बिहीबार ९, चैत्र २०७९ Thu,23 Mar 2023

सर्वाधिकार सुरक्षित

उद्यमी मानसिकता विकासका २० आधार



11:03 आईतवार २ , जेष्ठ २०७८

थोमज जे
अनुवाद – सुमिरा खरेल

यो उधमी मानसकिता विकास गर्न मलाई धेरै समय लाग्यो । साँच्चिकै भन्नुपर्दा मलाई लाग्छ मैले बीस बर्ष बिताए होला उधमी वन्न । जुनकुरा मलाई स्कुलमा सिकाईएको थिएन । स्कुलमा के सिकाईन्छ तपाईँलाई थाहा छ – “राम्रो ग्रेड ल्याउ, राम्रो बाटोमा हिड र राम्रो काम पाउ ।”
तर उधमीको बारेमा ?
पछाडी फर्केर हेर्दा यसले मलाई दुखी तुल्यायो कि कसरी मेरा शिक्षकहरुले राम्रो कामहरु पाउने विधार्थीहरु प्रति चिन्तित थिए । तर हामीले कहिले पनि व्यवसाय सुरु गर्न सक्ने सम्भावना पनि उल्लेख गरेनन् ।
यो अझ निरासजनक छ कि तपाईँले विचार गर्नुहुन्छ हरेक कामहरु कहाँबाट आउँछन ? मानिसहरु जसले आफ्नै मार्ग खोल्ने निणर्य गर्छन्, व्यवसाय शुरु गर्छन र अरुलाई रोजगार दिन्छन् ।
के दिन्छ त ?
केही बर्षको प्रयास पछि र थुप्रै असफल व्यवसायहरु पछि अन्नत मैले सिकेँ कसरी उधमी मानसिकता राख्ने भनेर ।
राम्रो पैसा, रमाइलो काम, डुलाई र आज केही नराम्रो छैन् । 
यदि तपाईँ कसरी राम्रो उधमी मानसिकता विकास गर्नुपर्छ भनेर सिक्न चाहानुहुन्छ भने मैले बीस तरिकाहरुको बारेमा संक्षिप्त चर्चा गरेको छु ।
सर्वप्रथम उधमी मानसिकता भनेको के हो र किन महत्वपुर्ण छ ?
एक उधमी मानसिकता भनेको विचार, प्रक्रिया र संसारलाई हेर्ने तरिकाहरुको एक सेट हो । दृढ रुपमा उधमीहरु विश्वास गर्दछन कि यो सम्भव छ आफ्नो जीवन स्थिती  सुधार गर्न र आफ्नै शर्तमा जीवन बाँच्न । तिनीहरु पनि सिक्न, अघि वढ्न, अनुकुलन गर्न र सफल हुन आफ्नो क्षमतामा विश्वास गर्दछन् ।
सफल उधमीहरुको मानसिकता परम्परागत कामदारहरुको मानसिकता भन्दा धेरै फरक हुन्छ । उदाहरणको लागि यदि एक परम्परागत कामदार अधिक पैसा कमाउनको लागि उनीहरु राम्रो कामको अवसर खोज्दछन् भने जहाँसम्म एक उधमशीत मानसिकताको मानिस पैसा कमाउनको लागि आफ्नै व्यवसाय शुरु गर्छ ।
र यहाँ एउटा कुरा छ कि जो कोहीले पनि उधमीको मानसिकता विकास गर्न सक्छ । फोर्ड मोटर कम्पनीको संस्थापकको रुपमा हेनरी फोर्डले भनेका छन् – “तपाईँले सोच्नुहुन्छ कि म गर्न सक्छु वा सक्तिन तपाईँ दुवै कुरामा सहि हुनुहुन्छ ।”
