बिहीबार १५, माघ २०७७ Thu,28 Jan 2021

सर्वाधिकार सुरक्षित

नेकपा (ओली समूह) ले प्रचण्डलाई हटाउँदै सातै प्रदेशमा इन्चार्ज तोक्यो



19:05 बिहीबार ९ , पुष २०७७

२०७७ पुस ९ गते, इटहरी ।

नेकपा (ओली समूह) को आज बसेको बैंठकले प्रचण्डलाई नेकपाको जिम्मेवारीबाट हटाएको जनाएको छ । प्रचण्ड–नेपाल समूहले भने ७ गतेको बैंठकबाटै ओलीलाई अध्यक्षबाट निष्काशन गरी रिक्त स्थानमा माधव नेपाललाई अध्यक्षमा चयन गरेको थियो ।
ओली पक्षधरले पार्टीको विधान संशोसन गरेको जानकारी गराउँदै आजै निर्वाचन आयोगमा दर्ता गरेको छ ।
सातै प्रदेशमा नयाँ इन्चार्ज समेत तोकेको ओली समूहका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनुभएको छ । वहाँका अनुसार प्रदेश नम्बर १ मा सुवास नेम्वाङ, दुईमा सत्यनारायण मण्डल, बागमतीमा इश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको छ ।
कृष्णकोपाल श्रेष्ठलाई उपत्यकाको जिम्मेवारी तोकेको छ । जनवर्गीय संगठनको इन्चार्जमा टोबहादुर रायमाझीलाई मनोनित गरेको छ ।
 

Featured News

Advertisement