बिहीबार ३०, बैशाख २०७८ Thu,13 May 2021

सर्वाधिकार सुरक्षित

भोजपुरको त्रिभुवन धर्मोदय मा.बि.मा एक लाखको अक्षय कोष स्थापना



19:39 शुक्रबार १० , बैशाख २०७८

सुमन बिकल

२०७८ साल वैशाख १० गते, भोजपुर ।

भोजपुर जिल्लाको टेम्के मैयुङ गाउँपालिका वडा नम्बर-२ मा रहेको श्री त्रिभुवन धर्मोदय मा.बि. मा सोही वडा निवासी स्व. ईन्द्र बहादुर राईको स्मृतिमा उहाँको श्रीमती रुपकला राई र परिवारले रु. एक लाखको स्वर्गीय ईन्द्र बहादुर राई स्मृति अक्षय कोषको स्थापना गर्नु भएको छ । उक्त अक्षय कोषबाट कक्षा १ देखि १० सम्मका गरिब तथा जेहेन्दार १ छात्र र १ छात्रा लाभान्वित हुने बिद्यालयका युवा प्रधानाध्यापक राजन राईले बताउनु भएको छ । साथै बिद्यालयमा युवा प्र.अ. नियुक्ति भए संगै बिद्यालयको मुहार फेरिदै गएको शिक्षक एकनाथ लुइँटेलले जानकारी गराउनु भएको छ । प्र.अ. राईका अनुसार यहि महिना भित्रै यस बिद्यालयको बाल कक्षा लाई बालमैत्री र नमुना बाल कक्षा बनाउने योजना रहेको समेत जानकारी गराउनु भएको छ ।

Featured News

Advertisement