र भवानी दाहालका लागि ।
ख) बाल्यकाल र स्वभाव
प्रचण्डको बाल्यकाल पीडादायी नै देखिन्छ । पहिलो कुरा गर्भधानको पूरा समय नपुग्दै उहाँको जन्म भयो । जन्मदै छातीमा घाउ भएको र त्यहाँ तातो फलामले डामिएको थियो ।
गरिब परिवार भएका कारण सम्पन्नताको अनुभव हुन पाउने कुरै भएन । त्यसबेलाको अरू किसानका छोराछोरीजस्तै उहाँ पनि गाईबाख्रा, भै“सी चराउन जाने गर्नुहुन्थ्यो । प्रचण्डले धेरै अन्तर्वार्ताहरूमा भन्नुभएको छ– “अझै पनि त्यसबेला गोठालो गएको याद आउँछ । त्यो चउर, पोखरी र जङ्गल । चार वर्षदेखि नै मैले बाख्रा चराउन थाले“ । सात वर्षको पुगेपछि भै“सी चराउन सक्ने भएँ । बाख्राबाट वृद्धि भएर भै“सीमा पुगे“ ।”
गोठालो गएर आउँदा दाउराको सानो बिटो पनि लिएर आउनुपथ्र्यो । बिहानै उठेर पढ्नुपर्ने, सिलोटमा कखरा लेख्नुपर्ने । प्रचण्डलाई बाल्यकालमा सबैभन्दा धेरै गाह्रो लाग्ने कामचाहि“ बिहानै नुहाउनु थियो । तर उहाँको मामाले सधै“ बिहानै नुहाउन भन्नहुन्थ्यो । नुहाउनु नै पथ्र्यो ।
बसाइ सरी चितवन आएपछि बाल्यकालका साथीहरू पनि सबै लेवाडेमै छाडिए । चितवन आएपछि पनि गाईबाख्रा, भै“सी चराउने काम तथा कृषिको काममा परिवार सघाउने गर्नु नै प¥यो । बाल्यकालको आर्थिक अभावको कारण उहाँले जीवनमा कठिन सङ्घर्ष गर्न सिक्नुभयो । दुःख भनेको कस्तो हुन्छ उहाँले स्कुले जीवन नसक्तै थाहा पाइसक्नुभएको थियो ।
जेठो सन्तान भएका कारण आफूभन्दा मुनिका भाइबहिनीको हेरचाह पनि गर्नैप¥यो । कक्षा १० मा पढ्दैगर्दा १५ वर्षकै कलिलो उमेरमा उहाँको विवाह भयो ।
हरेक दृष्टिकोणबाट प्रचण्डको बाल्यकाल चरम अभावमा बित्यो । आर्थिक अवस्था नाजुक भएकै कारण मुक्तिराम र भवानीका सबै सन्तानले शिक्षा लिन पाएनन् ।
बाल्यकालमा उहाँ साथीहरूसँग कहिल्यै झगडा गर्नुहुन्नथ्यो । कसैले आफूमाथि अन्याय ग¥यो भनेचाहि“ कडा प्रतिरोध गर्ने उहाँको स्वभाव थियो । बाल्यकालमा कसैसँग झगडा गरेको सम्झना छैन प्रचण्डसँग ।
उहाँकै अनुसार सानामा सोझो र इमान्दार हुनुहुन्थ्यो । सबैले राम्रो मान्थे । इमान्दार भएकाले साथीहरूबीच झगडा प¥यो भने त्यसको सत्यतथ्यचाहिँ प्रचण्डलाई सोधेर पत्ता लागाउने गरिन्थ्यो ।
नाच्न, गाउन र कविता लेख्नमा उहाँको विशेष रmचि थियो । लेखनाथ पौडेलको कालमहिमा तथा लक्ष्मीप्रसाद देवकोटाका कविताहरूपति उहाँ बढी नै प्रभावित हुनुहुन्थ्यो । उहाँ आफै“ पनि छन्दमा कविता लेख्नुहुन्थ्यो । तर त्यसलाई निरन्तरता दिइएको पाइएन ।
