यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड
२०७७ पुस १४ गते, काठमाण्डौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौंको भृकुटीमण्डपमा बृहत प्रदर्शन गरेको छ । सो प्रदर्शनका क्रममा नेकपाका अध्यक्ष प्रचण्डले गरेको सम्बोधनको सम्पादित अंश यहँ प्रस्तुत गरेका छौँ ।
हामीले पार्टी एकताको घोषणा गर्दा जनताले सोचेका थिए, अब कम्युनिष्टहरुलाई मत दिएपछि यो गठबन्धनलाई साथ दिएपछि हाम्रो राजनीतिक व्यवस्था स्थायी हुनेछ । विकास र समृद्धिको सामाजिक न्याय र सदभावको नयाँ युगको प्रारम्भ हुनेछ । समाजवादको आधार तयार पार्ने युगान्तकारी कामको सुरुवात हुनेपछ भन्ने जनताको अपेक्षा थियो । म नेपाली जनताको अगाडि उभिएर आज तीन वर्ष बित्दा नबित्दै हामीले नै बनाएको, पार्टीले नै अगाडि बढाएको प्रधानमन्त्रीबाट ७० वर्ष बलिदानबाट बनाएको गणतान्त्रिक संविधानमाथि प्रहार भयो भन्दा म क्षमायाचना गर्न चाहन्छु ।
वाम गठबन्धनको प्रस्ताव लिएर केपी ओलीसँग गएको मैले नै हो ।
मलाई थाहा थियो, उहाँको सिद्धान्त बयलगाढाको सिद्धान्त हो भन्ने पनि । उहँको सिद्धान्त माक्र्सवाद, लेनिनवाद र गणतन्त्रको सिद्धान्त उहाँको सिद्धान्त होइन भन्ने आम नेपालीलाई थाहा थियो, उहाँ संघीयता र धर्मनिरपेक्षता विरोधी हो भन्ने पनि थाहा थियो । तर, उहाँले भन्ने गर्नुहुन्थ्यो, अब आँधी आयो, बेहरी आयो मैले पनि मान्दिए, भन्नुहुन्थ्यो, तर उहाँको मनले मान्नुभएको थिएन । घट्नाक्रमले उहाँ बयलगाढामै हुनुहुन्छ भन्ने पुष्टि भयो । उहाँ प्रतिगमनकारी ठाउँमा नै हुनुहुन्छ भन्ने देखियो । हामीले उहाँलाई सच्चिए होला भन्ठान्यौँ, तर प्रतिगमनकारी यो आन्दोलनमा सहभागी हुन तपाईहरुलाई अपिल गर्दै गर्दा मलाई अप्ठ्यारो महसुस भएको छ, म क्षमायाचना गर्न चाहन्छु । हामीले बुझेनछौँ केपी ओलीलाई । हामीले बनाएको प्रधानमन्त्रीबाट यो काम हुन्छ भन्ने हामीले सपनामा पनि सोचेका थिएनौँ ।
पहिलो कुरा त कमरेड केपी ओलीले कम्युनिष्ट आदर्श, मूल्य मान्यता, त्यसको विधि विधान, कम्युनिष्ट पार्टी भनेको विचार र विधिको संयोजनबाट चल्ने पार्टी हो । कमरेड ओली विचारबाट स्खलित भइसकेको, सम्पूर्ण रुपले मोहभंग भइसकेको प्रवृत्तिको ।
उहाँले भन्ने गरेको लोकतन्त्र कति निरंशकु खालको रहेछ भन्ने कुरा उहाँले गरेको प्रतिनिधिसभा विघटन गरेको कामबाट पुष्टि गरेको छ, उहाँ लोकतन्त्रवादी होइन, उहाँ प्रतिगमनकारी हो भन्ने पुष्टि थियो ।
पहिलो प्रधानमन्त्रीलाई अप्ठ्यारो महसुस भएको बेला संसद विघटन गर्ने अधिकार थियो । तर, अहिले त हामीले विगतको समीक्षा गरेर नै राजनीतिक चक्रव्यहुमा देश फस्ने भयो, त्यस्तो अस्थिरताको लागि कुनै प्वाल, ठाउँ राख्नु हुँदैन भनेर नै हामीले संविधान अनुसार सदनभित्रैबाट विकल्प खोज्नुपर्छ पहिलो, नभए दोस्रो विकल्प, नभए तेस्रो र त्यो पनि नभए चौथो विकल्प सदनभित्रैबाट खोज्ने र चौथोबाट पनि विकल्प ननिस्किए ससद भंग गर्ने भनेर भन्यौँ । अहिले केपी ओलीले जुन कदम उठायो यो संविधानको अक्षर, भावना र मर्म विपरीत छ ।
