प्रेस चौतारी बराहक्षेत्र नगर कमिटीको अक्ष्यक्षमा लक्ष्मण कटुवाल ।
19:50
शनिबार
७ ,
फाल्गुन
२०७८
NepalBit
189
२०७८ फागुन ७ गते, बराहक्षेत्र ।
प्रेस चौतारी नेपाल बराहक्षेत्र नगर कमिटीको अक्ष्यक्षमा लक्ष्मण कटुवाल चयन हुनुभएको छ । आज सम्पन्न बराहक्षेत्र नगर कमिटीको तेस्रो अधिवेशनले कटुवाललाई अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा राजन घिमिरे र गंगाकुमारी घट्टराई, सचिवमा सुदन गुरागाईँ, सह-सचिवमा कमल खड्का, समावेशी सह-सचिवमा भुमिका रसाइली, कोषाध्यक्षमा आदेश गौतमलाई चयन गरेको छ ।
सदस्यहरुमा खड्ग लिम्बू, हरिबहादुर बस्नेत, सृजना थापा, रमेश थापा, रेणुका घिमिरे र विश्व थुलुङ राई सर्वसम्मत चयन हुनुभएको छ ।