बुधबार ७, माघ २०७७ Wed,20 Jan 2021

सर्वाधिकार सुरक्षित

प्रचण्डलाई ओलीको ५३ बुँदे जवाफ (पूर्णपाठ सहित)



19:01 शनिबार १३ , मंसिर २०७७

मंसिर १३ गते, इटहरी ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज वसेको सचिवालयमा बैंठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले छुट्टै प्रस्ताव पेश गर्नुभएको छ । मंसिर ३ गते बसेको सचिवालय बैंठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेश गर्नुभएको प्रस्तावको जवाफ स्वरुप ओलीले आफ्नो तर्फबाट प्रस्ताव पेश गर्नुभएको हो ।
ओलीले प्रस्ताव पेश गरेसँगै अध्यक्षद्वय प्रचण्ड र ओलीका साथै माधवकुमार नेपाल र झलनाथ खानाल खनालले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
अर्को बैंठक १६ गते पार्टी कार्यालयमा वस्ने गरी आजको बैंठक स्थगित गरिएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अर्को बैंठकमा दुवै प्रस्तावहरुमाथि बुँदागत छलफल हुनेछ ।
आज ओलीले ५३ बुँदामा आफ्नो जवाफी प्रस्ताव पेश गर्नुभएको हो । प्रस्तावहरुमाथि छलफल गरी एउटै प्रस्तावका रुपमा निर्णय गरिने तर सहमति हुन नसके वहुमतका आधारमा पारित हुने वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिक्रिया दिनुभएको छ । पार्टीका उपाध्यक्ष वामदेव गौतमले जे निर्णय हुने हो त्यो बैंठकबाटै हुने प्रतिक्रिया दिनुभएको छ ।
ओली आफ्नो प्रस्तावमा प्रचण्डको प्रस्ताव फिर्ता लिन पनि अनुरोध गर्नुभएको छ । प्रचण्डको प्रस्तावमा उल्लेख गरिएका बिषयलाई केन्द्रित गरी जवाफी रुपमा ५३ बुँदाको लामो दस्तावेज बैंठकमा राख्नुभएको हो ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीको प्रस्तावको पूर्णपाठ :

 <>

Featured News

Advertisement