बिहीबार ३०, बैशाख २०७८ Thu,13 May 2021

सर्वाधिकार सुरक्षित

कलाकारहरुको स्वभाव : प्रतिकुलतामा अनुकुलता खोज्नु हो – बिक्रमश्रि



14:36 शुक्रबार १४ , फाल्गुन २०७७

कलाकार बिक्रमश्रि सुप्रसिद्ध परिचित नाम हो । कलाको समग्र क्षेत्रमा उहाँको सक्रियता रहदै आएको छ । जीवनको आजसम्मको उमेर मुर्ती, चित्र, कविता, ध्यान, नाटक यस्तै–यस्तै बिषयमा लगानि भएको छ । शिक्षाको क्षेत्रमा पनि काम गर्दै आउनुभएको छ । पर्यटन क्षेत्रको सौन्दर्यकरण गर्ने अभियानमा समेत आफ्नो सीपलाई सदुपयोग गरिरहनुभएको छ । कलायात्राको क्रममा सुख, दुख, मानसम्मान र कहिलेकाहीँ विरोधहरुले प्रवेश पाएका छन् । अनेकन प्रहार र समर्थनका बीचबाट वगेको बिक्रमश्रिको केही अनुभव, धारणा र यात्राका तितामिठा पलहरुको बारेमा नेपालबिटका संवाददाता अविशेक खतिवडाले खोतल्ने प्रयास गर्नुभएको छ ।
अविशेक खतिवडाले कलाकार बिक्रमश्रिसँग गर्नुभएको कुराकानी आज प्रस्तुत गरेका छौँ :

