सोमबार ६, बैशाख २०७८ Mon,19 Apr 2021

सर्वाधिकार सुरक्षित

मकै बेच्दै, जीवन धान्दै



11:58 बिहीबार १३ , फाल्गुन २०७७

अस्मिता दाहाल/सुदिक्षा बस्नेत
२०७७ फागुन १३ गते, इटहरी

सहरमा एकातिर ठूला–ठूला व्यपारी, उद्योगीहरु भेटिन्छन् भने अर्कोतिर सडक व्यवसायी पनि भेटिन्छन् । सड्क किनारामा वसेर चटपटे, पानीपुरी, फलफुल, जुस, ढाकीमा सब्जी, मकैं पोल्नेदेखि अन्य थुप्रै स–सना स्केलका व्यवसायहरु चलाइरहेको पाइन्छ ।
इटहरीका सडक पेटी र बसपार्कमा पनि यस्ता व्यवसायहरु चलिरहेका छन् ।
यि मध्ये मकै पोल्ने व्यवसाय पनि ईटहरीको सडकपेटीमा चलिरहेको छ । तातो घाममा बसेर कोइलाको तापमा रापिदैँ मकै पोल्दै जीवन धान्नेहरुको कथा संघर्षमय छ । मकै पोल्ने व्यवसायलाई उनिहरुले आफ्नो जीविकोपार्जन गर्ने एउटा बाटो बनाएका छन् । 
उनिहरु आफ्नो घर खर्च जूटाउन मेहेनत गरिरहेका छन् । केहीले भने बचेको समयमा व्यवसाय गरी थप आम्दानीका लागि काम गरिरहेका छन् ।
यीनै मकै पोल्ने व्यवसायी मध्ये एक हुनूहुन्छ, इटहरी ९ की सकून्तला देवी । उहाँले विगत २० वर्षदेखि ईटहरी बसपार्कमा मकै पोलेर बेच्दैँ आफ्नो जीवन निर्वाह गरिरहनू भएको छ । उँहा बिहानै बसपार्क आइपूग्नु हुन्छ, मकै पोल्ने कामको लागि जुट्नुहुन्छ । मकै पोलेरै दैनिक ५ सयदेखि ८ सयसम्मको कमाई हुने उँहा बताउनुहुन्छ । हरियो मकै लक्ष्मी मार्गबाट १० देखि १५ रुपैयाँ घोगाले ल्याउँनुहुन्छ । उहाँको अनुसार पोलेर प्रति घोगा २५ देखि ३० रुपैयाँमा बेच्नुहुन्छ । मकै पोल्ने कोइला ईटहरीको बज्राका होटलहरुबाट ल्याइने गरेको उँहाले बताउनुभयो । जीवनभर यो पेशा गरिरहने उहाँको प्रतिबद्धता रहेको छ । उहाँ भन्नुहुन्छ, “आफूले जानेकै यही हो । फेरि अरु व्यवसाय गर्न पैसा पनि छैन ।”
घर खर्च चलाउन छोराको मात्र कमाईले मुस्किल पर्नेभएकाले मकै पोल्ने व्यवसाय गरेको उहाँ बताउनुहुन्छ । जाडोको समयमा मात्र धेरै मानिसहरु पोलेको मकै खान रुचाउने भएको हुँदा गर्मीको मौसममा खर्भूजा, अनारसको व्यापार गर्ने गरेको बताउँनुभयो । 