उधमी मानसिकताको शक्ति स्पष्ट छ जब तपाईँ यसको बारेमा सोच्नुहुन्छ । उधमीहरु सफल भएजस्तो सोच्दछन् किनभने उनीहरु सोच्दछन्, कार्य गर्दछन् र संसारका हरेक मानिसहरुलाई आफ्नै दृष्टिकोणले हेर्दछन् ।
यहाँ धेरै कारणहरु छन किन एक उधमी मानसिकताको महत्व छ । उदाहरणको लागि एक उधमी मानसिकता विकास गर्नाले शंका, डर र चिन्ता कम गर्न सहयोग गर्दछ । यसले आफ्नो काममा निरन्तरता र वृद्धि गराउन पनि सहयोग गर्छ ।
संक्षेपमा, एक उधमी मानसिकता भनेको व्यापार सफलताको आधार हो । अब उधमीहरुले कसरी सोच्दछन् हेरौँ ।
उधमीहरुको जस्तो कसरी सोच्ने ?
उधमीहरुको जस्तो सोच्न मैले बीस बुँदामा तपाईँलाई बुझाउने कोशिस गरेको छु ।
१) स्वतन्त्र
यो चाँही एउटा महत्वपूर्ण पक्ष हो उधमी मानसिकताको । उधमीहरुले कहिल्यै पनि भीड र अरुको आदर्शलाई पछ्याउदैनन् । यसको सट्टामा तिनीहरु आँफूलाई सुन्छन र आफ्नै मार्ग बनाउँदछन् । एप्पल को फाउण्डरको रुपमा स्टिभ जब्सले भने – “अरुको विचारको आवाजले आफ्नो भित्री आवाजलाई डुब्न नदिनुहोस् ।”
२) जिम्मेवारी
सफल उधमीहरुको स्वतन्त्र मानसिकता पूर्ण जिम्मेवारी लिएदेखि मात्र उत्पन्न हुन्छ । उधमीहरु अरुलाई आफ्नो जीवनको अवस्थाको लागि दोष दिैनन् । यसलाई सुधार गर्न जिम्मेवार भएर तिनीहरु आफैँलाई अधिकार दिन्छन् ।
असफलता, सफलता जीवन परिस्थितिहरु यसले केही फरक पार्दैन । यदि केहि तपाईँको गल्ति होइन भने यसको लागि जिम्मेवारी लिदैँ तपाईँ यसलाई सुधार्न सक्नुहुन्छ ।
३) प्रचुर मात्रामा
उधमी मानसिकताको एक प्रमुख हिस्सा प्रशस्तता हो । व्यवसायीलाई थाहा छ, उनीहरुले परिस्थिति सुर्धान, अझ वढि पैसा कमाउन र नयाँ अवसरहरु सृजना गर्न सक्दछन् ।
आकाश सधै सीमा नै हो ।
नतिजाको रुपमा, उधमीहरु पैसा वा ज्ञान भण्डार गर्दैनन् । तिनीहरु खुल्ला छन्, उदार छन् र बुझछन् कि तपाईँले के दिनुहुन्छ ।
लेखक तथा उधमी रोबर्ट कियोसाकीले लेखेका छन् – “मैले कुनै मानिसलाई कहिल्यै भेटेको छैन् जसले कहिल्यै पैसा नगुमाएको होस् । तर मैले धेरै गरिब मानिस भेटे जसले कहिल्यै एक पैसा पनि गुमाएका छैनन् ।”
४) लक्ष्य उन्मुख
उधमशीलताको सोच लक्ष्य उन्मुख छ । अर्को शब्दमा भन्नुपर्दा सफल उधमीहरुको इच्छा र सपना मात्र हुँदैन्, उनीहरुसँग लक्ष्य र योजनाहरु हुन्छ ।
त्यही भएर जब एक उधमी मानसिकता सिर्जना गर्दा कmबचत लक्ष्यहरु सेट गर्नुपर्छ ।
विशिष्ट
मापनयोग्य
प्रासंगिक
समय संवेदनशील