१) मैले तपाईलाई के भनेर सम्बोधन गरेँ भने प्रिय होला ?
मलाई ललितकलाकर्मी भनेरै सम्बोधन गर्दा हुन्छ ।
२. तपाईँ इन्जिनियरिङ्गको विधार्थी कला क्षेत्रमा आफ्नो स्पेस वनाउँनुभयो । कसरी ?
कला मेरो प्यासन हो । इन्जिनियरिङ्ग क्षेत्र पनि मेरोलागि बोरिङ् थिएन । त्यतिबेला मेरो घरमा पनि त्यस्तै वातावरण थियो । मेरो मुमा संगितकर्मी, लोकगीत संकलन गर्ने, नृत्य गर्ने र सामान्य चित्रहरु बनाउने गर्नुहुन्थ्यो । सायदै मलाई आज मेरै मुमाको प्रभावले र म आफँै पनि प्रकृतिसँग रमाउन खोज्ने भएको कारणले यस क्षेत्रमा आउन प्रेरित भएर, यतै स्पेस वन्योहोला ।
३. कुनै चित्र वा वस्तुलाई कलामा हुबहु उर्तान कतिको सहज हुन्छ होला ?
यो हुबहु उतार्ने कुरा भनेको चै रियालिस्टिक आर्टको कुरा हो । यो चै हाम्रो सिद्धान्तको हिसाबले हेर्ने हो भने, मुख्य गरेर तिन तवरले अभिव्यक्त गर्न सकिन्छ । र अर्को थप चै परम्परागत आर्ट पनि रहेको छ । यिनिहरुको आ–आफ्नै छुटै पन  पनि रहेको छ । अब कुनै पनि कुरालाई एउटा आकार दिइएर हुबहु उर्तानु सजिलो कुरा भने होइन । तर जुन कुरा पनि नियमित रुपमा अभ्यास गरिरहदा मात्र हामी त्यसमा पोख्त हुन सक्छौँ । हो, यसमा पनि त्यही नै कुरा लागु हुन्छ ।
४. आफ्नो कला यात्रालाई फर्किएर हेर्दा समस्या तथा चुनौतीका पहाडहरु कति देखिन्छन् होला ?
यो चै एकदमै ग्राहो छ । किनभने राज्यले पनि यस क्षेत्रलाई अनुत्पादक भनेर आफ्नो नितिमा समेटेको छैन । हाम्रो पहुँच पनि राज्यसँग छैन । जसरी दलनमा परेकालाई दलित भन्ने गरिन्छ, ठयाक्कै त्यसैगरी अहिलेको समयमा चै हामी स्रष्टा, कलाकार, कवि, चित्रकार, मुर्तिकार र काव्यका सबै विद्यामा काम गर्नेहरु दलित हुन् भन्न रुचाउँछु म । हामी कलाकारहरुलाई देशको गहना पनि भन्ने गरिन्छ । तर गहना भनेको त एउटा आधारभुत आवश्यकता पुरा भएर  आर्थिक उन्नति भइसकेपछि लगाउने चिज हो । त्यस्तो सजावटको वस्तुसँग तुलना गर्नु भनेको हामीलाई पुतला बनाएको अवस्था हो नि त । त्यसकारणले गर्दा खेरी हामी उपेक्षित छौँ, अपहेलित छौँ र समाजमा पनि शिर्ष स्थानमा हुनुपर्ने स्रष्टालाई आज कौडीका राजनितिज्ञहरुले अपहेलित गरिरहेको अवस्था छ । पार्टीको सिफारिसमा टिका लगाएर प्राज्ञ हुनुपर्ने, संगठन निमार्ण नै त्यही किसिमको छ, संरचना त्यही ढङ्गको छ, गतिविधि त्यही प्रकारका छन्,जसले गर्दा खेरी हामी धेरै उपेक्षित अवस्थामा छौँ ।
५. उसोभए राज्यको ध्यानआकर्षणको लागि के गर्नेहोला ?
यसको लागि चै अब स्रष्टाहरुले नै आफ्नो सिर्जनाहरु मार्फत अरुलाई सन्देशहरु दिने, यो हाम्रो स्वभावले हाम्रै निम्ति संर्घष गर्नुपर्छ ।
६. आ...! यो क्षेत्रमा बेकारमा लागेछु, यस्तो काम पनि गर्ने हो ? जस्ता प्रश्नहरु वा भनौँ न एकप्रकारको अनुभूतिहरु मनमा सल्बलाए ?
त्यस्तो चै मलाई भएन किनभने पहिलो कुरा त मेरो प्यासन नै त्यही थियो । त्यसकारणले पनि म यस क्षेत्रमा प्रवेश गरिसकेपछि रमाएँ । संर्घष, चुनौतिहरु  नआएका भने होइनन् । तर के भइदियो भने मेरो आम्दानीको पाटो भनेको इन्जिनियरिङ्ग क्षेत्र र म आफैँले खोलेको स्कुल हो । त्यसकारणले मैले यस कला क्षेत्रमा निर्भर भइरहनु परेन, यदि कला क्षेत्रबाट केही नआए पनि मैले आफ्नै बलियो आधार त बनाएको नै छु । मैले चै यसको विकल्प लिएर अघि बढ्ेको हुनाले आजसम्म टिकेको छु । यसैमा निर्भर भएर अघि बढ्न सक्ने अवस्था भने अझै सम्म पनि बन्न सकेको छैन । त्यसमा चाहीँ धेरै नै दुःख लाग्छ । पर्यटनको कारणले गर्दा भने आज हामीे मुर्तिकलामा चाहीँ खुट्टा टेक्ने अवस्थामा छौँ । मेरो धेरै विद्यार्थीहरु आर्थिक रुपमा सबल हुदै यस क्षेत्रमा खुट्टा टेकिसकेका छन् । त्यसैले उनिहरुलाई हेरेर पनि हामीले यस क्षेत्र राम्रो हुदै गएको देख्न सक्छौँ ।
७. मुर्तिकला र रङ्गकर्म यी दृई फरक पाटाहरु देखिन्छन तपाईँको जीवनमा । तपाईलाई कसैले विकल्पको रुपमा दिइयो भने कुन क्षेत्रमा बढी रमाउन चाहनुहुन्छ ?
मानिसको स्वभावै भएको कारणले गर्दा होला हरेक कुरालाई सन्तुलित गर्न सकिन्छ । अहिले म पनि सन्तुलन गरेरै अघि बढिरहेको छु । त्यसकारणले गर्दा पनि ग्राहो चै हुदैन । तर कहिलेकाँही भने समय नपुग्ने, घरेलु, सामाजिक जिम्मेवारी आदिले समस्या गर्ने त गर्छ नै । तर यसलाई सन्तुलन गरेर लान सकिन्छ । प्रतिकुलतामा अनुकुलता खोज्नु त्यो त कलाकारहरुको स्वभाव नै हो नि ।


८. कलाकार भन्ने बित्तिकै समाजमा त्यति घुलमिल नहुने र समाजबाट टाँढा रहेर आफ्नो एउटा छुट्टै दुनियाँ बनाएर त्यसमा रमाउने भनेर धेरैले बुझेका छन् । यस्तै हो वास्तविकता ?
नाटक भनेको समाजको ऐना अथवा अपरिहार्य अंग हो । यसलाई साहित्यको पनि उत्कृष्ट साहित्य भन्दा सायदै फरक नपर्ला । सबै विद्याका समष्ठिगत कुराहरु नाटकमा हुन्छ । त्यसकारणले अहिलेको समयमा नाटक हाम्रो समाजलाई निर्देशन गर्ने मार्ग बन्नुपर्छ  भन्ने लाग्छ । तपाईँले भने जस्तो समाजबाटै बाहिर रहने होइन । कलाकार त झन समाजको प्रत्यक्ष रहेर काम गर्ने व्यक्ति हो । त्यसले गर्दा त्यो चाहीँ उहाँहरुले नबुझ्नु भएको हो या हामीले उहाँहरुलाई बुझाउन नसकेका हौँ ।
९. यदि यी दुई क्षेत्रहरुमध्ये कुनै एक क्षेत्र रोज्नुपर्ने भनी विकल्पको रुपमा कसैले दिइएको भए कुन क्षेत्रमा बढी रमाउन चाहन्नुहुन्छ तपाईँ ?
नाइ म रोज्दिनँ थिएँ । किनकी मलाई जे मा आन्नद आउँछ म त्यही रोज्थेँ । मलाई सबैमा आनन्द आउँछ । काव्य एउटै चिज हो, तर यसको भाषा भने फरक–फरक छ । तर, मुल तत्व जसले प्रभावत पार्छ, त्यो चाहीँ एउटै हो । त्यसकारण फरक–फरक भन्दा पनि मलाई जे सहजता छ, त्यसमा मलाई आनन्द हुन्छ । तर पनि मलाई त्यस्तै अवस्था आएको भए म नाटकलाई नै छान्दथेँ । किनकी त्यसमा मैले काव्यका सबेै कुराहरु पाउने गर्छु ।


