बिहीबार १८, जेष्ठ २०८० Thu,01 Jun 2023

सर्वाधिकार सुरक्षित

इटहरी कांग्रेसमा सभापतिका चार दावेदार, सर्भेक्षणले के भन्छ ?



15:06 शुक्रबार २ , श्रावण २०७७
  • रामप्रसाद खरेल

नेपाली कांग्रेसले आफ्नो राष्ट्रिय महाधिवेशनको मिति घोषणा गरेसँगै इटहरी कांग्रेसमा पनि सभापति पदका लागि उम्मेदवारीको घोषणा हुन थालेको छ । केही दिन अघि एक कार्यक्रममा चारजनाले आफूले चौधौँ अधिवेशनमा इटहरीको सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यस अघि पनि इटहरी कांग्रेसमा सभापतिको बिषयमा वहस शुरु भइसकेको थियो ।
सभापति पदका लागि इच्छुक केहीले भने अहिले आफू केही नवोल्ने जनाएका छन् । क्रियाशिल सदस्यको वितरण सकेपछि वल्ल माहोल हेरेर वोल्ने भनेका छन् । यसले के जनाउँछ भने चार वाहेक पनि आकांक्षीहरु रहेका छन् । कांग्रेसको महाधिवेशनको कार्यतालिका अनुसार साउन मसान्तभित्र क्रियाशिल सदस्यता वितरण तथा नविकरण सक्नुपर्नेछ ।
इटहरी कांग्रेसको भावि सभापतिको लागि वर्तमान कार्यसमितिका सह–सभापति कोविदजङ्ग कार्की, उप–सभापति शिवराज दाहाल, सचिव प्रकाश बस्नेत र विकास केसीले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । महाधिवेशन तालिका अनुसार पुस ८ गते गाउँ तथा नगर अधिवेश हुनेछ ।
अधिवेशन आउँन निक्कै समय बाँकी रहेपनि आफ्नो पक्षमा मतदाता जुटाउँन दावेदारहरुको सक्रियता वढेको छ । मतदानमा क्रियाशिल सदस्यहरुले भाग लिन पाउँनेछन् । पाँच हजारको हाराहारीमा क्रियाशिल सदस्य पुग्ने जनाइएको छ ।
सर्भेक्षणको नतिजाले के भन्छ ?
इटहरी कांग्रेसको भावि सभापति कसलाई वनाउँदा ठिक होला ? भनेर हामीले जनमतको सर्भेक्षण गरेका छौँ । सर्भेक्षण दुइ प्रकारले गरिएको छ । पहिलो, कांग्रेसका क्रियाशिल सदस्य तथा सर्मथकहरुलाई प्रत्यक्ष भेटेर फिल्ड सर्भेक्षण गरिएको छ । इटहरीका सबै वडामा गरी जम्मा १ सय जनालाई सर्भेक्षणमा सहभागि गराइएको थियो । दोस्रो, अनलाइन मार्फत सर्भेक्षण गरिएको छ । गुगल फारम मार्फत हामीले मत दिने व्यवस्था गरेका थियौँ । गुगल फारम मत सर्भेक्षणमा १ हजार ३ सय ९ जनाले सहभागिता जनाएका छन् । दुबै सर्भेक्षणको नतिजा उस्तै प्राप्त भएको छैन् ।
अनलाइन सर्भेक्षणमा कोविदजङ्ग कार्कीलाई वढी मत प्राप्त भएको छ । फिल्ड सर्भेक्षणमा प्रकाश बस्नेतले वढी मत प्राप्त गर्नुभएको छ ।
सर्भेक्षणका क्रममा हामीले चार जना मध्ये एक वा अन्य भन्ने अप्सन राखेका थियौँ ।
अनलाइन गुगल फारम मत सर्भेक्षणको नतिजा
यो सर्भेक्षणमा जम्मा १ हजार ३ सय ९ जनाले मत दिनुभएको छ । यी मध्ये ११ जनाले यी चार मध्ये अरु नै आए ठिक भनेका छन् ।
कोविदजङ्ग कार्की ले ८५६ (६५.४ प्रतिशत), प्रकाश बस्नेतले २२७ (१७.३), विकास केसी १४२ (१०.८ प्रतिशत) र शिवराज दाहालले ७३ (५.६ प्रतिशत) मत प्राप्त गर्नुभएको छ ।
फिल्ड सर्भेक्षणको नतिजा
नेपाली कांग्रेस इटहरीका १ सय जना क्रियाशिल सदस्य तथा सर्मथक व्यक्तिहरुलाई भेटेर हामीले प्रश्न गरेका थियौँ । जसमध्ये १४ जनाले यी चार वाहेक अरु नै सभापति भए ठिक भन्ने जवाफ दिएका छन् ।
अनलाईन सर्भेक्षणमा दोस्रो स्थान पाउँनुभएका प्रकाश बस्नेतले २५ मत प्राप्त गरी पहिलो स्थान लिनुभएको छ । अनलाईन सर्भेक्षणमा पहिलो स्थान पाउँनुभएका कोविदजङ्ग कार्कीले २३ मत प्राप्त गरी दोस्रो स्थान प्राप्त गर्नुभएको छ । विकास केसीले २१ मत र शिवराज दाहालले १७ मत प्राप्त गर्नुभएको छ ।
सर्भेक्षणमा देखाइको नतिजा पछि केही कांग्रेस नेता तथा स्वतन्त्र प्रकारका विश्लेषकहरुलाई पनि हामीले प्रश्न गरेका थियौँ । उनिहरुले वर्तमान सभापति हेमकर्ण पौडेलको साथ जसलाई हुन्छ उसले जित्ने दावी गरेका छन् । हेमकर्ण पौडेलेको साथ कसलाई हुने हो त्यो अहिले सार्वजनिक भएको छैन् । तर पार्टीभित्र गुटगत राजनीतिलाई हेर्ने हो भने विकास केसी देउवा गुट र बाँकी सबै अर्को गुटका भएकाले हेमकर्णको साथ केसी वाहेकका उमेदवारलाई हुने अनुमान गरिएको छ । केसी १३ औँ अधिवेशनमा हेमकर्ण पौडेलसँग पराजीत हुनुभएको थियो ।
अहिले सभापतिका दावेदारहरु सबै युवा रहेका छन् ।