अहिले जबर्जस्ती भनिएको छ, संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर कमरेड केपी ओलीले जुन सदन विघटनको प्रस्ताव गर्नुभएको छ, त्यो गलत छ, सदन विघटन भएको छैन । हामी माननीय सदस्यहरु अहिले पनि जिवित छौँ, भंग भएको त केपी ओलीको सरकार हो, संविधानविरोधी काम गरेर ओली आफूले आफैँलाई विघटन गरेका छन्, केपी ओलीले कलंकको टीका लगाएका छन्, जुन कहिल्यै मेटिने छैनन्, जबसम्म ओलीले लोकतन्त्रमाथि मैले घात गरे, आफैँले गरेको संविधानको बलात्कार गरे मैले भनेर पश्चाताप गर्दैनन्, म अपराधी हुँ भन्दैनन् तबसम्म ओलीलाई इतिहासले माफि दिने छैनन् ।
देशका सबै राजनीतिक दल, नागरिक समाज, हिजोका पूर्व प्रधान्यायधीश, नेपालका सबैभन्दा स्थापित प्रधानन्यायधीश, नागरिक समाजका वरिष्ठ प्रतिनिधिहरु, सिंगै देश यो निरंकुश कदम हो, यो प्रतिगमनकारी कदम हो, यो असंवैधानिक कदम हो भनेर भनिसकेका छन् । म भरोसा गर्न चाहन्छु, सम्मानित सर्वोच्च अदालतले सिंगै देशका भावना र संविधानका अक्षरलाई भरोसा गर्न चाहन्छु । म सर्वोच्च अदालतले संविधानका अक्षर र भावना बुझ्दैनन् भन्ने म सोच्न पनि सक्दिन । सबै राजनीतिक दल र बुद्धिजीवीहरुको विरुद्धमा सर्वोच्च जान्छ भन्ने म कल्पना पनि गर्न सक्दिन ।
यो आन्दोलनको सुरुवात मात्रै हो, म सबैलाई यो कुरा पनि भन्न चाहन्छु । मैले एउटा कुरा स्मरण गर्न चाहन्छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलनको तयारीको बेला थियो, एउटा आमसभामा कमरेड मदन भण्डारी प्रमुख वक्ताको रुपमा बोल्दै हुनुहुन्थ्यो, त्यहाँ उहाँले भन्नुभएको थियो, ‘यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो, यो त भत्केहरु आएको मात्रै हो, जन्ती आउनै बाँकी छ, बाजा बज्नै बाँकी छ ।’
मैले पनि के सोचेको छु भने संविधानमाथि निर्मम प्रहारलाई सच्याउने कोसिस गरिएन भने लोकतन्त्रमाथिको निमर्म प्रहारलाई सच्याउने कोसिस गरिएन भने यो भत्केहरु मात्र सावित् हुनेछ, भोलि त आँधीहुरी आउनेछ, नेपाली जनता जागिसकेका जनता हुन् । लामो संघर्ष र बलिदानको इतिहास बोकेर नेपाली जनतामा राजनीतिक जागरण र राजनीतिको चेतना भएका जनता हुन्, जनताले छाड्ने छैनन् । प्रतिगमनकारी पक्षपातीलाई म खबरदारी गर्न चाहन्छु, तिमीहरुले जनता भनेका यस्तै हुन्, झुक्किएसी झुक्किहाल्छन्, ठगेसी ठगिहाल्छन् भन्ने सोचेका छौँ भने त्यो गल्ती सावित् हुनेछ । म समयमै गल्ती सच्याउँदा जनताले क्षमा दिन सक्छन्, तिमीहरुलाई, तर तिमीहरुले सच्याएनौँ भने राजतन्त्र फाल्ने नेपाली जनताका लागि प्रतिगमनकारीहरुको पुजारीहरुलाई सजिलै बढार्नेछन् ।
कमरेडहरु र मित्रहरु
