मंगलवार ५, आश्विन २०७८ Tue,21 Sep 2021

सर्वाधिकार सुरक्षित

बुद्ध, माक्र्स र फ्रायडका चार आर्य सत्य



03:22 शुक्रबार ९ , जेष्ठ २०७७

 


स्वामीआनन्द अरुण

जीवनको गहनअवलोकनतथाविश्लेषणपछि बुद्धले चार आर्य सत्यको उद्घोष गर्नुभयो ।
तीहुन् — १) जीवनदुखहो । २) दुखको कारण छ । ३) दुखनिवारणका उपाय छन् । र ४) दुखमुक्तिको स्थिति छ ।
बुद्धले देख्नुभयो किमिलनमा विछोड छ, जीवनमा मृत्यु छ । सबै जय पराजयमा, सबै सफलताअसफलतामा परिणत हुन्छन् । यसै कारणले उहाँले जीवनलाई दुखभन्नुभयो , तृष्णालाई यसको कारण मान्नुभयो । बुद्धले दुखबाट मुक्तिको उपाय सम्यक् जीवन देख्नुभयो, आष्टाङ्गिकमार्गमा देख्नुभयो । यसैलाई शिवपुरी बाबाले ‘राईट लाईफ’, कृष्णमूर्तिले ‘च्वाएसलेस अवेरनेस’ तथाओशोले ‘होसपूर्ण जीवन’भन्नुभयो । दुखबाटमुक्तिको अवस्थालाई बुद्धले ‘निवार्ण’ भन्नुभयो । अन्य द्रष्टाहरुले यसलाई ‘समाधि’, ‘भगवत् साक्षात्कार’ इत्यादिभनेका छन् ।
आधुनिकयुगकाचिन्तकहरुले पनिकुनै न कुनै रुपमा यिनै सत्यहरुलाई मानेको देखिन्छ । १९ औं शताव्दीका समाजशास्त्रकामहान् वैज्ञानिक तथाचिन्तककार्ल माक्स पनि बुद्धको पहिलो आर्य सत्य ‘जीवनदुखहो’ सँग सहमत देखिन्छन् तर उनले दुखको कारण भौतिकवादी प्रणालीले पैदा गरेको सामाजिकअसमानतालाई माने । त्यस दुखबाट मुक्तिको उपायको रुपमाउनले एन्जिल्स्सँग मिलेर कम्युनिष्ट मेनिफेस्टो प्रस्तुल गरे र दुखमुक्तिको स्थितिको परिकल्पनाआफ्नै युटोपियामाआधारित पूर्ण वर्गविहिन, शासकतथा शासितबाट मुक्तशोषणरहित समाजको परिकल्पना गरे ।
बीसौं शताब्दीकामहान् मनोवैज्ञानिक तथाचिन्तक सिगमण्ड फ्रायडले पनिआफ्नै ढंगले यहीचार सत्यलाई अंगीकार गरेको देखिन्छ । फ्रायडले पनिभने — ‘ मानिसहरु दुखी छन् र सुखीतथामानसिकरुपले स्वस्थमानिस पाउनगाह्रो छ । ’दुखको कारण उनले मानवीय नैसर्गिक वृतिको अस्वीकारलाई माने । विशेषगरी काम इच्छाको दमनलाई । फ्रायडको विश्लेषणमा मनुष्यको विक्षिप्तता र सन्तापको मूलकारण आहार, निद्रा, मैथुन जस्ता मौलिक वृतिहरुको दमनहो । उनले निवारणको उपायमामनोविश्लेषणलाई लिएतथाकामसंवेगको स्वीकृतिको वकालत गरे ।
कार्लमाक्र्स र सिग्मण्ड फ्रायड यस युगकामहान् क्रान्तिकारी चिन्तकतथा बुद्धजस्तै वैज्ञानिक विश्लेषक हुन् । प्रथमदुई आर्य सत्य ‘जीवनदुखहो’ र ‘दुखको कारण छ’ मायीतीनै चिन्तकएकमतभएपनिदुखको कारण के हो ?दुखनिरोधको उपाय के हो ? र दुखमुक्तिको स्थिति के हो ?यसमातीनैको मतभिन्नता देखिन्छ ।
