सोमबार १८, मंसिर २०८० Mon,04 Dec 2023

सर्वाधिकार सुरक्षित

अयोग्य लडाकुको प्रेम कथा – ‘सन्ध्या’



09:08 मंगलवार १३ , माघ २०७७

माघ ९ गतेदेखि बिराटनगर आरोहण गुरुकुलमा मञ्चन हुँदै आएको नाटक ‘सन्ध्या’ आज १३ गतेसम्म मञ्चन हुनेछ । 
‘सन्ध्या’ को बिषयमा नाटकका निर्देशक दिपेश भण्डारीसँग नेपालबीटका लागि हाम्रा संवाददाता अविशेक खतिवडाले छोटो कुराकानी गर्नुभएको छ ।

१. ‘सन्ध्या’ नाटक के कस्तो विषय वस्तुमा आधारित नाटक हो ?
यो एउटा बर्हिगमनमा परेको अयोग्य लडाकुको प्रेम कथामा आधारित नाटक हो । यसमा एउटा व्यक्तिलाई जनयुद्धकालिन घटनाहरुले कस्तो किसिमको प्रभाव पार्न सक्छ भन्ने कुराको चित्रण गर्न खोजिएको छ ।
२. यस ‘सन्ध्या’ नाटकले दर्शकहरुलाई दिन खोजेको मुख्य सन्देश चै के हो ?                                                                                                           
अब यो नाटकले यस्तो किसिमको सन्देश दिइएको छ है भनेर मैले यसै भन्न सक्ने अवस्था छैन । किनभने अब यसलाई दर्शकले कुन रुपमा हेर्न रुचाउनु हुन्छ त्यसमा भर पर्ने कुरा हो । खासमा भन्नु नै पर्ने हो भने यस नाटकले हाम्रो देशमा भएको १० वर्षे जनयुद्धका मुद्दाहरुलाई उठान गरेको छ । जनयुद्धको कारणले एउटा व्यक्तिको जिवनमा कस्तो किसिमको हलचल मचाउन सक्छ भन्ने कुराको जानकारी गराउँदछ ।
३. दुई वर्षअघि नै मञ्चित यस नाटक फेरि किन मञ्चन गरिनुपर्ने भयो ?
माघ १ बाट देशैभरका सम्पुर्ण नाटक घरहरु एक साथ खुल्ने घोषण भएको थियो । र हाम्रो मुख्य उद्धेश्य पनि त्यसैमा केन्दि«त भएको कारणले गर्दा छोटो समयमा नयाँ कथावस्तुमा नाटक तयार पारेर देखाउन असम्भव भएकोले गर्दा पनि हामीले सन्ध्यालाई नै मञ्चन गर्न बाध्य भएका हौँ ।
४. तपाईँले अघि भन्दै गर्दा जुन जनयुद्धको घटनामा आधारित छ भनेर भन्नुभयो । के यो समयमा यस नाटक मञ्चन उचित थियो त ?
तपाईँले एकदमै राम्रो प्रश्न गर्नुभयो र मलाई एकदमै खुसि लागेको छ । अब यो समयमा किन भन्नुपर्दा खेरी जनआन्दोलनका जति पनि मुद्दाहरु थिए, त्यो अहिलेसम्म सम्बोधन हुन सकेको छैन । यदि सम्बोधन भएका मुद्दाहरु रहेछन् भने पनि पुर्ण रुपमा कार्यान्वयनको अवस्थामा आइसकेको छैन । त्यसैले कतिपय लडाकुहरु आफ्ना माग पुरा नभएकोले आन्दोलन गर्न बाध्य छन् । त्यसकारण अहिलेसम्म पनि यो विषयवस्तु समय सान्र्दभिक नै रहेका कारण नाटक मञ्चन गर्नुको परेको हो ।
५. तुलनात्मक रुपमा कोभिड अगाडि र पछाडि दर्शकहरुको उपस्थिति कस्तो पाउनु भएको छ त ?
हाम्रो यहाँ अहिले २०० देखि २२५ सम्मको सिट क्षमता रहेको छ । तर (कोभिड–१९) का कारण हामीले त्यसलाई छोटयाएर करिब १०० मात्र सिट संख्या बनाएका छौँ । त्यो भएकोले पनि तेस्रो दिनसम्म हेर्ने हो भने सहभागिता उल्लेखनिय नै रहेको छ । पहिले २०० जना हुदा पनि हाउसफुल हुन्थ्यो भने अहिले १०० जना हुदा पनि हाउस फुल नै भएको हुन्छ ।
६. आजसम्म नाटक हेरेर दर्शकहरुले चै के प्रतिक्रियाहरु दिइदै आउनु भएको छ त ?
दर्शकहरुले नाटकलाई हेरेर राम्रो प्रतिक्रया दिइदै आउनु भएको छ । धैरै लामो समयपछि नाटकघर खुलेकोले पनि होला दर्शकहरु निकै उत्साहित पनि देखिनु हुन्छ । हामीले पनि नाटक मञ्चन गर्न पाएका छौँ, त्यो खुसीको कुरा हो । दर्शकहरुले त अझ आफुलाई कथावस्तुले मन छोएको र नाटकलाई रेगुलर रुपमा लैजानुपर्ने सल्लाह सुझाव समेत दिनुभएको छ ।
७. यो नाटक १३ गते भन्दा पनिपछि सम्म लम्बिने सम्भावना कतिको छ ?
लम्बिने सम्भावना भने चै छैन नै भन्नुपर्छ ।
८. अब यस गुरुकुलका भावियोजनाहरु चै के–के हुन सक्छन् । समग्रमा भनिदिनुहोस् न त ?
काव्यारोहण भन्ने आरोहण कविता यात्रा गत चैत्रमा गर्ने भनिएता पनि कोरोना भाइरसको कारण रोकिएको थियो । त्यो पनि यही चैत्रदेखि शुरु हुनेछ । असार महिनासम्म ३ वटा नाटक र एउटा विद्यालय नाटक महोत्सव गर्ने योजना छ । यो भने प्रत्यक महिनाको पहिलो शनिवार मञ्चन हुनेछ ।

Featured News

Advertisement