सोमबार १५, मंसिर २०७७ Mon,30 Nov 2020

सर्वाधिकार सुरक्षित

सुनसरीको हरिनगर र इनरुवामा नेपाली कांग्रेस र संघिय समाजवादीका नेता, कार्यकर्ता नेकपामा प्रवेश



2020 16:32 सोमबार १९ , आश्विन २०७७

असोज १९ गते, इनरुवा ।

हरिनगर गाउँपालिका सुनसरीमा आज संघिय समाजवादी र नेपाली कांग्रेस परित्याग गरि  २ सय ५३ जना व्यक्तिहरु नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) मा प्रवेश गरेका छन् ।
हरिनगर – ५ बसन्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा संघिय समाजवादीका सत्यनारायण मेहता र नेपाली कांग्रेसका इसाक अन्सारीको नेतृत्वमा नेकपामा प्रवेश गरेका हुन । नेकपाका प्रदेश नम्बर १ का इन्चार्ज भिम आचार्यले अविर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा वोल्दै नेता आचार्यले अब नेपाली कांग्रेसको काम सकिएको बताउँनुभयो । उहाँले भन्नुभयो – “ सात सालमा कांग्रेसले राणा विरुद्ध लडेकै हो । पञ्चायत कालमा पनि काम्दै काम्दै टिकेकै हो । जब कम्युनिष्टहरु आए कांग्रेस कम्जोर भयो । २८ बर्ष साशन गर्दा कांग्रेसले कुनै उल्लेख्य काम गर्न सकेन । देशको निम्ति नेकपाले गरेको छ । र अब पनि नेकपाले नै गर्छ ।”
संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको सरकारको तालमेलबाट समृद्धि र विकास हुने भएकाले दक्षिणवर्ती क्षेत्रमा कांग्रेसले अन्य दुई तहका सरकारसँग तालमेल नगर्दा यहाँको विकास नभएको आचार्यले दावी गर्नुभयो ।
यसैगरी आजै इनरुवामा भएको कार्यक्रममा इनरुवाका व्यवसायी काशी मियाँको नेतृत्वमा नेपाली कांग्रेस परित्यागरी नेकपमा प्रवेश गरेको नेकपाका जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद मण्डल पप्पुले जनाउँनुभएको छ । 
    

Featured News

Advertisement