नेकपा इटहरी र रामधुनी नगर कमिटिद्वारा प्रधानमन्त्रीको कदमको विरोध, गणतन्त्र रक्षाको लागि एक हुन अपिल
२०७७ पुस ६ गते, इटहरी ।
प्रधानमन्त्री केपी ओलीले गर्नुभएको संसद विघटनको नेकपा इटहरी र रामधुनी नगर कमिटिले पनि विरोध जनाएका छन् ।
संसद विघटनको विषयमा देशभर तिब्र विरोध भइरहेको वेला इटहरी र रामधुनी नगर कमिटिले पनि आजै विज्ञप्ती जारी गर्दै सरकारको निर्णय गैरकानुनी भन्दै कडा रुपमा विरोध जनाएका छन् ।
इटहरी नगरकमिटिका अध्यक्ष वहादुरसिंह तामाङ ज्वाला र सचिव काशिनाथ दंगालले संयुक्त रुपमा प्रकाशित गर्नुभएको विज्ञप्तीमा भनिएको छ –“कुनैपनि प्रकारको फुट, गुछ र विभाजनको पक्षमा नलागी एकताबद्ध भएर सिंगो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पक्षमा दृढतापूर्वक लाग्न साथै एकता विरोधी गतिविधिको डटेर सामना गर्न अनुरोध गर्दछौँ ।”
यसै गरी रामधुन नगरमा रहेका सुनसरी जिल्ला सदस्यहरुको उपस्थितिमा नेकपा रामधुनी नगरकमिटिको बैंठकले पनि संसद विघटनको भत्र्सना गरेको छ । नेकपा रामधुनी नगर कमिटिका अध्यक्ष राम कोइराला र सचिव उतम पौडेलले संयुक्त रुपमा जारी गर्नुभएको विज्ञप्तीमा भनिएको छ – “प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते निर्वाचित संघीय संसदलाई गैरसंवैधानिक तरिकाले भंग गर्न राष्ट्रपति समक्ष गरेको सिफारिसलाई राष्ट्रपति विद्धदेवी भण्डारीले संघीय संसद भंग गरी निर्वाचनको मिति समेत घोषणा गरेको घटनाले जनताको रगत, आँशु र पसिनाले लेखिएको संघीय लोकतान्त्रीक गणतन्त्रीक संविधान धरापमा परेको छ । प्रतिगमनकारी यो घटना पुस ५ गते कालो दिनको रुपमा इतिहासमा दर्ज हुनेछ । हामी प्रधानमन्त्रीको र राष्ट्रपतिको संविधान बिरोधी, अलोकतान्त्रीक, प्रतिगमनकारी घटनाको घोर विरोध, निन्दा र भत्र्सना गर्दछौँ ।”