५) असफलतासँग नडराउनु
जब एक उधमी जस्तो कसरी सोच्ने सिक्दै हुनुहुन्छ भने तपाईँले असफलतालाई धेरै भन्दा भिन्नै दृष्टिकोणले हेनुपर्छ । उधमीहरु असफलतादेखि डराउदैनन् । उनीहरु यसको कदर गर्छन् ।

प्रत्येक असफलता भनेको अघि बढ्नका लागि एक खुट्किला तल हो । प्रसिद्ध आविष्कारक थोमस अल्बा एडिसनले भनेझैँ – “म असफल भएको छैन् । मैले भर्खर दश हजार तरिकाहरु भेटाएँ जुन तरिकाहरुले काम गर्दैैनन् ।”
कुनै एक चिजमा असफल हुने बितिकै यसको मतलब यो होइन कि तपाईँ जीवनमा असफल हुनुहुन्छ । केवल यो हो कि तपाईँले आशा गरेजस्तो गरी काम गरेन र तपाईँले फेरि प्रयास गर्नु आवश्यक छ ।
६) वृद्धि उन्मुख
स्ट्यानफोर्ड विश्वविधालयका मनोवैज्ञानिक डा. क्यारोल डवेकले असफलताको अध्ययन गरेपछि उनले भनेका छन् –“बीष बर्षदेखि मेरो अनुसन्धानले यो देखायो कि तपाईँले आफ्नो लागि अपनाउनुभएको दृष्टिकोणले तपाईँको जीवन मार्गलाई गहिरो असस गर्दछ ।”
विशेष रुपमा उनले यो पाए कि त्यहाँ दुई मुख्य प्रकारका मानसिकता छन् निश्चित र बृद्धि ।
निश्चित मानसिकता भएका कोहीले विश्वास गर्छन कि तिनीहरु को हुन भने अपेक्षाकृत स्थायी हुन् र उनीहरुले धेरै परिवर्तन गर्न सक्तैनन् ।
उधमी मानिसकता भनेको वृद्धि उन्मुख हो । उधमीहरु यो विश्वास गर्छन कि तिनीहरु अघि वढ्न, नयाँ कुराहरु सिक्न र नयाँ सीपहरु विकास गर्न सक्दछन् । तिनीहरु विश्वास गर्छन कि केही निरन्तर प्रयासको साथ आँफूलाई चाहेजस्तो वनाउन सकिन्छ ।
लेखक तथा उधमी हल एलोरडको भनाई छ – “तपाईँको सफलताको स्तर नै तपाईँको व्यक्तिगत विकास भन्दा बढि हुन्छ किनकी सफलता तपाईँले बनाउने व्यक्तित्वले आकर्षण गर्ने चीज हो ।”
अर्को शब्दामा भन्नुपर्दा व्यक्तिगत विकासले सफलता सिर्जना गर्छ । व्यही भएर आँफूलाई सुधार्ने प्रयास गर्नुपर्छ ।
७) प्रतिक्रियाको खोजी
एकदमै सफल उधमीहरु आँफू राम्रो बनिन चिन्तित हुँदैनन् । उनीहरु मत्र सफल हुन चाहन्छन् । उनिहरुलाई थाहा छ कि प्रतिक्रियाबाट सिक्दा अझ अघि वढ्न सकिन्छ ।
डा. ब्यारोल एस डवेकको भनाई छ – “समय बित्दै जादा तपाईँ कसरी र कति महान् हुनुहुन्छ भनेर प्रमाणित गर्नसक्नुहुन्छ जब तपाईँ अझ राम्रो गर्दै जानुहुन्छ ।”
छोटकरीमा भन्नुपर्दा मान्यता नखोज्नुहोस, प्रतिक्रिया सुन्नुहोस् ।
८) निरन्तर अध्ययन
उधमी सोच पढाई, सिकाई र विकासमा धेरै जोडिएको छ । उनीहरु टेलिभिजनमा धेरै समय बिताउनुको वदलामा अनलाईन कोर्ष गर्छन् ।
असम्बन्धित खेलमा ध्यान दिनुको साट्टो आफ्नो उत्पादन बिक्रीमा ध्यान दिन्छन् ।
सामाजिक सञ्जालमा झुम्मिनुभन्दा प्रेरणादायी कुराहरु सुन्ने, हेर्ने र आँफ्नो व्यवसायसँग सम्बन्धित किताबहरुको अध्ययनमा समय लगानी गर्छन् ।
उधमी तथा प्रेरक वक्ता जीम रोनके भनाई छ – “साधारण सिकाईँले तपाईँलाई बचाँउछ मात्र तर आत्मशिक्षाले तपाईँलाई एक भाग्यशाली बनाउछ ।
९) अगाडिको सोच्ने
यदि तपाईँ उधमीहरुको जस्तो सोच्न चाहनुहुन्छ भने तपाईँले लामो समयका लागि सोच्न पर्ने हुन्छ ।
