बिहीबार १८, जेष्ठ २०८० Thu,01 Jun 2023

सर्वाधिकार सुरक्षित

गोठगाउँको आइसोलेशन नेपालकै नमुना, अस्पतालको रुपमा निरन्तरता दिइने ।



13:45 मंगलवार २ , असार २०७७

असार २ गते, गोठगाउँ


सामाजिक बिकास मन्त्रालय प्रदेश न १ को सहयोगमा मोरङको गोठगाउस्थीत पुर्बान्चल विश्वविद्यालयमा कोभिड– १९ आईसोलेसन अस्पताल संचालनमा आएको छ । त्यहा अहिले अनलाईन मार्फत बिरामी भर्ना गर्ने व्यबस्था मिलाईएको छ । केही दिन अघि स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रमुख बिशेषज्ञ डा रोशन पोखरेल र डा . दिपक सिग्देलले अनुगमन गरि त्यहि मोडेलमा आईसोलेशन सन्चालन गर्न सरकारलाई सुझाव दिने बताउनुभएको थियो । त्यहाँ चाहिने उपकरण र आबश्यक पर्ने जनशक्तीको लागि संघीय सरकारले पनि सहयोग गर्ने बताउनुभएको कुरा मेडिकल डिन डा शैलेश मणि पोखरेल ले बताउनु भयो । प्रारम्भिक चरणको अस्पताल भएकोले त्यहा अहिले लक्षणनभएका सन्क्रमित हरु भर्ना गरिने र आवश्यक परेमा धरान र विराटनगर रिफर गर्न २४ सै घण्टा स्टाण्डबाई एम्बुलेन्स को व्यबस्था गरिएको छ । सामाजिक बिकाश मन्त्रालयका नवौ तहका चिकित्सक डा हरेराम माझि सहित ४ जना चिकित्सक र ४ जना नर्स आबासिय रुपमा २४ सै घण्टा खटिने गरि चिकित्सक हरुको व्यबस्था गरिएको छ । बिराटनगरको कोभिड अस्पतालमा समेत काम गरेर आईसक्नुभएका डा माझिले सकेसम्म प्रबिधिकोको प्रयोग गरि सन्क्रमितहरुलाई व्यबस्थापन गर्ने अहिले यो प्रबिधी एक्दमै राम्रो भएको उहाँले बताउनु भयो । यो एक किसिमले दैबी प्रकोपको व्यबस्थापन जस्तै हो त्यसैले क्रमश सन्क्रमितहरुलाई छुट्याउदै क्रमश व्यबथापन गर्ने हो, उपकरण थपिदै जादा लक्षणसहितका बिरामिको उपचार गर्न सकिने उहाले बताउनु भयो । झापाका ४४, मोरङ्का २३, सुन्सरिका ३७, भोज्पुरका ५, उअदयपुरका ४, ताप्लेजुङला १, इलामका २, पाचथरका १, र भारतका १ गरि जम्मा ११८जना सन्क्रमितहरु भर्ना गरिएको छ । पहिला क्वारेन्टाईन रहेको बिल्डिङलाई प्रदेश सरकारको सहयोगमा आईसोलेसन हस्पीटल बनाईएको हो ।
प्रदेश न १ को प्रदेश सभा सार्वजनिक लेखा समितिले त्यस अस्पतालको निरिक्षण गरि त्यहाको ब्यबस्थापन टिम लाई धन्यवाद दिदै अस्पताललाई चाहिने सम्पुर्ण उपकरण र औषधि हरु उपलब्ध गराउन प्रदेश सरकारलाई निर्देशन दिने कुरा जनाएको छ ।

अहिले अस्पतालाई थप सुढिढ गर्न भेण्टिलर र अन्य आबश्यक पर्ने सम्पुर्ण उपकरण हरु माग गरिएको र कोरोना पछि अस्पताललाई पनि १०० बेडको अस्पतालको रुपमा सन्चालन गर्ने पुर्बान्चाल विश्वविद्यालयले दिएको म्यान्डेट अनुसार काम गरिरहेको डिन डा शैलेश मणि पोखरेलले बताउनु भयो ।

Featured News

Advertisement