शुक्रबार १६, चैत्र २०८० Fri,29 Mar 2024

सर्वाधिकार सुरक्षित

राष्ट्रपतिलाई तीन दलको आग्रह : बहुमतको सरकार गठनका लागि आह्वान होस्



19:36 सोमबार २७ , बैशाख २०७८

२०७८ वैशाख २७ गते, काठमाण्डौं ।

विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव संसदबाट अस्वीकृत भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त अपील गर्नुभएको हो । उनीहरुले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अहिले नै आफूहरुको पक्षमा १२६ सांसद रहेको र गठबन्धनको सम्भावना कायमै रहेको बताउनुभयो । धारा ७२(२) को अभ्यास नगरी एकपटकै ७६(३) मा लैजाने षड्यन्त्र भइरहेको उहाँले बताउनुभयो ।

हेर्नुहोस् विज्ञप्ति :

onlinekhabar

Featured News

Advertisement