बुधबार ८, माघ २०८२ Wed,21 Jan 2026

सर्वाधिकार सुरक्षित

एक लाख ४६ हजारभन्दा बढी नयाँ मतदाता



21:26 शुक्रबार २२ , कार्तिक २०८२

कात्तिक २१ गते, काठमाडौँ।
निर्वाचन आयोग नेपालले नयाँ मतदाता दर्ता विवरण सार्वजनिक गरेको छ। आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २०८२ साल कात्तिक २१ गतेसम्म देशभरका १ लाख ४६ हजार ६५७ जना नागरिकले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराएका छन्।

आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार, तीमध्ये ८७ हजार ९७४ जना पुरुष, ५८ हजार ६६३ जना महिला, र २० जना अन्य रहेका छन्।

केवल कात्तिक २१ गते एकै दिनमै पनि १० हजार ५९३ जना नयाँ मतदाता थपिएका छन्। जसमध्ये ६ हजार १०७ पुरुष, ४ हजार ४८४ महिला र २ जना अन्य रहेको आयोगले जनाएको छ।

प्रवक्ता भट्टराईका अनुसार, “मतदाता नामावली अद्यावधिक र पारदर्शी बनाउने उद्देश्यले आयोगले नियमित रूपमा तथ्यांक सार्वजनिक गर्दै आएको छ।”

आयोगले हाल देशभर मतदाता दर्ता प्रक्रिया भौतिक रूपमा आफ्ना कार्यालयहरूमा र अनलाइनमार्फत समेत सञ्चालन गरेको जनाएको छ।

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान अधिकार प्रयोग गर्न चाहने नागरिकले फागुन २१ गतेअघि अनिवार्य रूपमा मतदाता नामावलीमा नाम दर्ता गराउनुपर्नेछ।

नयाँ मतदाता नामावली संकलनको समयसीमा कात्तिक ३० गतेसम्म कायम गरिएको आयोगले जनाएको छ।

Featured News

Advertisement