१) विकास केसी
इटहरीको राजनीतिवृतमा चर्चामा आइरहने नाम हो विकास केसी । वहाँले विधार्थी राजनीतिबाट आफ्नो राजनैतिक यात्रा शुरु गर्नुभएको हो । नेपाल विधार्थी संघको केन्द्रिय उपाध्यक्ष र प्रदेश नम्बर १ कमिटिमा संयोजकको भूमिका निर्वाह गरिसक्नु भएको छ । १३ औँ अधिवेशनमा सभापतिको हार व्यहोर्नु परेका कारण पनि यसपाली त्यसलाई जीतमा परिणत गर्नुपर्ने दवाव वहाँमा हुनसक्छ ।
२) कोविदजङ्ग कार्की
नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको सह–सभापति रहनुभएका कार्की फोरम लोकतान्त्रिक र कांग्रेसको पार्टी एकिकरण भएपछि सह–सभापति हुनुभएको हो । नेकाको महाधिवेशन प्रतिनिधि समिति सदस्य समेत रहनुभएका कोविदजङ्गले नेवि संघ तथा तरुण दल हुँदै अहिलेको स्थानमा आइपुग्नुभएको हो । फोरम लोकतान्त्रिक हुँदा वहाँ इटहरीको अध्यक्ष रहनुभएको थियो । नेविसंघको झापा जिल्ला सदस्य तथा तरुण दलको झापा जिल्ला कमिटिको सचिव भएर काम गरिसक्नुभएको छ ।
३) प्रकाश बस्नेत
इटहरी कांग्रेसको वर्तमान सचिव रहनुभएको छ प्रकाश बस्नेत । तरुण दलबाट राजनीतिको यात्रा थाल्नुभएका वहाँले साविक पकलीको तरुण दलको अध्यक्ष, पकली नेपाली कांग्रेसको सचिव भएर काम गरिसक्नुभएको छ ।
४) शिवराज दाहाल
इटहरी कांग्रेसको वर्तमान उप–सभापति शिवराज दाहालले कार्यवाहक सभापतिको भूमिका समेत निर्वाह गरिसक्नुभएको छ । दुइ कार्यकाल उप–सभापति भइ काम गरिसक्नुभएको छ । सहसचिवको जिम्मेवारीमा पनि एक कार्यकाल आफ्नो भूमिका निर्वाह गरिसक्नुभएको छ । वहाँ निर्वाचनबाट नभई मनोनितको रुपमा कार्यसमितिमा प्रवेश गर्नुभएको हो ।
तर नेपाली कांग्रेसको महाधिवेशन मिति सर्ने पनि उतिकै चर्चा भइरहेको छ । गुटगत तालमेल नमिलेका कारण महाधिवेशन मिति सार्न लागिएको बताइएको छ । हालको महाधिवेशको कार्यतालिका यस्तो रहेको छ ।

गाउँरनगर वडा अधिवेशन( २०७७ पुस ६ गते
गाउँरनगरपालिका अधिवेशन(२०७७ पुस ८ गते
प्रदेश सभा क्षेत्रीय अधिवेशन (२०७७ पुस ११ गते
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ पुस १३ गते
एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७७ पुस १६ गते
प्रदेश अधिवेशन(२०७७ माघ ६ गते
केन्द्रीय महाधिवेशन – २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं ।

सर्वेक्षणको निष्कर्ष,
सर्वेक्षणमा प्राप्त मत र धारणा अनुसार इटहरी कांग्रेसको सह–सभापति कोविदजङ्ग कार्की र सचिव प्रकाश मध्ये एकले जित्न सक्ने प्रक्षेपण गर्न सकिन्छ । तर अझै महाधिवेशनको समय आउँने धेरै भएकाले पुर्ण प्रक्षेपण गर्न भने सकिदैन् । हामीलाई प्राप्त धारणाहरु अनुसार वर्तमान सभापति हेमकर्ण पौडेलको साथ कसलाई रहन्छ उसले जित्ने सम्भावना वढी रहन्छ ।

Featured News

Advertisement