टिनेजरलाई “इन्सपायर र गाइड”



बिहीबार ८ , आश्विन २०७७

सन्जीवन प्रधान

हामीले सामान्यतया हेर्दा , युवा अवस्था (टिनएज) का भाईबैनीहरुको जीवन सार्है हर्सोउल्लासपूर्ण भए जस्तो लाग्छ । तिनीहरु गीत गाइरहेका हुन्छन ,रमाइ रहेका हुन्छन । तिनीहरुको एउटा बेग्लै आफ्नै किसिमको संसार भए जस्तो लाग्छ । 

अतुलनिय उत्साहकासाथ बितिरहेको तिनीहरुको त्यो समयलाई हेर्दा, एक किसिमले “डाहा” नै हुन्छ ।
हामीले अहिले गर्नुपरेको संघर्ष भुलेर त्यही समयतिर फर्केर हेर्छौ । त्यो अवस्था बाँच्न खोज्छौ । तर युवा अवस्था (टिनएज) का भाईबैनीहरुले बिताइरहेको समय हामीले सोचेजस्तो हुँदैन ।  त्यो समयले तिनिहरुलाई एउटा अनौठो किसिमको चुनौती  दिइरहेको हुन्छ । वास्तवमा, त्यो समय यस्तो समय हो जुनबेला धेरै समस्याहरुले एकैपल्ट चारैतिरबाट घेराहाल्न सुरु गरिदिन्छ । एक पछी अर्को SURPRISES हरु सामुन्ने आउछन । 
 
के गराँै, नगरौँको अवस्था हुन्छ । फाइट (समस्याहरुसँग जुध्ने कि के गर्ने ?), फ्लाईट (समस्याबाट टाढा भाग्ने कि के गर्ने ?) वा फ्रीज (समस्यालाई केही समय अवलोकन गर्ने कि के गर्ने ?) कुनबेला के गर्ने ? थाहा हुँदैन । 
 
ठिक त्यतीनै बेला, शरीरमा हुने हर्मोनको उतार चढाव र परिवर्तनले अपत्यारिलो तरिकाले अनेक बुझ्नै नसकिने भावनाहरुको चलखेल सुरु गराइ दिन्छ ।

अर्कोतर्फ, आफ्नै शरीरलाई जब ऐनामा हेरिन्छ ,प्रकृतिले ओठमा छोडेको लाली अनी गालमा चढाउदै गरेको फिक्का गुलाबी रङले आँफैलाई दङ पार्न सुरु गर्छ ।
कहिलेकाही “आहा मेरो शरीर कती सुन्दर छ । यो सदा यस्तै रहिरहन्छ ?” भन्ने ह्यालुसुनेसन पनि हुन सक्छ । ठीक त्यही समयमा कसैको लागि आकर्षण सुरु हुन्छ जसलाई भुलबस साचो प्रेमको उपाधी दिइन्छ ।  

टीनएजको समयलाई उद्घृत गर्दै कसैले लेखेका छन, “ड्रामा, लाइज, टियर्स, फियर्स अल एट वन्स इन टीनएज इयर्स ।”

त्यतीबेला एउटा असहज स्थिती आइपरेको हुन्छ । आफुलाई केटाकेटी भनाँै, त्यो अवस्था बितिसकेको हुन्छ । पूर्ण युवा भनाँै, त्यो पनि आइसकेको हुँदैन । यो अवस्थाले एक किसिमको “आइडेनटिटी क्रायसिस (म यो हो कि त्यो हो ? कस्तो हो ? को जस्तो हो ? मेरो पहिचान के हो ?  भन्ने दुबिधापूर्ण अवस्था ।) को स्थिति सृजना गरिदिएको हुन्छ । त्यसैबेला “अब यिनिहरु ठुलो भइसके” भन्दै ,परीवार र समाजले दिने बिभिन्न चुनौतीहरु (यस्तो बन भनी दवाब दिने काम,एकअर्कासँग तुलना गरिदिने काम, बिविध मुल्य र मान्यता अनुसार चल्नुपर्छ भन्दै सपनाहरु थोपरीदिने काम ) ले थप तनाव दिइरहेको हुन्छ । अर्कोतर्फ, यि सबैकुराहरुलाई एकैसाथ सामना गर्नसक्ने भावनात्मक बुद्धिमताको बिकास भएकै हुँदैन ।

