बिहीबार ३०, बैशाख २०७८ Thu,13 May 2021

सर्वाधिकार सुरक्षित

लक्ष्मीको ‘सधैँ तिम्रो सम्झनामा’ विमोचन



20:23 शुक्रबार २१ , फाल्गुन २०७७

२०७७ फागुन २१ गते, विराटनगर ।

मुक्तककार लक्ष्मी श्रेष्ठको मुक्तक सङ्ग्रह ‘सधैँ तिम्रो सम्झनामा’ आज विराटनगरमा विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशन गरेको यो सङ्ग्रहलाई प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, प्राज्ञ खेम नेपाली, प्राज्ञ लक्ष्मी उप्रेती, कवि देवी पन्थी तथा कवि रामप्रसाद खरेलले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।


विमोचित पुस्तकमाथि समिक्षकद्वय हरी कट्टेल र भूषण ढुङ्गेलले समिक्षात्मक टिप्पणी गर्नुभएको थियो । कविहरु मिन कुमार नवोदित, राधिका गुरगाईँ, उमेश अकिञ्चन लगायतले श्रेष्ठका मुक्तकहरु वाचन गर्नुभएको थियो ।
प्रेम, समाजिक बिषयवस्तु तथा जीवन भोगाईका कुराहरुलाई मुक्तककारले आफ्नो कृतिमा उठाउनुभएको समिक्षकहरुले बताउनुभयो । 
कृतिकार श्रेष्ठले आफू समाजबाट टाढा नरहेको र कृतिमा पनि समाजकै भोगाईँलाई उतारेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – “मैले जीवनमा भोगेका, देखेका र अध्ययन गरेका बिषयलाई नै मुक्तकमा रुपान्तरण गरेको हुँ । म कल्पनाभन्दा यर्थाथमा नै लेख्न रुचाउछु । यस मुक्तक सङ्ग्रहमा पनि कल्पना होइन यर्थाथ नै रहेको छ ।”


पूर्वाञ्चल साहित्य प्रतिष्ठानको प्रकाशन श्रृखलाको ८५ औँ पुस्तक ‘सधैँ तिम्रो सम्झनामा’ मुक्तक सङ्ग्रहमा जम्मा २ सय २० ओटा मुक्तकहरु रहेका छन् ।
विमोचन कार्यक्रमको सञ्चालन नाटयकर्मी तथा कवि भरत गुरगाईँले गर्नुभएको थियो । कार्यक्रममा विराटनगर, सुनसरी, झापा तथा काठमाण्डौंका गरी ७० जनाको उपस्थिति रहेको थियो ।


 

Featured News

Advertisement