मंगलवार ३, जेष्ठ २०७९ Tue,17 May 2022

सर्वाधिकार सुरक्षित

एमालेको लाल किल्ला भत्काउने नेपाली काँग्रेसलाई समेत चुनौती दिँदै धरानमा खगेन्द्र श्रेष्ठको मेयर पदमा दाबी



00:05 मंगलवार २९ , चैत्र २०७८

सुनसरी / वैशाख ३० गते स्थानीय निर्वाचन हुने भए पछि यति बेला चुनावी माहोल तातेको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सुनसरी लगायतका देशभरिका स्थानीय तहमा चुनावको चटारो बढेको छ । यसै बिचमा माओवादी केन्द्र धरान उपमहानगर समितिको गतिविधि पनि तीव्र चलिरहेको छ । सबैतिर चुनावी चटारो बढिरहँदा विभिन्न दलहरूबाट विभिन्न व्यक्तिहरू आफ्ना दाबी पेस गर्न भने पछि  हटेको छैन । 

धरान उपमहानगरपालिकामा एमालेको लाल किल्ला भत्काउने नेपाली काँग्रेसलाई समेत चुनौती दिँदै नेकपा माओवादी केन्द्रबाट खगेन्द्र श्रेष्ठले धरान उपमहानगरको मेयर पदमा दाबी गर्दै आफ्ना आधारहरू प्रस्तुत गरेको छन् ।

पार्टी भित्र धरान उपमहानगरबाट आफू नै पहिलो नम्बरमा आउने बताएका श्रेष्ठले यस पटक माओवादी पार्टीले आफूलाई नै टिकट दिने भन्दै चुनावी अभियानमा समेत होमिएका छन् । आफ्ना दाबीहरू प्रस्तुत गर्दै उनले आफू मेयरमा पदमा जिते जनप्रतिनिधिहरूले प्राप्त गर्ने सेवा सुविधामा पनि पुनर्विचार गर्ने र आफू ठुलठुला महँगो गाडी नचढी सिटी सफारी चढ्ने उनले बताएका छन् । 

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा समेत आफ्ना तर्कहरू प्रस्तुत गर्दे उनले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सहरका रूपमा रहेको धरानलाई स्मार्ट सिटी सहरको रूपमा विकास गर्ने  आफ्नो योजना रहेको बताएका छन् । 

एमालेसँगको एकता र विभाजनपछि माओवादी केन्द्रको सङ्गठन व्यापक विस्तार भएको बेला माओवादीको प्राप्त उपलब्धि गुम्ने खतरा भइरहको र यस प्रति उनी सचेत रहेको बताएका छन् ।

२०७४ सालको निर्वाचनमा एमालेका तारा सुब्बा विजयी हुँदा मतसंख्याको आधारमा नेपाली कांग्रेसका तिलक राई दोस्रो र माओवादी केन्द्रका आइन्द्रबिक्रम बेघा तेस्रो भएका थिए । मेयर सुब्बाको निधन पछिको उपनिर्वाचनमा माओवादीसँग मिलेर उठेका तिलक राईले एमालेका प्रकाश राईलाई पराजित गरेका थिए ।

२०५८ साल देखी आफ्नो राजनीति जीवन सुरु गरेका श्रेष्ठ हाल प्रदेश नं १ प्रँदेशिक मामिला विभाग सचिव रहेका छन्

Featured News

Advertisement