बुद्ध तृष्णालाई दुखको कारण मान्नुहुन्छ, तृष्णामुक्तिका लागि प्रज्ञा, शील, समाधिलाई उपायका रुपमा लिनुहुन्छ र निर्वाणलाई दुखमुक्तिको स्थिति ठान्नुहुन्छ ।
सिग्मण्ड फ्रायडले मानवीय नैसर्गिक वृतिको अस्वीकार विशेषगरी काम इच्छाको दमनलाई दुखको मूलकारण, मनोविश्लेषणलाई दुखमुक्तिको उपाय र सबै प्रकारको नैसर्गिक वृतिलाई स्वीकृत गर्ने स्वस्थ समाजलाई दुखमुक्तिको स्थिति माने । कार्ल माक्र्सले शोषणलाई दुखको कारण, वर्ग संघर्षलाई दुखमुक्तिको उपाय र सर्वहाराको अधिनायकवादलाई सबै किसिमको दुखमुक्तिको स्थिति मानेका छन् ।
यीतीनै दर्शनकाअनुयायीबौद्ध, माक्र्सवादीतथा फ्रायडवादीहरुले आ—आफ्नो ढंगले दुखनिवारणको प्रयास गरेका छन् । यस अर्थमाउनीहरुलाई समाजकाशुभचिन्तक र कल्याणमित्र मान्न सकिन्छ तर यीदर्शनहरुको अतिप्रयोग भएको क्षेत्रमापनिदुखको निवारण भएको देखिदैन ।
तिब्बतमा सयौं बर्षसम्म बुद्धधर्मको गहनप्रयोग गरिएको थियो । पूरै राज्य र राज्य संयन्त्र बुद्धधर्ममा समर्पित थियो तर त्यहाँपनिधर्मको नाममाव्यापकशोषण भयो । पोताला दरबार र गुम्बाहरु धनीहुँदै गए, गरिब किसानअझगरिब हुँदै गए । आधुनिकता, विज्ञान र विकासलाई धर्मले अँगाल्न सकेन । धर्मकानाममा मुठीभर धर्म गुरुहरुले विलासितापूर्ण जीवनबिताए तर विशालजनसमुदायउपेक्षित नै रह्यो । त्यहाँपनिमनुष्यको अन्त्यभएन ।अर्कोतर्फ शील, समाधि र ध्यानको नियमितप्रयोग गर्ने व्यक्तिहरुको विवेकमाकुनै प्रखरतापाइएन । दुनियाँको तेस्रो ठूलो धर्म भएतापनिआजसम्म विज्ञान, कला, प्रविधि, अर्थशास्त्रवा समाजशास्त्रमाबौद्धहरुको कुनै मौलिकउपलब्धि देखिएन ।
फ्रायडको चिन्तन समेतको प्रभावमापश्चिममाखुला यौनको प्रचार भयो । विगतपचास बर्षमाकामदमनको विरोधमानिकै कामउच्छृङखलता बढेको छ । जुन—जुन देशमाजति—जतिकामस्वतन्त्रताआयो त्यहाँत्यति नै विकृति बढेको देखिन्छ । यहाँसम्मकिपश्चिमी देशमा समलैंगिकविवाहले समेत कानुनीमान्यतापाउनथालेको छ । असंख्य स्कुले छात्रामा बालगर्भधारण तथागर्भपतन सामान्यहुनथाल्यो । कला, संगीत, नृत्यजस्ताविविध सांस्कृतिकविधामा विशुद्ध नग्नताले प्रतिष्ठा पायो । बर्षौदेखि मनोविश्लेषण र यौनस्वतन्त्रताको अतिप्रचार भएपनि स्वस्थमनुष्यकहीं भेटिएन । फ्रायडको दर्शन पनि अपूर्ण देखियो ।
