सोमबार १५, मंसिर २०७७ Mon,30 Nov 2020

सर्वाधिकार सुरक्षित

मेलिनासँग सन्तोष खरेलको लगन जुर्यो सार्वजनिक ।



2020 13:04 बिहीबार २९ , जेष्ठ २०७७

जेठ २९, काठमाण्डौं ।


लक डाउनको समयमा युटियूव मार्फत गायक सन्तोष खरेलले तिम्रो मेरो लगन जुर्यो वोलको गीत सार्वजनिक गर्नुभएको छ ।
मेलिना राई र सन्तोष खरेलको स्वरमा रहेको यो डान्स गीतमा शब्द र संगित पनि खरेलकै रहेको छ । ‘यो मन’ एल्बमभित्र समेटिएको गीतलाई जुन, ८ मा सार्वजनिक गरिएको हो ।
प्रदिप श्रेष्ठले एरेन्ज गरेको गीतको मिक्सिङ रदिफ श्रेष्ठले गर्नुभएको छ ।
यसअघि खरेलका अन्नत यात्रा, एक नजर, तिम्रो साथ, प्रेमी पागलपन र यो मन गीति एल्बम सार्वजनिक भइसकेका छन् ।
खरेलका ‘छन तिम्रा लागि रुने धेरै छन’, ‘नेपाल आमा देश बँचाउन’, ‘शान्तिको पूmल पूmल्छ’ लगायतका चर्चित गीतहरु रहेका छन् ।
विभिन्न गायकहरुको धेरै गीतहरुमा खरेलले संगित गर्नुभएको छ ।
खरेल गीतकार तथा कवि पनि हुनुहुन्छ ।


गीतको शब्द यस्तो छ :
केटा ः हजुरबाले चोया काडे डोको बुन्नलाई
तिम्रो मेरो लगन जुर्यो घरबार हुनलाई ।
केटी ः सिन्का खोजी गुढ लाउन थाल्यो चराले
बौलाउने बनाउँछ कि तिम्रो मायाले ।
दुवै ः संगै घुमौँला, संगै रमाउँला
सुख दुस्ख जिन्दगी यो सँगै बिताउँला ।
केटा ः खेत भरी धान झुल्यो बारीभरि कोदो
तिम्रो लागि दुनियामा केटो मै हो सोझो ।
केटी ः बगैंचामा फूल फूल्यो भमराको ताँती
चञ्चल मनले खोज्न थाल्यो एउटा जीवनसाथी
दुवै ः संगै घुमौँला, संगै रमाउँला
सुख दुस्ख जिन्दगी यो सँगै बिताउँला ।
केटी ः सिरी सिरी हावा मिठो वरपिपलको छाँया
एकबारको जुनी हाम्रो लगाऊँ चोखो माया ।
केटा ः ठेकि भरि दुध दही गाग्रो भरि पानी
एका देशको मै हुँ राजा तिमी मेरी रानी ।
दुवै ः संगै घुमौँला, संगै रमाउँला
सुख दुस्ख जिन्दगी यो सँगै बिताउँला ।
केटा ः हजुरबाले चोया काडे डोको बुन्नलाई
तिम्रो मेरो लगन जुर्यो घरबार हुनलाई ।
केटी ः सिन्का खोजी गुढ लाउन थाल्यो चराले
बौलाउने बनाउँछ कि तिम्रो मायाले ।
दुवै ः संगै घुमौँला, संगै रमाउँला
सुख दुस्ख जिन्दगी यो सँगै बिताउँला ।

https://www.youtube.com/watch?v=k4i7p95BY0g

 

Featured News

Advertisement