यो कुरा आज अचानक भयो भन्ने पनि होइन । गएको एक सालदेखि नै ओलीले लोकतन्त्रमाथि प्रहार र पार्टी विभाजन गर्न थालेका हुन् । हामीले पार्टी एकताको बेला बनाएको निर्णय र विधानअनुसार पार्टी चलाउनुपर्यो । हरेक ३ महिनाभित्र स्थायी कमिटि र ६ महिनाभित्र केन्द्रीय कमिटि बैठक बस्नुपर्यो भन्ने मान्यता छ । तर, बैठक भने पछि ओलीको ठूलो अरुची । बैठक भनेपछि ओलीको सातो जाने । साथीहरुले आलोचना गर्न थाल्यो भने सुन्दै नसुन्ने, उठेर हिड्ने । त्यति मात्रै होइन, अस्तिको एउटा सचिवालय बैठकमा त हामीले उहाँको सबै कुरा सुन्यौँ, तर जब मैले २ मिनेट के बोलेको थिए, बोलन पाउनुहुन्न भन्ने मलाई । अर्को कार्यकारी अध्यक्षलाई, कति तानाशाही र निरंकुश प्रवृत्ति ? अनि मैले बोल्न छोडेर साथीहरुलाई भन्नुपर्यो, साथीहरु के मैले सचिवालय बैठकमा बोल्न नपाउने हो ? केपी ओलीले जे मन लाग्यो, त्यही बोल्ने, त्यसको जवाफ पनि दिन नपाउने भए तपाईहरुले भनिदिनुपर्यो भनेपछि सबैले बोल्न पाउनुपर्छ भनेपछि मात्रै मैले बोल्न पाएको थिए ।
उहाँले संविधानमािथ प्रहार गर्न खाजेको अहिले मात्रै होइन । तपाईहरुलाई थाहा छ, गत साल वैशाखमा हाम्रो पार्टीभित्र अन्तरसंघर्ष चल्दै थियो, उहाँले आफ्नै पार्टी विभाजन गर्ने मनसायका साथ र अन्य पार्टीलाई विभाजनका साथ अध्यादेश ल्याउनुभयो । त्यो अध्यादेशको व्यापाक विरोध भयो । देशका सबै राजनीतिक दल र हाम्रो पार्टीभित्रका बहुमतले यो अध्यादेश खारेज गर्नुपर्छ भनेर फिर्ता भयो ।
तपाईहरु विचार गर्नुहोला, देश कोरोनाको महामारीका कारण अक्रान्त छन्, जनता घरभित्रै छन्, मैले भने यो कोरोना महामारीविरुद्ध लड्न देशका सबै राजनीतिक दल, पत्रकार, नागरिक समाजका सबैको माथिदेखि तलसम्म एउटा संयन्त्र बनाऔँ भन्दा उहाँले व्यंग्य गनुहुन्थ्यो, यस्तो किन चाहियो ? सरकार गरिराखेकै छन् नि ? भनेर भने । जेहोस्, हामी लकडाउनमा बसिरहेका बेला ओलीका ध्यान कहाँ गयो त ? भन्दा पार्टी फुटाउनेमा । जनतालाई राहत दिन होइन, कोरोनाविरुद्ध लड्नका लागि अभियान चलाउन होइन, पार्टी फुटाउन अध्यादेश ल्याउनेतिर ।
अब अनुमान गर्नुस्, कति क्रुर मान्छे, कति निर्मम मान्छे ओली । त्यसको दुई महिनापछि हाम्रो पार्टीको स्थायी कमिटि बैठक चलिरहेको थियो, बैठकमा नआउने, छलफलमा सहभागी नहुने उहाँको ध्यान नेकपा एमाले दर्ता गर्नेतिर गएछ र निर्वाचन आयोगका हाकिमहरुलाई तत्काल दर्ता गर भनेर निर्देशन दिएछन् । या पनि पार्टी फुटाउने र प्रतिगमनकारी जाने एउटा कडी थियो । हामीले फेरि कार्यदल बनाउँदै स्थायी समिति बैठकबाट उहाँको पार्टी फुटाउने षड्यन्त्र असफल बनाउन जुट्यौँ । उहाँ बैठकमा आउनुभएन । बैठक सकिएको दोस्रो दिनमा मलाई जबर्जस्ती हस्ताक्षर गरायौ भनेर बोल्नुभयो ।