१०. कोरोना अघि र पछि कला क्षेत्रको अवस्था कस्तो पाउनुभएको छ ?
यो चाहीँ के भने कोरोनाले फाइदा–बेफाइदा दुवै भएको छ । नियमितता टुट्यो तर चिन्तनशिलता बढाइदियो । र अबको जर्मर्कोले मलाई लाग्छ निकै लामो छलाङ् मार्छ र हामीलाई पनि अघि बढ्न सजिलो हुन्छ ।
११. धेरै समयदेखि रङ्गमञ्चमा पुराना विषयवस्तुमा मात्र नाटकहरु मञ्चन भइरहेका छन् । आखिर के कारण चै नयाँ विषय वस्तुमा नाटकहरु मञ्चन भइरहेका छैनन् त ? 
अब हेर्नुहोस् है यो चाहीँ कालखण्डको कुरा हो । हिजोको दिनमा राण शासनको बेला एउटा कलखण्ड थियो, त्यतिखेर यौनिकता प्रर्दशन गर्ने, नाटकहरु पनि नारीलाई नग्न पारेर हेर्ने किसिमको समय थियो । त्यसपछिको अर्को कालमा किसानका दुःख कष्टहरु देखाउन थालियो । र त्यसपछि अहिले आएर हामी विश्व रङ्गमञ्चसँग जोडिएका छौँ, आधुनिक रङ्गमञ्चसँग जोडिएका छौँ । अहिले आधुनिक रङ्गमञ्च र हाम्रो परम्परालाई जोडेर पनि देखाइरहेका छौँ । त्यसैले अब आँउछ, यसमा आतिनुपर्ने कुनै कुरा छैन । अहिले यो जे गई रहेको छ, त्यो राम्रो गइरहेको छ । हामीलाई त खाली राज्यले अलिकति साथ नगरिदिएको कारणले मात्र आफैले थेग्नुपर्ने भएर चाहीँ अफठ्यारो भएको हो । समय घडीमा मात्र नभएर साहित्य,काव्य,कविता अथवा विभिन्न भाषा भएर बोल्ने गर्छ । त्यसकारण पनि हामीले यसलाई लेखकहरुको कमी वा नयाँ विषयवस्तुको अभाव हो भनेर भन्न मिल्दैन । अहिलेको अवस्थामा महत्वपुर्ण जुन छ, त्यो नै अगाडी आउने हो ।
१२. कलाकारिता क्षेत्रमा आउन चाहने नव–कलाकारहरुको प्रवेश चै कसरी गराउने नि ?
एकदमै राम्रो प्रश्न गर्नुभयो तपाईँले । अब यसमा अहिले के छ भने साथिहरुको देखासिखि गरेर पस्ने, या चाहीँ अरुको रोल मोडल हेरेर त्यस्तै म हुन्छु भनेर पस्ने खालका मान्छेहरुले भरिएको छ । तर जसको भित्र दबेको छ, त्यो प्यासन तिनीहरुले चाहीँ आफुलाई जानेन् । त्यसले गर्दा म के भन्न चाहन्छु भने, म को हुँ, ममा के सम्भावना छ, मेरो प्यासन के हो, म भित्र के छ, त्यो हेर्ने अभ्यास अहिलेका युवाहरुले गर्नु नितान्त जरुरी छ । आफैले आफैलाई प्रश्न गर्ने, निरन्तर गर्ने र गरिरहने त्यो किसिमको चिन्ताशिल युवकहरुको जरुरी छ । त्यसकारण जसले आफुलाई चिनेर अघि बढ्््ेको हुन्छ, उँ त्यहाँबाट बाहिर निस्केपछि जसरी पनि आफुलाई सफल बनाउन सक्छ । आफुले चाहेको विषयमा जति ठुलो चोट लागे पनि दुखेको अनुभुति हुन पाउदैन । जो मान्छे, मान्छेको रुपमा सम्पन्न हुन्छ, त्यो मान्छे धनी हो । त्यसकारण अहिलेको युवाहरुले चिन्तन र ध्यान गरेर अघि बढ्नुपर्छ ।


 

Featured News

Advertisement