बिहीबार २०, बैशाख २०८१ Thu,02 May 2024

सर्वाधिकार सुरक्षित

“आफ्नो राष्ट्रिय भाषा बोल्न नपाउने नियम बनाउनेहरु अराष्ट्रिय तत्व हुन ।” – लेखनाथ घिमिरे



19:22 मंगलवार ४ , फाल्गुन २०७७
  • जीवन निरौला

शिक्षण एक कला हो । हाम्रो संस्कृतिमा शिक्षकलाई गुरुको दर्जा दिइन्छ । सफल तथा सभ्य मानव समाज निमार्णमा पहिलो मुख्य भूमिका शिक्षकको नै हुन्छ । समाजमा विद्यार्थीलाई नयाँ आयाम र भविष्यको नक्सा कोर्न सहयोग गर्न धेरै शिक्षकहरु समर्पित हुनुहुन्छ । यस्ता कर्मठ शिक्षकहरु मध्येको एक नाम हो –  लेखनाथ घिमिरे ।
वि.सं. २००२ साल माघ २० गते ताप्लेजुङको साघु गा.वि.स – ८, ताम्राङ्ममा परिवारको कान्छो छोरोको रुपमा जन्मनुभएको हो । मध्यम वर्गिय परिवारमा जन्मनुभएको घिमिरेले बाल्यकालमा खासै दुख भोग्नु परेन । पछ्यौटे मान्छे नभएपनि त्यतिखेरको समाजको चलन र अहिलेको जस्तो प्रविधि नभएका कारण घिमिरेले पाटीमा र भालुबाँसको खप्टामा बाँसको डिकले लेखेर अक्षराम्भ गर्नुभएको हो ।
वहाँको शिक्षण पेशाको शुरुवात वि.सं. २०२६ सालमा पिण्डेश्वरबाट शास्त्रि उत्तीर्ण गरेपछि बौकाको सरस्वती निमाविबाट भएको हो । सरस्वती निमाविपछि घिमिरेले जनता मा.वि मा अस्थाई शिक्षका रुपमा अध्यापन गराउनुभयो । जनता मा.वि पछाडी उहाँले मधुमल्लाको मनरो जनता विद्यालयमा अध्यापन गराउनु भयो । 
अध्यापन शैलीको कारण विद्यार्थी र अभिभावक माँझ वहाँले निकै लोकप्रियता हाँसिल गर्नुभएको थियो । आफूँले अध्यापन गरेको विद्यालयका विद्यार्थीहरु सतप्रतिशत उत्तीर्ण हुँदा खुसीले हृदय गद्गद् हुने कुरा वहाँ बताउँनुहुन्छ । 
मधुमल्लाबाट वहाँको सरुवा खनारको शारदा मा.वि मा भयो । शारदामा डेढवर्ष पढाएपछि फेरि सुनसरी प्रकाशपुरको प्रकाश मा.वि मा सरुवा भयो । जागिरको सरुवाले विश्राम लिएन । प्रकाशपुरबाट इनरुवाको भगवती मा.वि मा पुग्नुभयो । त्यहाँ १२ वर्ष कार्यरत रही जनता मा.वि. इटहरीमा आइपुग्नुभयो ।
शिक्षणको लामो समय अवधि बितिसकेको थियो । वहाँलाई लाग्न थालेछ एउटा नीजि शैक्षिक संस्था सञ्चालन गर्नुपर्छ । नीजी शैक्षिक संस्था खोल्ने सपनाको साकार रुप विश्व आदर्श कलेजमा देखियो । कलेज स्थापना गरिसकेपछि यसैमा पूर्णकालिन हुन वि.सं. २०५८ सालमा सरकारी शिक्षकको जागिरबाट वहाँले राजिनामा दिनुभयो । लामोसमय विश्व आदर्श कलेजमा प्रिन्सिपल भएर सक्रिय रुपमा काम गर्नुभयो । अहिले विश्व आर्दश कलेजको अध्यक्ष रहनुभएको छ । 

घिमिरेले आफ्नो ३३ वर्षिय कार्यकालमा शिक्षा क्षेत्रमा ठूलो योगदान पूर्याउनुभएको छ । वहाँ भन्नुहुन्छ – “कसैको पनि कामको मूल्याङ्कन समाजले गर्छ । समाजबाट मैले सम्मान नै पाएको छु ।”
घिमिरे भन्नुहुन्छ – “शिक्षण पेशाको लागि मात्र नभएर गुणस्तरिय शिक्षा प्रदान गर्न हुनुपर्छ । विद्यालयले लिने शुल्क भन्दा पनि विद्यालयले दिने गुणस्तरिय शिक्षामा प्रतिस्पर्धा र तुलना गर्नुपर्ने हुन्छ ।”
वहाँको बिचारमा हामी सबैले विधार्थीहरुलाई नेपालमै पढ्न आकर्षित गर्नुपर्छ । 
धरैजसो अंग्रेजी नीजि विद्यालयमा नेपाली भाषा वोल्न प्रतिवन्द लगाइएको हुन्छ । यदि वोलिहालेमा नगद जरिवाना तिर्नुपर्छ । यसबिषयमा लेखनाथ घिमिरे भन्नुहुन्छ – “आफ्नो राष्ट्रिय भाषा बोल्न नपाउने नियम बनाउनेहरु अराष्ट्रिय तत्व हुन ।” 
वहाँको बिचारमा विद्यालयमा योग तथा जडिबुटी बारेको शिक्षा दिनुपर्ने र उक्त शिक्षालाई नै जरिबुटी उत्पादन गर्न लगाएर गर्नुपर्नेमा जोडदिनुहुन्छ । उहाँ विद्यार्थीलाई पर्वतारोहणका साथसाथै अन्य व्यवहारिक शिक्षामा आवद्ध गराउनु पर्नेमा जोडदिनुहुन्छ ।
विद्यालय सञ्चालन र शिक्षण दुबै कार्यमा ज्ञान हाँसिल गर्नुभएको घिमिरे आफ्नो भागमा परेको जिम्मेवारी आफुँले इमान्दारीतापुर्वक निर्वाह गर्ने बताउनुहुन्छ । वहाँ भन्नुहुन्छ – “विद्यार्थीलाई कसरी अब्बल बनाउन सकिन्छ भन्ने कुरामा शिक्षकले चिन्तन गर्नु आवश्यक छ ।”
साहित्यिक क्षेत्रमा पनि वहाँले नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै आउनुभएको छ । मोदनाथ प्रश्रित प्रतिष्ठान पुर्वकोशी र अच्छा राई रसिक प्रतिष्ठानको नेतृत्व गरिरहनुभएको छ । मनोहर अभिव्यक्ति, मकरन्ध, भगवती वन्दना जस्ता कृतिहरु प्रकाशित भएका छन् । वहाँको सम्पादनमा व्यक्ति तथा विषय केन्द्रित विशेषाङ्क पत्रिकाहरु प्रकाशित रहेका छन् ।
घिमिरे अबका दिनमा पनि परोपकारी सामाजिक काम गर्ने र भित्री आन्नदमा रमाउने योजनामा हुनुहुन्छ । वहाँले भन्नुभयो – “सम्पुर्णको कल्याण होस्, कोही दुःखी नरहुन् भन्ने मेरो सधै कामना छ ।”
                                              
 

Featured News

Advertisement