मंगलवार ३, जेष्ठ २०७९ Tue,17 May 2022

सर्वाधिकार सुरक्षित

यी हुन माओवादी केन्द्रबाट धरानमा मेयरको उमेद्वार,एक्लै जित्ने दाबी



22:08 शुक्रबार २५ , चैत्र २०७८

सुनसरी / वैशाख ३० गते स्थानीय निर्वाचन हुने भए पछि यति बेला चुनावी माहोल तातेको छ । स्थानीय तहमा सबै पाटीहरू आफ्नो सङ्गठन सुदृढ बनाउन लागी रहेका छन् । यसै बिचमा माओवादी केन्द्र धरान उपमहानगर समितिको गतिविधि पनि तीव्र चलिरहेको छ । पाटीका नेता टोल टोलमा पाटी पुनर्गठन वाड भेला दिनहुँ राख्दै आएका छन् । माओवादी केन्द्रबाट उमेद्वारको आकाङ्क्षी पनि धेरै रहेका छन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सुनसरीको धरान उपमहानगरपालिकामा तीन जनाले नगरप्रमुख पदमा दाबी गर्दै आएको बुझिएको छ । निर्वाचनमा २०७४ मा मेयर पदमा भिडेका आइन्द्रबिक्रम बेघा पार्टीले पठाए पुन निर्वाचन लड्ने बताउँदै २०७९ वैशाख ३० गते घोषित स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले धरानमा विजय गर्ने दाबी गर्दै आएका छन ।

बेघासँगै पार्टीका अर्का नेता अशोक राई र खगेन्द्र श्रेष्ठको नगरप्रमुख पदमा दाबी रहेको बुझिएको छ । पार्टी भित्र छलफल गरी उपमहानगरपालिकाबाट बेघा, राईसँगै आफ्नो नाम पठाउने खगेन्द्र श्रेष्ठले जानकारी दिए । एमाले बिभाजन भएको र धरानमा काग्रेस आन्तरिक किचलो लगायतको कारणले माओवादीले निर्वाचन जित्ने अवस्थामा रहेको श्रेष्ठ बताए  ।

धरानमा २०७४ सालको निर्वाचनमा एमालेका तारा सुब्बाले नगर प्रमुख विजय हुँदा प्राप्त मतसंख्याको आधारमा नेपाली काँग्रेसको तिलक राई दोस्रो र माओवादी केन्द्रका आइन्द्रबिक्रम बेघा तेस्रो भएका थिए । मेयर तारा सुब्बाको मृत्युपछि भएको उपनिर्वाचनमा माओवादीसँग मिलेर उठेका तिलक राईले एमालेका प्रकाश राईलाई पराजित गरेका थिए ।

अघिल्लो निर्वाचनमा धरानमा २० वडामा एमालेले १४, काँग्रेसले ५ र माओवादी केन्द्रले एउटा वडा जितेको थियो ।

Featured News

Advertisement