मंगलवार ३, जेष्ठ २०७९ Tue,17 May 2022

सर्वाधिकार सुरक्षित

जयलक्ष्मी दीप टोलविकासको भवन शिलान्यास , राजकुमार गिरीद्वारा ४० लाखको जग्गा प्रदान ।



19:07 शनिबार ७ , फाल्गुन २०७८

२०७८ फागुन ७ गते, इटहरी ।

जयलक्ष्मी दीप टोलविकास संस्थाको कार्यालय भवनको आज शिलान्यास गरिएको छ । इटहरी-१७ को उक्त टोलविकास संस्थाको भवन निमाणर्को लागि राजनीतिकर्मी तथा समाजसेवी राजकुमार गिरीले करिब ४० लाख मूल्य बराबरको पौने दश धुर जग्गा प्रदान गर्नुभएको छ ।
आफ्ना बुबा जय, आमा लक्ष्मी र छोरा दीपको स्मृतिमा उक्त जग्गा टोलविकास संस्थालाई भवन निमाणर्को लागि प्रदान गरिएको गिरीले जानकारी दिनुभयो ।
आज एक विशेष कार्यक्रम गरी भवनको शिलान्यास गरिएको हो । गिरीको प्रमुख आतिथ्यमा गरिएको शिलान्यास कार्यक्रममा दिइएको जानकारी अनुसार एकबर्ष भित्रमा भवन निमाणर् कार्य सम्पन्न गरिने छ । ३५ लाख लागतमा पहिलो चरणमा एक तला भवन निमाणर् गरिने र त्यसपछि क्रमश थप्दै तीन तला निमाणर् गर्ने जनाइएको छ । भवन निमाणर्को लागि जनस्तरबाटै रकम संकलन गरिने जनाइएको छ ।
भवन निमाणर् पछि स्थानिय तहमा विविध कार्यक्रम गर्न सहज हुने संस्थाकी उपाध्यक्ष तारा थापाले विश्वास व्यक्त गर्नुभयो ।


संस्थाकी उपाध्यक्ष तारा थापाको अध्यक्षतामा भएको कार्यक्रममा परिवर्तन आमा समूहकी अध्यक्ष गोमा गिरी, दपणर् यूवा क्लवका सचिव यूवराज काफ्ले, जनमार्ग टोलविकास संस्थाका अध्यक्ष भरत थापा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । आमा समूहको तर्फबाट १ लाख रुपैया भवन निमाणर्को लागि सहयोग गर्ने अध्यक्ष गोमा गिरीले घोषणा गर्नुभएको थियो ।
संस्थाका सहसविच खिलाराज सुवेदीले स्वागत मन्तव्य र सचिव रुपेश भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
विशेष अतिथिका रुपमा मोरङ जिल्ला अदालतका न्यायधिश मनोज केसी रहनुभएको थियो । भवन शिलान्यस कार्याक्रममा टोलवासीहरुको वाक्लो उपस्थिती रहेको थियो ।

Featured News

Advertisement