बिहीबार १५, माघ २०७७ Thu,28 Jan 2021

सर्वाधिकार सुरक्षित

‘लाखबत्ती’ लिएर पाठकमाझँ विराटनगरकी मञ्जुश्री



14:28 शनिबार १७ , आश्विन २०७७

असोज १७ गते, इटहरी ।

कथाकार मञ्जुश्री गिरीको लघुकथा सङ्ग्रह ‘लाखबत्ती’ आज शनिबार विराटनगरमा विमोचन गरिएको छ ।
नारी स्रष्टा समाज विराटनगरको आयोजनामा भएको कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, साहित्यकार दधिराज सुवेदी, बलराम पोखरेल र कविराज न्यौपानेलले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो । तीन दशकदेखि साहित्य लेखनमा सक्रिय गिरीका यसअघि पनि विभिन्न कृति प्रकाशित भइसकेका छन् ।
विमोचित लघुकथासंग्रहका बारेमा समालोचक कविराज न्यौपानेले समीक्षा गर्दै संग्रहभित्रका अधिकांश कथाले वर्तमान नेपाली समाजको विकृति, विसंति, व्यथितिलाई चिरफार गरेको बताउनुभयो । “संग्रहभित्रका कथा पढ्दै गर्दा अहिलेको समाजलाई छर्लंग देख्न सकिन्छ,” न्यौपानेले भन्नुभयो – “राजनीतिक विकृति, विसंगतिमात्रै होइन संग्रहले बेरोजगारी, अभाव र गरिबीलाई पनि सशक्त रुपमा उठान गरिएको छ ।”
साहित्यकार भरत गुरागाईं, मीनकुमार नवोदितलगायत संग्रहभित्रका लघुकथा प्रस्तुत गर्नुभएको थियो । मेयर पराजुलीले भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा महानगरपालिका लागि परेको उल्लेख गर्नुभयो । मेयर पराजुलीले महानगरले बजेटमार्फत नै भाषा र साहित्यको विकासमा ध्यान दिएको जानकारी दिनुभयो ।
स्रष्टा समाजकी अध्यक्ष ममता मृदुलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रोमा निरौला, कृतिकार मञ्जुश्री गिरी, साहित्यकार लक्ष्मी पोखरेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 
यस कृतिलाई नारी स्रष्टा समाजले प्रकाशन गरेको हो ।
 

Featured News

Advertisement