बिहीबार ३०, बैशाख २०७८ Thu,13 May 2021

सर्वाधिकार सुरक्षित

इटहरीको तालतलैयाको अस्थायी प्रहरी चौकी अब दुइतले भवनमा



10:34 शनिबार १३ , मंसिर २०७७


मंसिर १३ गते, इटहरी ।
इटहरी उप–महानगरपालिका वार्ड नम्बर ३ तालतलैयामा निमार्ण गरिएको अस्थायी प्रहरी चौकीको भवन शुक्रबार उद्घाटन गरिएको छ ।
प्रदेश नम्बर १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले नवनिर्मित दुई तले भवनको उद्घाटन गर्नुभएको हो । ६५ लाखमा निमार्ण गरिएको भवनका लागि संसद विकास कोष, स्थानीय सरकार, सामुदायिक वन उपभोक्ता समिति, तालतलैया विकास कोष र स्थानीयहरुको जनसहयोगबाट रकम लगानी गरिएको छ ।
यसभन्दा अघि अस्थाइ प्रहरी चौकी भाडाको घरमा वस्दै आएको थियो । आफ्नै भवन निमार्णसँगै अब सोही भवनबाट आफ्नो कार्य प्रारम्भ गरेको छ ।
भवन निमार्णको लागि स्वर्गीय हरिचरण खतिवडाको स्मृतिमा वहाँका छोराहरु चन्द्रप्रसाद खतिवडा लगायतले एक कठ्ठा दश धुर जग्गा दान दिनुभएको निमार्ण समितिका सचिव तुलाराम दंगालले जानकारी दिनुभयो ।
नवनिर्मित भवनको शिलालेखमा जग्गादाताकै नाम लेख्न छुटाएकोले त्यसले आफूहरुको सम्मान नभएको भन्दै भवन उद्घाटन समारोहमा प्रदान गरिएको सम्मान पत्र लिन हरिचरणका छोरा चन्द्रप्रसाद खतिवडाले अस्विकार गर्नुभयो ।
भूलवस शिलालेखमा नाम छुट्न गएकोमा निमार्ण समितिले क्षमा मागिसकेको छ । समितिले जग्गादाताहरुलाई यथोचित सम्मान गरिने जनाएको छ ।
 

Featured News

Advertisement