रुस, चीन र पूर्वी युरोपमा धेरै बर्षसम्म साम्यवादको कठोर प्रयोग गरिए पनिअन्ततःयसले समाधानदिननसकेर चीनलगायतका केही देश बाहेक बाँकी देशहरुमा साम्यवादको पतनभयो । अरु सबै साम्यवादीहरुलाई संशोधनवादीभन्ने चीनले हालआएर गरेको सैद्धान्तिक संशोधनमा ‘सर्वहाराको अधिनयाकवाद’को अंशपनि भेटिदैन । धार्मिक व्यक्तिहरुले कल्पना गरेको रामराज्यको जस्तै साम्यवादी रामराज्यकहीं पनियथार्थमा परिणत हुन सकेन । यो हुननसकनुमाशायदमाक्र्सको विश्लेषणमा दुखको कारण र त्यसको निवारणको उपायमा केहीकमीकमजोरी हुनसक्छ । ओशो साम्यवादलाई ‘अति विशिष्ट आध्यात्मिकचिन्तन’ मान्नुहुन्छ । अध्यात्मलानकई पूरै नकारी वर्गसंघर्ष र राजनीतिक परिवर्तनबाट मात्र पूर्ण साम्यवाद सम्भवनहुने वहाँको विश्लेषण छ ।
यीतीनै दर्शन आफैंमा सुन्दर भएतापनि सायद एकाङ्गी छन् र यीमध्ये एकले मात्रमानवको सम्पूर्ण समस्याको पूर्ण समाधान गरेको भेटिएन । तसर्थ अहिले एक नयाँचिन्तनको आवश्यकता छ । त्यसमामाक्र्स, फ्रायड र बुद्ध तीनैको दर्शनको समिश्रण होस् । सामन्तवादीचिन्तन र व्यवहारले हजारौं बर्षदेखि मनुष्यको असीमितशोषण गरेको छ । त्यसकारण सामाजिकशोषणको अन्त्यहुनैपर्छ ।
समाजकाम र प्रेमजस्ता नैसर्गिक वृतिहरुको दमनकै कुण्ठाबाट मुक्तहुनु आवश्यक छ । दुर्भाग्यवशआजसम्मअधिकांशधर्मगुरुहरु पनि सामन्तवादीशोषण र प्राकृतिक यौनदमनको समर्थनमाउभिएको भेटिन्छन् । शोषण तथा सामाजिक उत्पीडनबाट मुक्तिकालागिशील, समाधि र प्रज्ञाविहीन क्रान्तिमामानवीयमूल्य र संवेदनामा ठूलो आघात पुगेको र अनियतिन्त्रत हिंसाले अग्रस्थानलिएको देखिन्छ । तसर्थ क्रान्तिकारीहरुमापनिशील, समाधि र प्रज्ञाको नियमितअभ्यासका साथै सम्यक् तथाअनुशासितजीवनयापनको आवश्यकता देखिन्छ ।
नयाँमनुष्यधार्मिक होस् र क्रान्तिकारी पनि । उसले शील, समाधितथा प्रज्ञाको निरन्तर पालन गरोस् । जीवनकामौलिक वृतिहरु स्वीकृत हुन् । कुनै पनिप्रकारको दमननहोस् । विशेष रुपले काम र प्रेमप्रति समाजमा समादरको भाव रहोस् । साथै सामाजिकमूल्य र मान्यतामाक्रान्तिकारी परिवर्तनकालागिव्यक्ति सतत् संघर्षशील र समर्पित रहोस् । यो नयाँ संश्लेषणात्मक प्रयोग तथा जड मूल्यमान्यताहरुको पूर्ण क्रान्ति नै आजको प्रथमआवश्यकताबनेको छ र सोहीक्रान्तिमामनुष्यको भौतिक, मानसिक र आध्यात्मिकत्रिविधताप र दुखमुक्तिको उपाय देखिन्छ ।
समाप्त