मंगलवार ४, बैशाख २०८१ Tue,16 Apr 2024

सर्वाधिकार सुरक्षित

पत्रकार महासंघ सुनसरीको अध्यक्षमा जनकऋषी विजयी



13:52 शुक्रबार २७ , चैत्र २०७७

२०७७ चैत २७ गते, इटहरी ।
नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा जनकऋषी राई निर्वाचित हुनुभएको छ । जम्मा १ यस २३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्धी सन्तोष काफ्लेले ६५ मत प्राप्त गर्नुभयो । 
अध्यक्ष सहित प्यानलले जीत हासिल गरेको छ । प्यानलमा प्रेस संगठन, प्रेस युनियन र प्रेस चौतारी (माधव समूह) रहेको थियो ।
उपाध्यक्षमा गणेश निरौला १ सय ४२ मत, महिला उपाध्यक्षमा उषाकिरण घिमिरेले १ यस मत ल्याएर विजयी हुनुभयो । सचिवमा धुब्र ढकालले १ सय ४८ मत, समावेसी सचिवमा भोला श्रेष्ठले १ सय ४२ मत र कोषाध्यक्षमा अजित कुमार झाले १ सय ३१ मत ल्याएर जीत हासिल गर्नुभएको छ ।
सह–सचिवमा प्यानलका तीर्थ कार्की र काफ्ले प्यानलका विकल रेग्मी दुवैले १ सय १५ प्राप्त गरी बराबरी हुनुभयो । समझदारीमा दुबैले आलोपालो जिम्मेवारी लिने सहमति भएको छ । 
खुल्ला तथा समानुपातिक तर्फ विवेक रेग्मी, निश्चल, आरबी कटुवाल, वीरेन्द्र शाह, संगम विष्ट, शान्ता निरौला, दीपेन्द्र यादव, सुस्मिता राई र सुक्रान्त राई विजयी हुनुभएको छ । महिला सदस्यमा देवीका चाम्लिङ, दलित सदस्यमा सुविन विश्वकर्मा, जनजाति सदस्यमा पारस राई, अलपसंख्यक सदस्यमा मिकाइल आलम निर्विरोध निर्वाचित हुनुभएको थियो ।
निर्वाचनबाट जिल्लाको तर्फबाट खुल्ला केन्द्रीय परिषदमा भैरब आङ्ला, बाबुराम सुबेदी निर्वाचित हुनुभएको छ । केन्द्रीय परिषद समावेशीमा प्रदीप मेन्याङ्बो र शुकदेव चौधरी साथै केन्द्रीय परिषद महिला सदस्यमा गंगा बराल निर्वाचित हुनुभएको छ ।
जिल्लाबाट प्रदेश परिषद समावेसी सदस्यमा हुसेन अन्सारी, आशिष यादव, कुलदीप चौधरी, विकास चाम्लिङ राई, धिरेन्द्र चौधरी र सोहन श्रेष्ठ विजयी हुनुभएको छ ।
प्रदेश परिषद सदस्यको खुल्लातर्फ योगेशबाबु काफ्ले, गोविन्द बस्नेत, अर्जुन सुबेदी, गवनसिंह चौधरी, चन्दन गुप्ता, पिएमणि भट्टराई, बाबुराम कार्की, हिमाल दाहाल र सुनिल चौधरी विजयी हुनुभएको छ । महिला सदस्यतर्फ कानुन कार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।

 

Featured News

Advertisement