प्रसिद्ध लगानीकर्ता वारेन बफेटले भनेका छन् – “कोही मानिस आज छायाँमा बसिरहेको छ किनकी कसैले धेरै समय अघि रुख रोपेको थियो ।”
एउटा सफल उधमीलाई थाहा हुन्छ कि एउटा ठूलो लक्ष्य प्राप्त गर्न लामो समय लाग्छ । यही भएर उनिहरु आफ्नो लक्ष्यबाट शुरु गर्छन्, अनि लक्ष्यका लागि काम गर्छन् । आफूले चाहेको कुराप्राप्तीको लागि काम गर्छन् । उनिहरु निरन्तर काम गर्छन योजनावद्ध तरिकाले र पुरस्कार वा प्राप्तीको लागि हतार गर्दैनन् । उनिहरुलाई थाहा छ कि कछुवाले सधै सताउछ ।
१०) आत्म स्विकार
धेरै मानिसहरु दुख गर्छन् आफ्नो आत्मलाई स्विकार गरेर । आत्म स्विकारले जब तपाईँलाई आफ्नो के मन पर्दैन यसलाई सजिलैसँग अवमूल्यन गर्न वा आफैँलाई घृणा गर्न पनि सजिलो हुन्छ । तर यदि तपाईँले सकारात्मक मानसिकता विकास गर्नुभयो भने तपाईँलाई थाहा हुन्छ कि आफूलाई सधै परिवर्तन र सुधार गर्न सकिन्छ ।
त्यहीभएर, सफल उधमीले स्विकार गर्छन आफू जस्तो भएपनि । तिनीहरु जान्दछन् म को हुँ ? र म कस्तो वन्न खोजिरहेको छु ? आफूले चाहेको जस्तो व्यक्ति वन्न निरन्तर काम गरिरहन्छन् ।
११) आत्म जागरुकता
उधमीहरु जान्दछन् कि हामीलाई थाम्ने स्वयम हामी आफू नै हो । किनभने उधमीहरु पूरा जिम्मेवार हुनुपर्छ । हामीले सधै आत्म जागरुक हुने अभ्यास गर्नुपर्छ । उधमीहरु आफ्नो सामथ्र्य र कमजोरीहरुमा गहिरो ध्यान दिन्छन् जसले छिटो सुधार गर्न र समाथ्र्यमा खेल्न अनुमति दिन्छ ।
१२) सहयोगी
ठूला उधमीहरुका लागि जुटेर काम गर्नुपर्छ भन्ने ज्ञान हुन्छ । जंक बेजोसले अमेजन एक्लै निमार्ण गरेनन् । त्यसोभए यदि तपाईँ उधमशिल सोच राख्न चाहनुहुन्छ भने म को ठाउमा हामी भन्ने सोच राख्नु पर्छ ।
एउटा भनाई छ – “यदि तपाईँ छिटो जान चाहनुहुन्छ भने एक्लै जानुहोस् । यदि तपाईँ टाढासम्म पुगन चाहनुहुन्छ भने समूहसँगै जानुहोस् ।”
सफल उधमीहरु सहयोगी भाव राख्छन् र उनीहरु कौशल नेतृत्वको अभ्यास गर्छन् ।
१३) साहसी
व्यवसाय शुरु गर्न सजिलो छैन् । प्रसिद्ध व्यवस्थापन परामर्शदाता विटर ड्रकरले भनेका छन् – “जब तपाईँ एक सफल व्यवसाय देख्नुहुन्छ तब साहसिक निर्णय लिनुहुन्छ ।”
तर यसको मतलब यो होइन कि उधमीहरु डराउदैनन् । नेल्सन मण्डेलाले भनेका छन् – “ मैले सिके कि साहस डर नहुनु होइन बरु त्यसमाथि विजय गर्नु हो ।”
१४) सहज र असहज
साहस एक आवश्यक उधमशिल मानसिकताको विशेषता हो । असुविधासँग सहज हुन सिक्ने । विकास र विस्तारको लागि तपाईँ सुविधाहरुबाट टाढा जानपनि सक्नुपर्छ । त्यसोभए, जब तपाईँ उधमशिल मानसिकता विकास गरिरहनुभएको छ भने अस्विकृति जस्ता असजिलो परिस्थितिहरुमा पनि घुलमिल हुने अभ्यास गर्नुपर्छ ।
१५) अनुकुलन योग्य
उधमीहरुसँग ठूलो लक्ष्य हुनपर्छ । यो पनि बुझ्नुपर्छ कि केही काम गर्नु अघि त्यो असजिलो हुन्छ । असजिलोको अनुभवसँगै काम गर्नभने पछि हट्नुहुँदैन् । हामीले विश्वास गर्नुपर्छ गरेपछि त्यो अवश्य पुरा हुन्छ ।
उदाहरणको लागि यदि तपाईँको पहिलो उत्पादन असफल भयो भने अर्को प्रयास गर्नुहोस । लक्ष्य प्राप्तको अवस्थासम्म प्रयास गर्नुहोस् । 
