बिहीबार ३०, बैशाख २०७८ Thu,13 May 2021

सर्वाधिकार सुरक्षित

‘रुद्र शक्ति’ ब्राण्डको पशु आहार दाना बजारमा



19:39 बिहीबार २ , बैशाख २०७८

२०७८ बैशाख २ गते, इटहरी ।

बारा निजगढ – ७ मा स्थापना गरिएको कुतालदेवी एग्रोमिलले पशुलाई खुवाउने ‘रुद्र शक्ति’ ब्राण्डको आहार दाना बजारमा ल्याएको छ ।

१५ बर्ष विदेश वसेपछि नेपालमै केही गर्नुपर्ने रैछ भन्ने थाहा पाएर एग्रोमिलको स्थापना गरि पशु आहार दाना उत्पादनको काम शुरु गरेको सञ्चालक रामहरी खरेलले बताउनुभएको छ ।
एक करोड पुँजीबाट उत्पादन शुरु गरिएको अर्का सञ्चालक दिपा बस्नेत खरेलले जानकारी दिनुभएको छ ।

२०७७ सालको चैत २८ गतेदेखि औपचारिक रुपमा बजारमा आएको हो । निजगढ नगरपालिकाका मेयर सुरेस कुमार खनालले मिलको उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा निजगढकी उपमेयर लिला खनाल, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडका अध्यक्ष नारायण देबकोटा र निजगढ वडा नम्बर ७ का वडा अध्यक्ष रामजी बजगाईको समेत उपस्थिति रहेको थियो ।

उधोगमा १३ जनाले रोजगार प्राप्त गरेका छन् ।


 

Featured News

Advertisement