यो यस्तो समय हो जुनबेला परिवार र आफन्तहरुको साथ अत्याधिक रूपमा चाहिन्छ । यो अवस्था सकिएपछी बिस्तारै परिपक्वता आउछ ,भावनात्मक बुद्धिमताको बिकास हुन्छ । त्यसैले, यो अवस्थालाई सहजताका साथ पारगर्ने हामी सबैले हाम्रा भाईबैनीहरुलाई सहयोग गर्नुपर्छ । मायालु बातावरण सृजना गरिदिनुपर्छ । त्यस किसिमको बातावरणले सहजता प्रदान गर्छ । यसले हाम्रा भाईबहिनीहरुले आफ्नो मनोभावनालाई खुलस्त रूपमा परिवारको सामु राख्न सुरु गर्छन । 

“समस्याको समाधान मैले मेरो परिवारसँग मिलेर खुज्नु पर्छ” भन्ने भावना जाग्रित गराउनुपर्छ ।  मनोचिकित्सक तथा लेखक डा. सेफाली साबरी भन्नुहुन्छ – “हामीले हाम्रो बिगतमा अपनाउदै गरेको “कन्ट्रोल एन्ड डिसीप्लिन” सिद्धान्तलाई अब तिलान्जली दिन जरुरी छ । हामीले “इन्सपायर एन्ड गाइड” भन्ने नयाँ सिद्धान्तलाई आत्मसाथ गर्दै, हाम्रा टिनेजर्सहरुलाई मार्गदर्शन गर्नु पर्छ ।”

“इन्सपायर एन्ड गाइड” मेजर प्रयोग गर्दा, हामीले हाम्रा नानीहरुको “स्पेस” लाई यथावतै रहन दिन्छौ । त्यो स्पेसलाई अतिक्रमण गर्दै हामी त्यसमा हामी हावी हुँदैनौ । तिनिहरुको यथाअवस्थालाई एकनलेज गर्छौ । यो कुरा महसुस गर्नासाथ, तिनिहरु हामीले भेनेको कुरा सुन्न तयार हुन्छन । किनकी यो अवस्थामा “मलाई बुझ्ने कोही होस” भन्ने चाहना प्रवल रहन्छ । अर्कोतर्फ, तिनीहरुको स्पेसलाई अतिक्रमण गर्दै, आफ्नै सिद्धान्त लाध्न खोज्दा त्यसले पट्क्कै काम गर्दैन । यसले उल्टो बिद्रोहको बिजारोपण गरिदिन्छ । बिद्रोहले फाटो ल्याइदिन्छ । हाम्रा भाईबहिनी हाम्रा रहदैनन । जसले क्षणिक माया वा स्नेह देखाइदिन्छ, त्यतैतिर तिनिहरुको झुकाव हुनथाल्छ । यस्तो अवस्थामा गलत मानिसको संगतमा पर्नसक्ने सम्भावना प्रबल हुन्छ ।  
  
टिनेजरहरुलाई कसरी “इन्सपायर र गाइड” गर्ने ?

