बलराम सर र दुई नीति कथाको प्रसङ्ग



आईतवार ११ , श्रावण २०७७
  • रामप्रसाद खरेल

सर ! किन तँपाई आफ्ना विरोधीहरुलाई झन धेरै सहयोग गर्नुहुन्छ ?
धरानमा एक साँझ मैले बलराम सर (गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्धक बलराम आर्चाय) लाई यही प्रश्न सोधेँको थिएँ । वहाँ मुस्कुराउँनुभयो र एकछिन मौन रहनुभयो । अलिकति मौनताकै समयमा मैले जवाफ नआउँला भन्ने नै सोचे । 
हामी अलिक एकान्तका कुर्सीमा वस्यौँ । 
“राम सरले एउटा कथा सुन्नुभएको छ ?” बलराम सरले सोध्नुभयो मलाई ।
“कुन कथा ?” मैले जिज्ञासा राखेँ ।
“तँपाइलाई म एउटा कथा सुनाउँछु ।”
“हुन्छ ।” सरको कथा सुन्न म राजी भएँ । 
छोरी सुमिरा हाम्रो फोटो खिच्न व्यस्त थिइन् ।
बलराम सरले कथा शुरु गर्नुभयो ः
एक साधु थिए । उनि प्राय खोला, नदी किनारमा वस्थे । एकदिन खोलामा थोरै वाढी आयो । वाढीले कमिलाको एउटा गोलो नै वगाउँन लाग्यो । साधुले पानिबाट कमिलालाई वाहिर निकाल्ने प्रयास गरेँ, गरिरहे । अञ्जुलीले वाहिर निकाल्थे । त्यही वाहिर निकालेको कमिलाले उनलाई चिल्थ्यो । खोलाबाट धेरै कमिला वाहिर निकाले साधुले । जति धेरै कमिला वाहिर निकाल्थे त्यति नै धेरै कमिलाले साधुलाई चिल्थ्यो । तर चिलेपनि त्यो कमिलालाई मार्दैन्थे । हातबाट विस्तारै हटाउँथे । साधुको ध्यान कमिलाले चिलेकोमा भन्दा खोलाले वगाउँदै गरेका कमिला वाहिर निकाल्नेमा धेरै थियो । 
अर्को एक व्यक्तिले साधुको क्रियाकलाप हेरिरहेको थियो । दिनभर साधुले कमिला निकाल्ने प्रयास गरिरहेँ । वाहिर निकालेका धेरै कमिलाले हातभरी चिलेका थिए । डाबर रै डाबर थिए हातमा । 
साझँ पर्यो । अब साधु त्यहाँबाट हिड्न लागेँ । साधु हिड्न लाग्दा त्यो व्यक्तिले साधुलाई सोधे – “गुरु तँपाइले किन यी कमिला निकाल्न मरिहत्ते गर्नुभएको ? फेरि तिनै कमिलाले तँपाईलाई चिलिरहेका छन् । वाहिर निकाल्नुहुन्छ फेरि पानीले बगाउँन लाग्छ । अनि तँपाइ फेरि निकाल्ने प्रयास गर्नुहुन्छ । हात कति दुखेको होला ? यो सब किन गरिरहनुभएको छ ?”
साधु भन्छन् – “यदि मैले ननिकालेको भए कमिला मथ्र्यो । मेरो काम सेवा गर्ने हो । मैले मेरो जिम्मेवारी पुरा गरेँ । उसले चिलेर उसको जिम्मेवारी पूरा गर्योहोला । यसमा के अनौठो छ र ?”
साधुको जवाफ सुनेर त्यो व्यक्ति फेरि प्रश्न गर्छन् – “अनि सेवा गर्ने क्षेत्र अरुपनि थिए नि हैन ?”
साधु भन्छन् – “पक्कैपनि सेवाका क्षेत्र अरुपनि थिए । आपतमा अरुपनि थिए होलान् । तर मेरो अगाडी यीनै कमिला आपतमा परेका छन् । वाढीको समस्या यही छ अहिले । मैले मेरो आँखै अगाडीको समस्यालाई थाति राखेर अर्को कुन सेवा क्षेत्र खोज्दै हिड्नु ?”
त्यो व्यक्ति सोध्छ – “अनि कमिलाले चिल्दा रिस उठ्दैन् ?”
साधु नम्र भाषामा भन्छन् – “कमिलासँग मेरो के दुश्मनी ? अनि कमिलाको मसँग के दुश्मनी ? हामीबीच दुश्मनी नै छैन् । र मैले कमिलाबाट प्राप्त गर्नु पनि केही छैन् । जब कोहीसँग लिनुदिनु नै छैन् उसँग किन रिसाउँनु ? यो समयले मलाई सुम्पेको जिम्मेवारी हो । यसलाई जीवनमा प्राप्त गरेको अवसर भन्दा पनि हुन्छ । मैले अवसर वा जिम्मेवारीलाई इमान्दारितापूर्वक पूरा गर्ने कोशिश गरेँ ।”
यति भन्दै साधु बाटो लागेँ । 
बलराम सरले कथा सुनाइसक्नुभयो । 
यो एउटा नीति कथा हो हाम्रो समाजको ।