त्यसैगरी ईटहरी बसपार्क शुरुभए सँगसँगै मकै पोल्न शुरु गर्नूृ भएकी सरिता शाहले आफ्नो घर खर्च मकै पोलेरै चलाइ रहनुभएको छ । उँहाको श्रीमान पनि मकै पोल्ने व्यवसाय नै गर्ने भएको हुँदा घर खर्च चलाउन अलिकति सहज भएको उँहा बताउनुहुन्छ । “एक जनाले मात्र मकै पोलेर घरखर्च चलाउन निकै गाह्रो भएकाले बुढाले पनि अहिले यहि मकै पोल्ने गर्नुहून्छ, दुई जनाकै कमाईले अहिले घर भाडा तिर्न छोरा–छोरी पढाउन र खाने खर्च निकाल्न अलिकति सहज भएको छ ।” उँहा भन्नुहून्छ ।  अरु व्यवसायमा लगानी गर्न नसक्ने भएकाले थोरै पुँजी मै मकै पोल्ने व्यवसाय सञ्चालन गर्न सकिने भएको हुँदा नै यो व्यवसाय रोजेको उँहा बताउनुहुन्छ ।  सरिता शाह रिजलटासीबाट १५ रुपैया गोटा मकै ल्याएर २५ देखि ३० रुपैया गोटा सम्म बेच्ने गरेको र कोइला जँहा जँहा चुलो बालिने होटल छ, त्यहाबाट ल्याउने गरेको बताउनुहुन्छ । पोहोरको जाडो मौसममा मकै बेचेको तूलनामा यो पाली एकदमै कम व्यापार भएको सरिता शाहको अनुभव रहेको छ ।
ईटहरी चौक पश्चिम लाइन म्याजिक स्टेन अगाडि मकै बेच्दै आउनू भएकी सरिता देवी मण्डल एकदिनमा ८ सयदेखि १ हजारको मकै ल्याएर १४ सयदेखि १५ सयसम्मको व्यपार गर्नुहुन्छ । घरमा कमाउने उहाँ र उहाँको श्रीमान हुनुहुन्छ । श्रीमान एक ट्रान्सपोर्ट कम्पनीमा लोडअनलोडको काम गर्नुहुन्छ । पहिला गृहिणी भएर घरमा बसीरहनु भएकी सरिता देवी अहिले भने घर खर्च चलाउन श्रीमानलाई सघाइरहनु भएकोे छ । २ जनाको कमाईले घरको भाडा, साथसाथै ४ जना छोरा–छोरीको पढाई खर्च जुटिरहेको उहाँ बताउनुहुन्छ । सरिता शाह र सकुन्तला देवी जस्तै उहाँ पनि जाडो सीजन गएपछि अरु नै व्यवसाय गर्ने र जाडो शूरुभए सँगसँगै फेरि मकै व्यवसाय मै फर्किने बताउनुहुन्छ । उहाँका अनुसार ३ बजे देखि ६ बजेको बीचमा व्यापार राम्रो हुने गरेको छ ।
बसपार्क मै मकै पोल्दै व्यवसाय गर्दै आइरहनू भएकी अर्की महिला हुनुहुन्छ, उर्मीला दास । उहाँले पनि बसपार्क शुरुभएसँगै मकै पोल्न शुरु गर्नू भएको हो । उँहाले सीजनमा मात्र मकै व्यपार हूने भएकाले अरु समय बदाम बेचेर आफ्नो गुजारा गरिरहनू भएको छ । उँहाले भाउन्नेबाट बारी ठेक्का गरेर  मकै ल्याउदै गरेको बताउनुभयो । उँहाको अनुसार पनि पोहोरको तूलनामा यो साल एकदमै कम व्यपार भएको छ ।
उहाँहरु प्रतिनिधि पात्र मात्र हो । इटहरी बसपार्क र चौकमा मकै पोल्ने व्यवसायीहरु २ दर्जनको हाराहारीमा रहनुभएको छ । सबैको साझा भनाई अन्य व्यवसाय गर्ने लगानि नभएर नै सडकमा मकै पोल्नुपरेको छ । 
सहकारी, बैंक तथा स्थानिय सरकारले उनिहरुको व्यवसायलाई प्राविधिक तथा लगानि जुटाउने कार्यमा सहयोग गर्ने हो भने फुटफाथको व्यापार व्यवस्थित भइ सहरलाई नै फाइदा पुग्नेथियो ।

Featured News

Advertisement