बिहीबार १५, माघ २०७७ Thu,28 Jan 2021

सर्वाधिकार सुरक्षित

इटहरीमा ‘चुलो’ को शुरुवात, मेनुमा नेपाली मौलिक परिकार



09:18 शुक्रबार १० , पुष २०७७

२०७७ पुस १० गते, इटहरी ।

नेपाली मौलिक खानाको प्रबद्धन गर्ने विशेष लक्ष्य सहित इटहरीमा हिजो विहिबारबाट चुलो रेष्टुरेण्ट सञ्चालनमा आएको छ । होटल म्यानेजमेन्ट सम्बन्धी तालिम दिदैँ आएको आरटीआरके होटल स्कुलले सञ्चालनमा गरेको हो । 
चुलो उद्घाटनका क्रममा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार रेष्टुरेण्टमा हिजोबाट १५ दिनसम्म फुड फेस्टिबल सञ्चालन हुनेछ । रेष्टुरेण्टका व्यवस्थापन प्रमुख प्रेम तुम्बापोका अनुसार सेफ प्रेमलाल घिसिङले १ सय एक दिन नेपाल भ्रमण गरि अनुसन्धानबाट तयार पार्नुभएको नेपाली समाज र जातिका मौलिक खानाहरु नै फेस्टिवलमा राखिनेछ । साथै अन्य समयमा पनि रेष्टुरेण्टमा नेपाली मौलिक खानाहरुको स्वाद लिन पाइनेछ ।
आरटीआरके होटल स्कुल २०६८ सालदेखि इटहरीमा सञ्चालन हुँदै आएको छ । यसले संस्कार सहितको शिक्षा र सीप दिने सञ्चालक प्रेम तुम्बापोले दावी गर्नुभएको छ । वहाँका अनुसार यसैबर्षबाट होटल म्यानेजमेन्टका डिप्लोमा १८ महिने कोर्ष पनि गराउँनेछ ।
 

Featured News

Advertisement