म तपाईहरुलाई सानो सिन बताउन चाहन्छु, पुस ५ गते साढे ५ बजे मैले संसद विघटन गर्ने सुचना पाएको थिए । यो कदम रोक्नुपर्छ भनेर मैले विभिन्न कमरेडहरुसँग सुवा नेम्वाङ, शंकर पोखरेल र विष्णु पौडेल मसँग आउने कुरा थियो । मैले जनार्दन कमरेड लगायतसँग कुरा भइरहेको थियो । यो कुरा सुनेपछि मलाई बेचैनी भयो । यत्रो विशाल पार्टी बनयौँ, जनतामो विश्वास दिलायौँ, ५ वर्षको लागि भनेर मैले आलोपालो पनि छोडे । मैले छोड्दै जाने गल्ती चाहिँ गरेकै हो । पार्टी एकता र राष्ट्रको लागि छोड्दै जाने गल्ती मबाट भएकै हो । ओली चाहिँ, एकाधिकार जमाउनेतिर लागिरहेको कदम देखिएकै हो ।
यति ठूलो ढाँट झेल गर्नुपर्छ त पार्टीभित्र ? तपाईहरु विचार गर्नुस् । यसरी नियोजित रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानको विरुद्ध अभियान चलाएको र एउटा नियोजित षड्यन्त्र अन्तर्गत् यो प्रहार भएको हो भन्ने प्रमाणित भएको छ । यसलाई रोक्ने मुख्य ताकत के हो त? हामीले संविधानको प्रस्तावनामा नै लेखेका छौँ, हामी सार्वभौम नेपाली जनता हामी प्रतिनिधिमार्फत् संविधानसभाबाट यो संविधान घोषणा गरेका छौँ । अर्थात्, यो संविधानले नेपाली जनतालाई सम्पूर्ण रुपमा सार्वभौम रुपमा अधिकार सम्पन्न छन् । उनीहरुको सार्वभौम अधिकारलाई प्रयोग गरेर नै संविधानको घोषणा भएको हो भनेपछि यो प्रतिगमनलाई रोक्ने ताकत नेपाली जनतामा मात्रै छ ।
प्रतिगामी तत्वहरु कम्युनिष्ट पार्टी विभाजन हुँदा खुसी भएका छन्, उनीहरुमा खुसियाली छाएका छन् । यो प्रतिगमन सच्याउने अर्को कुनै उपाय छैन, हामी जनतामा जान पार्टीको तर्फबाट पहिलो चरणको कार्यक्रम घोषणा गरेर आएका छौँ । हामीले ७० वर्ष लडेर ल्याएको सार्वभौम अधिकार दुइजनाले कुल्चिन मिल्छ ? हत्या गर्न मिल्छ ? कदापी मिल्दैन । हामी तुरुन्तै एक्सनमा जानुपर्छ । हामी जरुरी परे, कठोर संघर्षमा जान तयार हुनुपर्छ ।
यो हाम्रो लागि जीवन मरणको संघर्ष हो । हामीले संविधान बनाउँदा कयौँ शक्तिहरु, हिजोका प्रतिगमनकारी तत्वहरुदेखि भित्र बाहिरका शक्तिहरुले संविधान घोषणा गर्न रोक्न धेरे बल गरेका थिए । हामीले हाम्रो जनताको अधिकार प्रयोग गरेर संविधान घोषणा गरि छाडेका थियौँ, हामीले संविधान घोषणा गरेको प्रतिगमनकारीहरुलाई मन परेको थिएन । अरुअरु पनि कतिपयलाई मन परेको थिएन । निर्वाचन गर्नेतिर गयौँ, निर्वाचन सुरुवातको नेतृत्व गर्ने मौका मैले पाए । धेरै मिहिनेत गरेर सबैलाई मिलाएर निर्वाचनतिर लैजाने काम भयो, त्यतिबेला पनि अवरोधहरु थिए । तर, हामीले अवरोध पन्छाएर देशलाई निर्वाचनतिर लगेर संघीय लोकतान्त्रिक गणतन्त्रतिर लैजाने काम गर्यौ । तर, आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्रीले यति निर्ममताका साथ प्रतिक्रान्तिको गोटी बनेको हेर्नुपर्ने अवस्था जो सिर्जना भएको छ, कि यो लाइफ एण्ड डेथ नेपाली जनताको लागि भाग्य र भविष्यको लागि एकपटक कठोर संघर्ष गर्ने निर्णय गर्यौ । भोलि नै हामी अर्को चरणको आन्दोलनको घोषणा गर्दैछौँ । योभन्दा कडा ।
