बिहीबार १५, माघ २०७७ Thu,28 Jan 2021

सर्वाधिकार सुरक्षित

ओली सरकारको विरोधमा इनरुवामा शक्ति प्रदर्शन, तानाशाहलाई परास्त गर्नैपर्छ : नेता भीम आचार्य



21:03 मंगलवार १४ , पुष २०७७

२०७७ पुस १४ गते, इनरुवा ।
अहिले नेपाली जनताले अप्रत्यासित रुपमा निरकुंशताको सामना गर्नुपरेको तर यसलाई परास्त गरी छाड्ने नेकपाका प्रदेश नम्बर एकका इन्चार्ज तथा प्रस्तावित मुख्यमन्त्री भीम आचार्यले बताउँनुभयो । ओली सरकारले गरेको संसद विघटनको विरुद्धमा आज नेकपा सुनसरीले इनरुवामा गरेको विरोध र्यालीको प्रारम्भ गर्दै आचार्यले सो कुरा बताउँनुभएको हो ।
केपी ओलीको तानाशाही सोच र निरकुंश कार्यशैलीको कारण आज देशले यो दुर्गती भोग्नुपरेको दावी गर्नुभयो । वहाँले भन्नुभयो – “केपी ओली पार्टीले भनेको नमान्ने, विभिन्न भ्रष्टचारको श्रृखला चलाउँने, सबैलाई निषेध गर्ने, पार्टीको विधान केही नमान्ने भन्न थाल्नुभयो । वहाँले एउटा प्रचार गर्नुभयो घेरावन्दीमा पारेर काम गर्न दिइएन अनि संसद विघटन गरिएको भनेर । तर भदौं २६ गते वसेको पार्टीको स्थायि समितिको बैंठकले ५ बर्ष नै तपाईँ नै सरकार चलाउँनुहोस भन्ने निर्णय गरेको थियो । वहाँमा विचार, पद्धति र कम्युनिष्ट राजनैतिक संस्कार नै नभएको प्रमाणित भयो । पार्टीलाई चुनौति दिन थाल्नुभयो । अन्त्यमा जनताको विश्वास र भरोसाको केन्द्र संसद नै भंग गरेर सबै जनतालाई धोका दिनुभयो । इतिहासले प्रमाणित गरिसकेको छ कोही पनि तानाशाही जनताको अगाडी टिक्दैन् । ओलीको शासनतन्त्रपनि टिक्दैन् ।”
नेता आचार्यले पार्टी नफुटेको केही प्रतिशत व्यक्तिहरु मात्र वाहिर गएको जिकिर गर्नुभयो । पार्टी भनेको अहिले प्रचण्ड–नेपालले नेतृत्व गर्नुभएको हो । यसैले जनता तहमा फुटलाई प्रश्रय दिनुहुँदैन् भन्दै एउटा चुनावमा केही घाटा भएपनि अर्को चुनावबाट पार्टीले फेरि दुइतिहाई मत प्राप्त गर्ने दावी गर्नुभयो । नेता आचार्यले भन्नुभयो – “म यता पनि छैन्, उता पनि छैन भनेको के हो ? यता पनि छैन भनेको नेकपा नै छाडेको त होइन होला ? कोही भ्रममा पर्नुहुँदैन नेकपा पार्टी हामी नै हो, उता केही प्रतिशत गुट वनाएर गए ।”
संसद पूर्नस्थापना गर्न, गणतन्त्र र लोकतन्त्र रक्षाको लागि सबै नेपाली जनता, पार्टीका नेता तथा कार्यकर्ताहरु एकजुट हुनुपर्नेमा वहाँले जोड दिनुभयो ।
नेकपा सुनसरी जिल्ला पार्टी कार्यालयबाट दिउँसो २ वजे शुरु भएको विरोध जुलुस इनरुवाको विभिन्न चौक हुँदै अन्त्यमा शहिद गेट छेउमा आएर समापन भएको थियो । जुलुसमा करिब ५ हजारको उपस्थिति रहेको नेकपा सुनसरीका जिल्ला सचिव रमेश बस्नेतले जानकारी दिनुभयो । 
जुलुसको समापन नेकपाकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज रामकुमारी चौधरीले केपी ओली मानसिक रोगी भएर लोकतन्त्रमाथि जाइ लागेकाले अब उनको उपचार सडकबाटै जनताले गर्ने उद्घोष गर्नुभयो । तत्काल नसच्चिए ओलको हालत पनि ज्ञानेन्द्रको जस्तै हुने भन्दै जनतालाई अपमान गर्दै हजारौ शहिदको वलिदान र नेपाली जनताको योगदानबाट प्राप्त गणतन्त्र साथै संघीयता माथि थप जाईलागे जनताले नै पत्तासाफ गरिदिने चेतावनी दिनुभयो ।
विरोध जुलुसमा जिल्लाका सबै नगर र गाउँपालिका कमिटि, भातृ संगठन साथै गणतन्त्रका पक्षधरहरुको सहभागिता रहेको जिल्ला संगठन प्रमुख नन्द बस्नेतले जानकारी दिनुभयो ।
ओलीको कदमप्रति जनता आक्रोसित भएको र अब जनता स्वस्फूर्त रुपमा सडकमा आउने नेकपाका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज निर्मल बरालले बताउँनुभयो ।
 

Featured News

Advertisement