सोमबार १५, मंसिर २०७७ Mon,30 Nov 2020

सर्वाधिकार सुरक्षित

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमवहादुर पौडेललाई कोरोना पोजेटिभ



2020 06:00 बिहीबार २२ , आश्विन २०७७

असोज २२ गते, इटहरी ।

उद्योग बाणिज्य संघका अध्यक्ष भिमवहादुर पौडेलमा पनि कोरोना भाइरस कोभिड– १९ पोजेटिभ देखिएको छ । हिजो साझँ आएको रिर्पोटमा कोरोना पोजेटिभ देखिएको पौडेल स्वयमले जानकारी दिनुभएको छ । 
वहाँको स्वास्थ्य अवस्था सामन्य रहेको छ । फेसबुकमा वहाँले लेख्नुभएको छ – “एऋच्  परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको छ । हाल मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा रहेको छु।यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु ।”
इटहरीमा खानेपानीका अध्यक्ष रामप्रसाद चौलगाई, नेविसंघका केन्द्रीय अध्यक्ष राजिव ढुङ्गनालाई कोरोना पोजेटिभ देखिएको छ ।
कोरोना संक्रमणका कारण इटहरीमा ५ जनाको मृत्यु भइसकेको छ ।
 

Featured News

Advertisement