अनेरास्ववियु सुनसरीको एकता प्रक्रिया पुरा, जीवी गजलको संयोजकत्वमा ६१ सदस्यीय जिल्ला कमिटि गठन



शनिबार १७ , आश्विन २०७७

असोज १७ गते, इटहरी ।

नेकपाकोे विधार्थी संगठन अनेरास्ववियु सुनसरीले एकता प्रक्रियालाई आज शनिवार पूर्णता दिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियन जिल्ला कमिटि सुनसरीले आज प्रेस विज्ञप्ती प्रकाशित गरी एकता प्रक्रिया पूरा भएको जनाएको छ ।
उक्त विज्ञप्तीका अनुसार जीवी गजलको संयोजकत्वमा ६१ सदस्यीय जिल्ला कमिटि गठन गरिएको छ । सह–संयोजकमा बुद्रोस लिम्बु रहनुभएको छ । पार्टी केन्द्रले जिल्लाको संयोजक र सह–संयोजक तोकेपनि कमिटिले भने पूर्णता पाएको थिएन । तत्कालिन अनेरास्ववियु र अखिल (क्रान्तिकारी) विच एकता भएको हो ।
विज्ञप्तीका अनुसार ७ सदस्यीय जिल्ला कार्यालय र २१ सदस्यीय सचिवालय गठन गरिएको छ । कार्यालयमा संयोजक जीवी गजल, सह–संयोजक बुद्रोस लिम्बु, सदस्यहरु रोशन रेग्मी, सि.एम पौडेल, सुमन कार्की, अर्जुन पौडेल र मोनालिशा श्रेष्ठ रहनुभएको छ ।
यसैगरी संगठनले जिल्लामा रहेका सरकारी तथा सामुदायिक क्याम्पसका संयोजक र सह–संयोजक पनि तोकेको छ । विज्ञप्तीका अनुसार सुनसरी बहुमुखी क्याम्पस इनरुवाको संयोजकमा रोहीत साह, सप्तकोशी बहुमुखी क्याम्पस बराहक्षेत्रको संयोजकमा अनिल राई, जनता बहुमुखी क्याम्पसको संयोजकमा उज्वल सिग्देल, पूर्वाञ्चल ईन्जिनियरिङ क्याम्पस धरानको संयोजकमा प्रदिप घिमिरे, महेन्द्र बहुमुखी क्याम्पस धरानको संयोजकमा रविन श्रेष्ठ, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानको संयोजकमा किरण निरौला र पिण्डेश्वर विधापिठ धरानको संयोजकमा नरेन्द्र ढुङ्गेललाई तोकिएको छ ।
 

Featured News

Advertisement