मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु
12:01
सोमबार
२३ ,
जेष्ठ
२०७९
NepalBit
460
मोरङ / मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका १ हटिया डाँडास्थित आमबारी–कुटुमगञ्ज सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ४ प ४५५१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक सुनवर्षी नगरपालिका ९ का अन्दाजी २५ वर्षीय राजकुमार शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि रङ्गेली अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । मोटरसाइकलको पछाडि सवार भारत अररिया कुसाकट्टाका अन्दाजी २२ वर्षीय किसन कुमजार कामत घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।