प्रेस युनियन सुनसरीद्वारा कोरोना सङ्क्रमित पत्रकारलाई जनही दश हजार प्रदान



शुक्रबार ७ , कार्तिक २०७७

कार्तिक ७ गते, इटहरी ।
कोरोना सङ्क्रमित भएका सुनसरीका २० जना पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको रकम जनही दश हजार रुपैया हस्तान्तरण गरेको छ ।
कोरोनाबाट सङ्क्रमित पत्रकारहरुलाई आज उनिहरुकै घरघरमा गई रकम प्रदान गरिएको युनियनले जनाएको छ । युनियका अध्यक्ष पवन अधिकारीका अनुसार बीमा कम्पनीबाट रकम आउन केही ढिलो हुने भएकाले राहत स्वरुप दश हजार अहिले संस्थाको तर्फबाट प्रदान गरिएको हो ।
प्रेस युनियन सुनसरीले जिल्लाका २ सय ६० जना सञ्चारकर्मीहरुको एक लाख रुपैयाको निशुल्क कोरोना बीमा गराएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
पछि बीमा कम्पनीले रकम प्रदान गरेपछि १० हजार कट्टा गरि सम्बन्धित पत्रकारहरुलाई प्रदान गरिने पनि अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
प्रेस युनियनले फुड बैंक सञ्चालन गरि अप्ठ्यारोमा परेका सञ्चारकर्मीहरुलाई खाद्ययन्न वितरण समेत गरेको थियो ।
 

Featured News

Advertisement