बिहीबार १५, माघ २०७७ Thu,28 Jan 2021

सर्वाधिकार सुरक्षित

नेप्सेमा अलटाइम हाइ रेकर्ड, ६ अर्बमाथिको कारोबार , कुन कम्पनीका सेयर धनीले धेरै कमाए ?



19:25 आईतवार १९ , पुष २०७७

रामप्रसाद खरेल

२०७७ पुस १९ गते, इटहरी ।

नेपालको सेयर बजारमा सन् २०२१ बुलमा कुद्ने विश्लेषणहरु भइरहेका बेला यो बर्षको पहिलो कारोबार दिन नेप्से परिसूचकले अलटाइम हाइ रेकर्ड वनाएको छ । सन् २०२० को अन्तिम कारोबारभन्दा ८८.१२ (४.२२ प्रतिशत) बृद्धि भएर २१७५.३९ कायम हुँदै अलटाइम हाइ रेकर्ड बनाएको हो । २०२० को अन्तिम कारोबार दिन डिसेम्बर ३१ विहिबार नेप्से २०८७.२७ मा थियो ।


नेप्सेका सबै इन्डेक्सहरुमा बृद्धि भएको छ । आज सेन्सेटिभ इण्डेक्स १७.१८ (४.३१ प्रतिशत) वढेर ४ं१५.८८ भएको छ । फ्लोट इन्डेक्स ५.८२ ले बृद्धि भई १४७.७४ पुगेको छ । सेन्सेटिभ फ्लोट ५.०७ ले बृद्धि भई १३२.९७ मा पुगेको छ ।
सबइन्डेक्सहरु पनि सबैमा बृद्धि भएको छ । आजको कारोबारमा सबैभन्दा धेरै ट्रेडिङ सबइन्डेक्स ९.६४ प्रतिशतले वढेको छ । यसपछि अन्य इन्डेक्स ६.१९ प्रतिशतले वढेको छ । सबैभन्दा कम म्युचल फण्ड ०.२१ प्रतिशतले बृद्धि भएको छ ।
दैनिक कारोबार रकम ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८ सय ८९ भएको छ ।
आजका दश सर्वाधिक कारोबार
कारोबारको आधारमा नेपाल लाइफ इन्स्योरेन्सको सर्बाधिक कारोबार भएको छ । दश सर्बाधिक कारोबार हुने अन्य कम्पनीमा प्राइम कमर्शियल बैंक, नेपाल टेलिकम, नेपाल पूर्नबीमा कम्पनी, एनआइसी एसीया बैंक, एभरेष्ट बैंक, सिभम सिमेन्ट, प्रभु बैंक, नबिल बैंक र नेशनल लाइफ इन्स्युरेस रहेका छन् ।
कमाउँने दश कम्पनीहरु
पाँच कम्पनीमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हिमालयन डिस्ट्रीलरी र साल्ट ट्रेडिङ कर्पोरेसन १० प्रतिशतले बृद्धि भए । नेपाल पूर्नबीमा कम्पनी, प्राइम कमर्शियल बैंक, कुमारी बैंक, गुँरास लघुबित र नेशनल माइक्रोफाइनान्सको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा वढि बृद्धिमा कारोबार भएका छन् ।
गुमाउने दश कम्पनीहरु 
राधी विधुत कम्पनीको सबैभन्दा धेरै ४.२९ प्रतिशतले घटेको छ । शिवश्री हाइड्रोपावर र युनाइटेड फाइनान्सको सेयर मूल्य ३.२९ प्रतिशतले घटेको छ । यसैगरी सेयर मूल्य घटेका कम्पनीहरुमा युनाइटेड फाइनान्स, एभरेष्ट इन्स्योरेनस प्रमोटर सेयर, बुटवल पावर कम्पनी, नेपाल इन्भेष्टमेन्ट डिवेन्चर २०८२, छ्याङ्दी डाइड्रोपावर, नेपाल एसबीआई डिवेन्चर २०८६, प्रुडेन्सियल इन्स्युरेन्स प्रमोटर सेयर र रिलायन्स फाइनान्स रहेका छन् ।

Featured News

Advertisement