भनिन्छ प्रत्येक मानिसले आफ्नोलागि, जानीनजानी एउटा (MAP) विश्वदृष्टि तयार गरेको हुन्छ । 
उक्त MAP मा तीन चिज हुने गर्दछ : MOTIVATION, ATTITUDE, PERCEPTIOn । 
मोटीभेसनलाई लाईफको म्च्क्ष्ख्क्ष्ल्न् DRIVING FORCE भन्दा हुन्छ । किनकी यसैले मानिसलाइ कुनैपनि काम गर्न उत्प्रेरित गरिरहेको हुन्छ । 
ATTITUDE लाई मनोवृति भनिन्छ । मनोवृति भित्र एउटा ब्यक्तीले कसरी सोच्दछ, कसरी व्यवहार गर्दछ भन्नेकुरा पर्दछ । त्यसैगरी एभ्च्ऋभ्एत्क्ष्ल्  ले कुनै ब्यक्तीले कुनै घटना, बस्तु र सम्बन्ध हरुलाई कसरी व्याख्या गर्दै आफ्नो जीवन चलाउछ भन्ने कुरा पर्दछ ।

मान्छेले आफ्नो MAP विश्वदृष्टि कसरी निर्माण गर्दछ भन्ने कुरालाइ  फेरी (INPUT = OUTPUT) सिद्धान्तले निर्धारण गर्द्छ ।  
 
ईनपुट एक्वल्स टु आउटपुटलाई भागवत गीताले पनि पुस्टी गरेको छ । गीतामा कतै लेखिएको छ, “यथा दृष्टिण,तथा श्रृस्टिर ।” अर्थात, हामीले हाम्रो संसारलाई हेर्ने जस्तो दृष्टिकोण बनाउछौँ ,हाम्रो संसारपनि त्यस्तै बनिदिन्छ । त्यसैगरी “यथा भाव तथा भवतु” पनि भईदिन्छ । 

फ्रान्सकी लेखक अनास निनले पनि यो कुरालाई प्रस्ट्याउदै भन्नुभएको छ – “हामी संसारलाई जस्तो छ त्यस्तै  देख्दैनँैं, हामी संसारलाई हामी जस्तो छौ त्यस्तै देख्छौं ।”
आनिले केही समय अघी गाउँनु भएको गीत पक्कै सुन्नु भएको होला । 
“फूलको आँखामा, फुलै संसार 
काडाको आँखामा काडै संसार 
झुलकन्छ है घाम बस्तु अनुसार 
काडाको आँखामा काडै संसार ।” 

MAP चै कसरी बन्दछ ?

यो कुरा कुनै रकेट साइन्स हैन जुन एकदमै सरल छ । केही मात्रामा हाम्रो आनुवंशिक प्रभाव (जेनेटिक्स), हामीले देखेको, सुनेको, भोगेको, अनुभव गरेको र पढेको कुराहरुबाट हाम्रो MAP(विश्व दृष्टिन) बन्दछ । हामीले यतिकुरा थाहापाइसकेपछी हाम्रा भाईबहिनीहरुले कस्तो किसिमको ःब्ए तयार गरिरहेकाछन भन्नेकुरालाई हामीले राम्ररी बुझ्न जरुरी छ । यदि तिनिहरुका MAP खराव छ भने त्यसलाई सच्याउन हामीले मद्घत गर्नुपर्छ । तिनिहरु कस्तो संगतमा रहेका छन, के अनुभव गर्दैछन, दिनचर्या कस्तो छ, के पढ्दैछन ? भन्ने कुराको राम्ररी अध्यन गर्न सकियो भने हामीले तिनिहरुलाई सहजै मार्गदर्शन गर्नसक्छौ ।

हामीले चिच्याउदै, थर्काउदै “तैले हामीलाई बुझ्न सकिनस” भन्ने अवस्था नै आउँदैन । 
तसर्थ, सुरुवात हामीले गर्नुपर्छ । हाम्रा भाईबैनीहरुले हामीलाई बुझ्ने हैन, हामीले वहाँहरुलाई बुझिदिनु पर्छ ।

(सन्जीवन प्रधान विचारक, सेल्स तथा लिडरसिप कोच हुनुहुन्छ ।)
 
 

Featured News

Advertisement