शनिबार ८, बैशाख २०८१ Sat,20 Apr 2024

सर्वाधिकार सुरक्षित

इटहरीमा दुई श्रष्टा सम्मानित



09:08 बिहीबार ६ , फाल्गुन २०७७

२०७७ फागुन ६ गते, इटहरी ।

इटहरी साहित्यिक समूहले बुधबार दुई श्रष्टालाई सम्मान गरेको छ । साहित्यकार धरणिधर दाहालको ९४ औँ स्मृति दिवसका अवसरमा साहित्यकार प्रा.डा. शैलेन्दु प्रकाश नेपाल र संगितकर्मी राजु केसीलाई धरणिधर स्मृति पुरस्कार– २०७७ बाट सम्मान गरिएको हो । पुरस्कारको राशी जनही २५ हजार रुपैया रहेको छ ।
इटहरी म्याट्रिक्समा भएको कार्यक्रममा प्रमुख अतिथि संगितकार तथा संस्कृतिविद बुलु मुकारुङले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
धरणीधर प्रतिष्ठानले इटहरी साहित्यिक समुहको ब्यानरमा हरेकबर्ष दुई जना श्रष्टालाई सम्मान गर्दै आएको छ ।
इटहरी साहित्यिक समूहको स्थापना दाहालले नै गर्नुभएको थियो ।

Featured News

Advertisement