राष्ट्रको नाममा प्रधानमन्त्रीको सम्बोधन, रअका प्रमुखसँगको भेटका बारेमा मौन (सम्बोधनको पुर्ण पाठ सहित)



शुक्रबार ७ , कार्तिक २०७७

कार्तिक ७ गते, काठमाण्डौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको बारेमा विभिन्न तत्वहरुले शुरुदेखि नै अफवाह फैल्याउँदै आएको धारणा राख्नुभएको छ । आज देशवासीको नाममा सम्बोधन गर्दै कोरोना संक्रमित भएका नागरिकहरुको उपचार गर्नु राज्यको दायित्व भएको भन्दै सरकारको प्रतिरक्षा गर्नुभएको छ । उपचार गर्ने सरकारको दायित्व हो भने सबैको परिक्षण र उपचार अनिवार्य सरकारले गर्छ भन्ने स्पष्ट पार्नुभएको छैन् ।
केहीदिन अघिमात्र नागरिकले आफैँ परिक्षण, उपचार र लास व्यवस्थापन गर्नुपर्ने सरकारले बताएको थियो । देशभर त्यसको आलोचना भएको छ । सरकारको त्यो घोषणासँगै सरकारी अस्पतालहरुले कोरोना संक्रमितहरुको उपचारमा लाग्ने शुल्क समेत तोकिसकेका छन् । 
राष्ट्रको नाममा गरिएको सम्बोधनमा केही महत्वपूर्ण कुरा आउने अपेक्षा गरिएपनि प्रधानमन्त्रीले त्यस्तो खास केही वोल्नुभएन । रअका प्रमुखसँग भएको वार्ताका बिषयमा समेत नागरिकलाई केही बताउँनुभएन ।

Featured News

Advertisement