१६) समस्या सुधार
उधमीहरु समस्यामा पर्दा आँफै त्यसको हल गर्न खोज्ने प्रयास गर्छन् । यदि तपाईँ यसको बारेमा सोच्नुहुन्छ भने यो प्रत्येक व्यवसायको सार हो । उदाहरणको लागि प्लम्बरले टुटेको पाइपहरु ठिक गर्छ ।
यदि हामीले राम्रो विचारको बारेमा सोच्न कोशिश गर्यौभने विस्तारै राम्रो हुनेछ । आफ्नो जीवनको समस्या समाधान हामी आँफैले खोज्नुपर्दछ ।
¬१७) लचिलो र कठोर
लचिलो र कठोर भनेको अधमशील मानसिकताको महत्पूर्ण भाग हो । उधमीहरु आँफैप्रति प्रेरित हुन्छन र उनीहरु आफ्नो लक्ष्यमा लागेका हुन्छन् । उनीहरु धेरै काम गर्छन् र त्यसैमा रमाउछन् । यसरी रमाउछन कि मानौँ उनीहरुले नै जित्नेछन् ।
सफल उधमी र्माक कुबनले भनेका छन् –“पैसा वा कुनै सम्बन्धको कुरा हैन, कर्म र इच्छा हो व्यवसाय ।”
जब काम जटिल वा उच्च हुँदै जान्छ, उनीहरु झन लागि पर्छन । तर कहिल्यै हार मान्दैनन् ।
फोर्ड मोटरका संस्थापक हेनरी फोर्डले भनेका छन् – “जब सबै कुरा तपाईँको विरुद्धमा भइरहेको देखिन्छ याद गर्नुहोस कि हवाइजाहज पनि हावाको विरुद्धमा जान्छ ।”
१८) लक्ष्यमा ध्यान
सफल उधमीहरुको ध्यान आफ्नो लक्ष्यमा मात्र हुन्छ । उनीहरु लक्ष्य केन्द्रीत हुन्छन, कहिल्यै यताउता दिमाग लगाउदैनन् । आफ्नो महत्वपूर्ण काम गरिरहन्छन् ।
आँफैलाईँ एकपटक सोध्नुहोस्, के यो कामले मलाईँ मेरो लक्ष्यसम्म पूर्याउछ ? यदि उतर हो भन्ने आयो भने फेरि सोध्नुहोस, के यो काम अहिले गर्न महत्वपूर्ण छ ?
१९) काम केन्द्रीत
उधमीहरुलाई पार्टीमा जान, फिलिम हेर्न वा मनोरञ्जनमा जान मन लाग्छ । तर उनिहरु आफ्नो व्यवसाय र कामबाट पर हट्दैनन् । उधमीहरु सोच्दछन् – “काम विनाको शिक्षा स्वादहीन हो ।”
वाल्ट डिज्नेको भनाई छ – “सुरु गर्नेका लागि पहिलो शर्त भनेकै कुरामात्र गर्न छाडेर काम गर्नु हो ।”
२०) निर्णाकय
सही र ठिक समयमा निर्णय लिनु जति महत्वपूर्ण हुन्छ त्यति नै महत्पूर्ण निर्णय लिईसकेपछि त्यसको कार्यन्वयनको लागि इमान्दारिता पूर्वक काम गर्नु । भनिन्छ, खराब पृष्ठ सम्पादन गर्न सकिन्छ तर खाली पृष्ठ सम्पादन गर्न सकिदैन् ।
त्यसैले, निर्णयकताको अभ्यास गर्नुहोस । उदाहरणको लागि यदि तपाईँ होटलमा हुनुहुन्छ भने एकपल्ट मेनु हेर्नुहोस, निर्णय गर्नुहोस र विश्वासका साथ मात्र अर्डर गर्नुहोस् ।
अन्त्यमा,
हामीसँग उधमी मानसिकता छ भने यसले हामीलाई सोच्न, काम गर्न र सफलताको आदार गर्न सिकाउछ ।
अब तपाईँले उधमी मानसिकता निमार्ण गर्न सक्नुहुन्छ । फेरि संक्षेपमा राखिएको छ उधमी मानसिकता बनाउन सहयोग गर्ने बुँदाहरु ।
१) स्वतन्त्र
२) जिम्मेवारी
३) प्रचुर मात्रामा
४) लक्ष्य उन्मुख
५) असफलतासँग नडराउनु
६) वृद्धि उन्मुख
७) प्रतिक्रियाको खोजी
८) अध्ययन वृद्धि
९) अगाडिको सोच्ने
१०) आत्म स्विकार
११) आत्म जागरुकता
१२) सहयोगी
१३) साहसी
१४ सहज र असहज
१५) अनुकुलन योग्य
१६) समस्या सुधार
१७) लचिलो र कठोर
१८) ध्यान
१९) काम केन्द्रीत
२०) निर्णायक

Featured News

Advertisement