बिहीबार १५, माघ २०७७ Thu,28 Jan 2021

सर्वाधिकार सुरक्षित

नेपाल उधोग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी , केन्द्रिय सदस्यमा को–को विजयी ?



11:49 आईतवार १४ , मंसिर २०७७

मंसिर १४ गते, इटहरी ।


नेपाल उधोग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानलाई पराजित गर्दै चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । जितको घोषणासँगै ढकालले अब चुनावसँगै प्यानल पनि सकिएको घोषणा गर्नुभएको छ । 
नयाँ नेतृत्वका लागि शनिवार मतदान भएको थियो । आज विहान सम्पन्न मतगणनाको परिणाम अनुसार जम्मा मतको ५४.२६ प्रतिशत मत ढकालले प्राप्त गर्नुभएको छ । वहाँको प्रतिशपर्धी किशोर प्रदानले ४५.७४ प्रतिशत मत प्राप्त गर्नुभएको छ । यो जीतसँगै ढकाल महासङ्घको २० औँ अध्यक्ष बन्ने पक्का भएको छ । वहाँले अहिले शेखर गोल्छाको नेतृत्वमा काम गर्नुपर्नेछ । महासङ्गको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालको लागि स्वतह अध्यक्ष हुनेछ ।
अन्तिम मतपरिणाम अनुसार ढकालले एशोसिएटतर्फबाट ५२२, वस्तुगतमा ५९, जिल्ला÷नगरतर्फ ५२ गरि जम्मा ६ सय ३३ मत प्राप्त गर्नुभएको छ । वहाँका प्रतिष्पर्धी किशोर प्रधानले एशोसिएटतर्फ ३७५, वस्तुगतमा ३९ र जिल्ला÷नगरतर्फ ५३ मत प्राप्त गर्नुभयो ।
ढकाल र प्रधानको दुइ प्यानलविच प्रतिष्र्धा भएको थियो । वस्तुगत र जिल्ला÷नगरतर्फको उपाध्यक्षमा प्रधान प्यानलबाट अञ्जन श्रेष्ठ र दिनेश श्रेष्ठ विजय हुनुभएको छ । एसोसिएटतर्फको उपाध्यक्षमा ढकाल प्यानलका रामचन्द्र संघाई विजयी हुनुभएको छ ।
केन्द्रिय सदस्यहरुमा प्रधान प्यानलका धेरै सदस्यले जित हासिल गरेका छन् । दुई उपाध्यक्ष र २८ सदस्य निर्वाचित भएका छन । ढकाल प्यानलमा एक उपाध्यक्ष र २२ सदस्य निर्वाचित भएका छन् । मंगेशलाल श्रेष्ठ र बिराट थापाको मत बराबरी भएको छ । गोलाप्रथाबाट निर्णयमा पुग्ने निर्वाचन समितिले जनाएको छ ।
जिल्ला/नगरतर्फ निर्वाचित सदस्यहरु :
१) राजन श्रेष्ठ
२) तारानाथ घिमिरे
३) शोभाकान्त पौडेल
४) कमलकुमार श्रेष्ठ
५) गजेन्द्रकुमार भगत
६) चक्रबहादुर अधिकारी
७) अरुणराज सुमार्गी
८) देवकुमार श्रेष्ठ
९) रामेश्वर मानन्धर
१०) कमानबहादुर खड्का
११) सुरकृष्ण वैध
१२) कुविरकुमार श्रेष्ठ
१३) डीबी बस्नेत
१४) गोपाल केडिया
१५) महेन्द्रलाल श्रेष्ठ
१६) उमेश डालमिया
१७) किशोरकुमार आचार्य
१८) अमृत भट्टचन
वस्तुगततर्फ निर्वाचित सदस्यहरु :
१) प्रकाशमान सिंह कार्की
२) सुमित केडिया
३) अरनिको राजभण्डारी
४) नरेशलाल श्रेष्ठ
५) भक्त वहादुर हमाल
६) मनिषलाल प्रधान
७) मिनमान श्रेष्ठ
८) हेमराज ढकाल
९) आकाश अधिकारी
१०) गोविन्द ढुंगेल
११) विष्णु गैरे
१२) सकुनलता हिराचन
१३) सुवोध गुप्ता
१४) सन्दिप कुमार अग्रवाल

एशोसियट तर्फ निर्वाचित सदस्यहरु :

१) अम्बिकाप्रसाद पौडेल,
२) अबिनास बोहरा
३) आनन्द बगरिया
४) कृष्णलाल महर्जन
५) गोपाल खनाल
६) ज्योत्स्ना श्रेष्ठ
७) देशबन्धु बस्नेत
८) प्रवलजंग पाण्डे
९) भरतराज आचार्य
१०) रन्जित आचार्य
११) राजेशकुमार अग्रवाल
१२) विजयसिंह वैद्य
१३) शक्तिकुमार बेगानी
१४) साहिल अग्रवाल
१५) सैलेन्द्र गुरागाई
१६) शुसील थापा
१७) हेमन्त गोल्छा

Featured News

Advertisement