म तपाईहरु सबैलाई भन्न चाहन्छु, म केपीजस्तो ढाँट छल गर्ने मान्छे होइन । म सिधासिधा भन्छु, तपाईहरुले कति सक्ने हो तयारी गरे हुन्छ, हामी छोड्नेवाला छैनौँ । तपाईहरुले केके गर्न सक्ने हो, गरे हुन्छ ।
सत्तातिर जाँदा नेता बिग्रिए कि ? भन्ने पर्या थियो, चिसो भुइमा गएर बसेपछि म फेरि जनताको छोरोको रुपमा जनतासँगै बस्ने मौका केपीले दिएकोमा मैले धन्यवाद दिएको छु ।
कमरेडहरु र मित्रहरु,
यो आन्दोलन यो प्रतिगमन नसच्चिदासम्म रोकिने छैन । म यस अर्थमा खुसी छु, लडाई त हामीले जितिसक्यौँ । हिजो जनयुद्ध वा जनआन्दोलनको बेलामा मैले हिसाब गर्थे । विचारअनुसार योजना बन्यो कि बनेन ? जनतासँग जोड्ने योजना बन्यो कि बनेन ? भन्ने गहिरोगरी सोच्थे म । जनतासँग जोड्ने योजना बनेपछि मैले जित्यौँ भन्थे । अहिले पनि म भन्न चाहन्छु, हामीले जित्यौँ, हामी जनताको पक्षमा छ । ओली प्रतिगमनकारीको कित्तामा पुगिसकेका छन्, हामीले जितिसकेका छौँ ।
आम नेपाली जनताको भावना र चाहनालाई सम्मान गरेर छिटोभन्दा छिटो यो पुगेको ठाउँमा निकास दिनेछन् भन्नेबाहेक कुरा छैन । पार्टीको कुरा छ, यो निर्वाचन आयोगमा छ । अस्ति हामी केन्द्रीय समितिको बैठक बस्यौँ, जहाँ ७० प्रतिशतभन्दा बढी उपस्थित थियौँ । शरीर नै देखाउनुपर्यो भनेर हामी निर्वाचन आयोगमा सशरीर पुग्यौँ । कुनै भ्रममा कोही पर्नुभएन भनेर हामीले भनेका छौँ । पार्टीको वैधानिकता र सुर्य चिन्हको कुरा त घामजस्तै छर्लङ्ग छ ।
हाम्रो सबैभन्दा ठूलो भरोसा नेपाली जनता नै हो । हाम्रो अन्तिम भरोसा नेपाली जनता नै हो । त्यसकारण नै हामी जनतासँग आन्दोलनमा छौँ । कतिपय मान्छेहरुलाई कम्युनिष्ट पार्टी विभाजन भएको बेला हामीले चुनाव जितिहाल्छौँ नि भनेर अलिअलि सपना देख्न खोजेको पनि सुनिन्छ, म ती साथीहरुलाई त्यो सपना नदेख्न आग्रह गर्न चाहन्छु । यो चुनाव गर्नका लागि घोषणा भएकै होइन । स्वयं केपी ओलीलाई पनि विश्वास छैन, चुनाव त हुँदैन त्यतिबेला जबर्जस्ती लैजाने हो भन्नेखालको छ केपीको । चुनाव गर्ने कुरामा विश्वास नगरौँ ।
केपी ओली गोटी बनेका हुन्, वैशाखपछि उनी प्रधानमन्त्री पनि हुँदैनन्, नेपालको राजनीतिक इतिहासबाट तिनको पत्तासाफ हुनेवाला छ । हुनेवाला त्यही छ, हेर्नुहोला । अहिले, उनीले श्री ३ महाराज हुन्छु भनेर हुने नेपाल हो यो नेपाल ?
मैले फेरि त्यस्ता साथीहरुलाई भन्ने गरेको छु, हाम्रो पार्टी त विभाजन त भइहाल्यो, संसद पुर्नस्थापना भएपछि दुईवर्षपछि चुनाव हुनेवाला नै छ, एक वर्षपछि त स्थानीय चुनाव हुनेवाला नै छ । तपाईहरु त ढुक्क भएर बस्दा भइहाल्यो नि । संविधान बचाइयो भने पो चुनाव पनि जितिएला, जित्नुहोला, किन आत्तिनुहोला । यदि त्यसो गरिएन भने चुनाव त हुँदैन नै, यो संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा जान्छ, गणतन्त्र धरापमा जान्छ, शान्ति धरापमा जान्छ, यति कुरा बुझ्न ठूलो ज्ञान चाहिँदैन ।
(साभार : उज्यालो नेटवर्क । उज्यालो नेटवर्क डटकमका )