स्कुले जीवनमै रामायण तथा महाभारत पढिसक्नुभएको थियो । साँझमा गाउँका मानिसहरू भेला हुन्थे र प्रचण्डलाई रामायण पढ्न लगाउँथे । उहाँ लय हालेर रामायण पढेर सबैलाई सुनाउनुहुन्थ्यो । त्यस बेला आफ्नो स्वर निकै राम्रो भएको प्रचण्डको भनाइ छ ।
आफ्नो बाल्यकाल निक्कै सुन्दर र इमान्दार रूपमा रहेको प्रचण्ड स्वयम् भन्नुहुन्छ । उहाँकै भनाइलाई आधार मान्ने हो भने उहाँ गाईप्राणी हुनुहुन्थ्यो ।
गाउँलेहरूले राखिदिएको प्रचण्डको उपनाम थियो– “देवताको गाई” ।
ग) विद्यार्थी जीवन र त्यो सपना
चितवन आएपछि प्रचण्डले शिवनगरको नारायणी विद्यामन्दिरमा पढ्न थाल्नुभयो । सुरmसुरmमा वहाँको पढाइ धेरै कमजोर थियो । कक्षा ३ मा वहाँ फेल नै हुनुभयो । फेल हुनको पीडा आजपर्यन्त वहाँलाई ताजै छ । फेल भएपछि शिक्षक तथा अभिभावकको गाली खानु सामान्य नै थियो । यो समय पढाइको टर्निङ पोइन्ट हुनपुग्यो । त्यसपछि इखले पढ्न थाल्नुभयो । पछाडि फर्केर हेर्नुपरेन त्यसपछि, हरेक कक्षामा प्रथम । वि.सं. २०२६ सालमा दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गर्नुभयो ।
एसएलसी पास हुनुभएपछि आफ्नो सपना साकार पार्न काठमाडौ“ रवना हुनुभयो । पाटन क्याम्पस ललितपुरमा वहाँको एडमिसन भयो ।
पाटन क्याम्पस पढ्दाका दुःखद कथाहरू आँसु झार्ने खालका छन् । एकातिर परिवारको आर्थिक अभाव अर्कोतिर राजनीतिप्रतिको चासो । तेस्रो आफ्नो सपना पूरा हुन्छ कि हुँदैन भन्ने डर । जति नै अभाव भए पनि वहाँका बुबा मुक्तिरामले चितवनबाटै चामल बोकेर काठमाडौ“ डेरासम्म ल्याइदिनुहुन्थ्यो । गाउँमा भएको गुन्द्रुक, सिन्की तरकारीको रूपमा आउँथ्यो ।
प्रचण्डलाई अहिले पनि त्यस बेलाको दुःख ताजै छ– कैयौ“ दिनसम्म गुन्द्रुकको झोलसँग मात्र भात खाएको । पानी मात्रै खाएर रात काटेको । तर उहाँको सानैदेखिको एउटा खुबी थियो जस्तोसुकै अप्ठ्यारामा पनि खुसीले बाँच्न सक्ने ।
त्यस बेलाको कुरा सम्झ“दै प्रचण्ड भन्नुहुन्छ – “एक–दुई रmपैयाँमा आउने खाजा अहिले सम्झँदा पनि जिब्रोबाट पानी आउँछ । अभावका बीचमा पनि समय रमाइलो थियो । पहिलेपहिलेको कुरा सम्झँदा आज पनि पाटनका गल्लीहरूमा मम खान मन लाग्छ । तर त्यसरी बाटैमा बसेर मम खाने रमाइलो पल समयले खोस्यो । बाटामा एक्लै हि“ड्न मन लाग्छ त्यो पनि समयले नै होला बन्देज लगायो । घरमा ल्याएर खाँदा होटलमै, बाटाकिनारमै उभिएर खाएजस्तो मज्जा कहाँ हुन्छ र !”
