सोमबार ६, बैशाख २०७८ Mon,19 Apr 2021

सर्वाधिकार सुरक्षित

हप्ताभर ओरालो यात्रामा सेयर बजार



15:48 बिहीबार १३ , फाल्गुन २०७७

२०७७ फागुन १३ गते, इटहरी ।

आज विहिबार पनि सेयर बजारको यात्रा ओरालो लागेको छ । आज नेप्से ४४.९४ विन्दुलेले घटेर २५५४.१४ मा अडेको छ । यो हप्ताको पहिलो दिन उकालो लागेको नेप्से त्यसपछि भने आरोतर्फ नै रहेको छ । 
९ गते आइतबार २६४०.३५ अंकमा पुगेको नेप्से, सोमबार र मंगलबार घटेर पून बुधबार अलिकति उकालो लागेको आज फेरि ओरालो झरेको छ । हप्ताभरीको गणना गर्ने हो भने ८६.२१ अंकले कमि आएको छ ।
अन्य सूचक र उप–सूचकहरु पनि घटेका छन् । 
नेप्से घटेपछि कारोबार रकम पनि थोरैमा रहेको छ । २०६ कम्पनीको कारोबार हुँदा आज जम्मा ६ अर्ब ९ करोड ८१ लख ८८ हजार ४ सय १४ रुपैयाँको कारोबार भएको छ । १५ करोड ८५ लाख ६ हजार १ सय ७१ कित्ता सेयर कारोबार भएको छ ।
यो हप्ता करेक्सन भएकोमा आइतबारबाट पून बजारले उकालोतर्फको यात्रा लिने सेयर विश्लेषकहरुले बताएका छन् ।

 

आजको कारोबारको विवरण :


 

Featured News

Advertisement