कथापछि हामीले अझैँ केही कुरा गर्यौ । ती सब अफ दि रेकर्ड हुन् । तँपाइलाई सुनाउँन सकिन ।
साझँ अलिक धेरै भयो हामी पनि एक–अर्कासँग विदा भयौँ । 
यस कथाबाट हामीले कि सिक्ने ? के अर्थ लगाउँने ? सबैको आ–आफ्नै तर्क होला । आ–आफ्नै विश्लेषण होला ।
यस कथाको शिक्षा यो पनि हुनसक्छ ।
पहिलो, विरोधी नै भएपनि हामीले सहयोग गर्नुपर्ने अवस्था आयो भने गर्नुपर्छ । त्यो समयले हामीलाई प्रदान गरेको जिम्मेवारी हो । प्रतिशोध , घृणा र वदला जस्ता काम हामीले गर्नुहुँदैन् । आफ्ना समस्या भन्दा अरुका समस्या ठूला छन् भने पहिले त्यसलाई हल गर्नुपर्छ । कथामा हात दुख्नु सामन्य हो । कमिलाले चिलेको दुखाइका कारण साधुले पानि बाट कमिलालाई ननिकालेको भए उनिहरुको ज्यान नै जानसक्थ्यो ।
दोस्रो, समर्थक र विरोधी अस्थायी कुरा हुन् । मुख्य कुरा भनेको इमान्दारितापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नु हो । 
तेस्रो, हामीले गरेको काम समाजले पनि हेरिरहेको हुन्छ । समाजले प्रश्न गर्छ । आज नगरेपनि भोलि कसै न कसैले हामीमाथि प्रश्न उठाउँन सक्छ । त्योवेला हामीसँग सही जवाफ हुनुपर्छ । इतिहासको कठघारामा उभिएर जवाफ दिन वर्तमानमा हरेक पल सकारात्मक सोचका साथ इमान्दारीपूर्वक आफ्ना जिम्मेवारीहरु पूरा गर्नुपर्छ ।
चौथो, आफूभन्दा कम्जोर छ भन्दैमा पेलिहाल्नु हुँदैन् । चाहेको भए साधुले कमिलालाई मार्न सक्थे तर उनले झन प्रेमले बँचाइरहे । प्रेम जीवनको सबभन्दा ठूलो साथि हो ।
माथिको प्रसङ्ग पहिलो हो, अब दोस्रोतर्फ प्रस्थान गरौँ ।
कुनै एक विहान मैले बलराम सरलाई प्रश्न गरेँ – “भाग्यले नै सरको सफलता प्राप्त भएको हो कि ?”
जिङ्सीङगको अर्डर गर्नुभयो । 
बलराम सरले भन्नुभयो – “रामसर एउटा कथा छ तँपाइलाई सुनाउँछु । सुनिसकेको पनि हुनसक्छ ।”
“हुन्छ ।” मैले भनेँ ।
तँपाइले पनि यो कथा सुनिसकेको हुनसक्छ । र कयौँलाई सुनाइ सकेको पनि हुनसक्छ ।
कथासम्म पुग्न अन्य केही उप–कथाहरु भनिए र सुनिए । यीनै उप–कथाहरुको वाचन र श्रवणकै बीचमा जिङ्सीङ आइपुग्यो सिसाको पारदर्शी कपमा ।
जिङ्सीङ सुरुप, सुरुप पार्दै हामी कथातर्फ प्रस्थान गर्यौ ।
एक जना व्यक्ति ज्योतिषीकोमा जान्छ र भन्छ – “मेरो चीना हेरिदिनुपर्यो ।”
ज्योतिषीले चिना पल्टाएर एकछिन हेर्छ, अनि भन्छ – “तँपाइलाई ठूलो शनिदशा लागेको रैछ । ठूलै अनिष्ठ हुनसक्छ । तर यसलाई हटाउँने उपाँया पनि छ मसँग ।”
त्यो व्यक्तिले सोध्छ – “के गर्नुपर्छ ?”
ज्योतिषी भन्छ – “दश हजार लाग्छ ।”
“त्यत्रो पैसा त छैन् मसँग ।”
उसो भए पाँच हजार देऊ ज्योतिषीले भन्छ ।
“पाँच हजार पनि छैन् ।”
“एक हजार छ ?” ज्योतिषीले फेरि सोध्छ ।
“छैन् ।”
क्रमश भन्दै जाँदा दश रुपैयामा शनि हटाइदिन ज्योतिषी मञ्जुर हुन्छ ।
ज्योतिषी दश रुपैयामा मञ्जुर भएपछि त्यो व्यक्तिले भन्छ – “दश रुपैया पनि छैन् मसँग ।”
त्यो मान्छेको कुरा सुनेर ज्योतिषीले उसको हातमा चीना राखिदिदैँ भन्छ – “जाऊ, तिमीलाई जस्तोसुकै शनी लागेपनि केही हुँदैन् ।”
अलमल हुँदै त्यो मान्छे आफ्नो बाटो लाग्छ ।
पारदर्शी कुरा गर्दै हामीले जिङ्सीङको कप पनि खालि पारिसकेछौँ । 
हामी भने हाम्रो गफमा पटक्कै अलमल छैनौँ । र हामीबीचका काम पनि त्यति नै पारदर्शी छन् । 
जे कुरा भनिन् ती हामीबीच भएका ‘अफ दि रेर्कड हुन्’ । 
सुनाउँने कुरा अझैँ धेरै छन ।

Featured News

Advertisement