मङ्गलबजारमा उहाँको डेरा थियो । रmम पार्टनर कास्कीका एक गुरmङ थरका यूवा थिए । प्रचण्डका बुबा मुक्तिरामले सम्झँदै पत्रकारहरूसँग भन्नुभएको थियो – “हामी सबै उसले मिहिनेतसाथ पढेर ठूलो मान्छे बनेको देख्न चाहन्थ्यौ“ । म प्रत्येक महिनाजस्तो चामल, मकै र तरकारीसहित उसलाई भेट्न जान्थे“ ।”
पाटन क्याम्पसमा आईएससी उत्तीर्ण गरेपछि स्नातक अध्ययनका लागि प्रचण्ड चितवन आउनुभयो । काठमाडौ“मै राखेर खर्च गर्न वहाँको बुबा असमर्थ हुनुभयो । अर्कोचाहिँ वहाँको सपना फेरियो । कृषि क्रान्तिबाट देशको विकास छिटो हुन्छ भन्ने लाग्यो र रामपुर कृषि क्याम्पसमा पढ्न थाल्नुभयो । त्यहाँबाट बीएससीएजी सकेपछि स्नातकोत्तरका लागि त्रिविमा नाम लेखाउनुभयो तर राजनीतिमा बढी नै समय दिन रmचि बढ्दै गएपछि त्यसलाई पूरा गर्न सक्नुभएन ।
त्रिविमा फारम भरेको एउटा कुराका लागि काम लाग्यो । सरकारले प्रचण्डको टाउकाको मूल्य तोक्दा त्यही फारममा टाँस गरेको फोटो उप्काएर लगेर सार्वजनिक गरेको थियो ।
प्रचण्डले आफूलाई एक स्वप्नदर्शीको रूपमा व्याख्या गर्ने गर्नुभएको छ । स्कुले जीवनदेखि नै उहाँ आफ्नो छविछाया देख्नुहुन्थ्यो ।
पहिले प्रचण्ड इन्जिनियर वा पाइलट बन्न चाहनुहुन्थ्यो । त्यही इन्जिनियर वा पाइलट बन्ने सपनाले साइन्स पढ्नुभयो । पढ्न थालेपछि इन्जिनियरभन्दा बढी ध्यान पाइलटमा नै गयो । तर आईएससी पढिसक्ता विविध कारणले यस सपनाको मृत्यु हुन पुग्यो । मुख्य कारण पारिवारिक आर्थिक अवस्था नै थियो । अर्कोचाहिँ राजनीतितिरको झुकाव पनि हो ।
इन्जिनियर वा पाइलट बन्ने सपनाको मृत्यु भएपछि आर्मीमा भर्ती हुने र त्यसको कमान्डर बन्ने सपनाको जन्म भयो । आर्मी कमान्डर बन्ने सपना पूरा गर्न एनसीसीको एकबर्से सैनिक तालिम पनि लिनुभयो । यो तालिम लिइसक्ता समयले उहाँलाई अर्कैतिर मोड्यो । राजनीतितर्फ जाने बाटो नै फराकिलो देखेर उहाँ सव्रिmय राजनीतिमा लाग्नुभयो । भविष्यमा जनमुक्ति सेनाको सुप्रिम कमान्डर बन्नुभयो ।
प्रचण्डको बुझाइ के छ भने यो सपना व्यक्तिगत नभएर सामूहिक सपना हो । उहाँको दाबी छ समाजले बनाएको हो प्रचण्डको अस्तित्व ।
सपनाहरूको मृत्यु र जन्मको शृङ्खलामा उहाँले आफ्नै नेतृत्वमा जनयुद्ध गर्नुभयो । नेपालको प्रधानमन्त्री हुनुभयो । गणतन्त्र ल्याउन सफल हुनुभयो ।
(यो लेख रामप्रसाद खरेलद्वारा लिखित पुस्तक “प्रचण्डःजनयुद्धका नायक” भित्रबाट साभार गरिएको हो ।)

 

Featured News

Advertisement