बिहीबार १५, माघ २०७७ Thu,28 Jan 2021

सर्वाधिकार सुरक्षित

नेकपा (प्रचण्ड–नेपाल) समूहले सरकार विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्यो



20:23 बिहीबार ९ , पुष २०७७

२०७७ पुस ९ गते, इटहरी ।

आफूहरुलाई संस्थापन पक्षको दावी गर्दै आएको नेकपा (प्रचण्ड–नेपाल) समूहले ओली सरकारले गरेको संसद विघटनको विरोधमा सडक आन्दोलनको घोषणा गरेको छ । आज वसेको केन्द्रीय कमिटिको बैंठकले विरोधका कार्यक्रम घोषणा गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।
प्रतिगमनका विरुद्ध भन्दै प्रवक्ता श्रेष्ठको संयोजकत्वमा २ हजार ५ सय १ सदस्यि संघर्ष समितिको समेत गठन गरेको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार कार्यक्रमको तालिका यस्तो रहेको छ :
:१० गते ९ः३० बजे सबै केन्द्रिय सदस्य, सासंदहरू लगयत माईतिघर मण्डलामा जम्मा भएर १२ बजे निर्बाचन आयोगमा जाने । दिउसो २ः०० बजे पत्रकार सम्मेलन ।
: १ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने । 
: १४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने । 
: १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने । 
: १४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्द आन्दोलन । 
: २० गतेभित्र नगररगाउककपालिकासम्म बैठक, भेला गर्ने । 
: २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने । 
: काठमाडौ लगायतका शहरहरूमा प्रतिगमनकाविरूद्द दैनिक आन्दोलन गर्ने ।

Featured News

Advertisement