बुधबार ८, माघ २०८२ Wed,21 Jan 2026

सर्वाधिकार सुरक्षित

जेनजी आन्दोलनमा प्रदर्शनकारी तर्फ २२ जनाको मृत्यु : नेपाली सेना



16:34 शुक्रबार १ , कार्तिक २०८२

असोज ३१, इटहरी ।
जेनजी आन्दोलनमा प्रदर्शनकारी तर्फ २२ जनाको मृत्यु भएको नेपाली सेनाले जानकारी दिएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेनाले यो जानकारी दिएको हो । 
भदौं २३ र २४ गतेको जेनजी आन्दोलनमा जम्मा ७६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा प्रहरी ३ जना, कैदी १० जना र अन्य ४१ ज्ना रहेको सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले जानकारी दिनुभयो ।
सेनाको अनुसार ४८४ स्थानमा आन्दोलन भएको थियो । आन्दोलनका क्रममा ६ सय ८८ सरकारी कार्यालय, २ सय ५९ निजी निवास, १ सय २८ वटा व्यापारिक प्रतिष्ठान, १ सय ९८ वटा राननीतिक दलका कार्यालय, ३ सय ७ वटा प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ ।
आन्दोलनका क्रममा फरार भएका १५ हजार ५ सय ८८ जना कैदी मध्ये ८ हजार ७ सय ९९ जनालाई नियन्त्रणमा लिइएको नेपाली सेनाले आफ्‌नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
सुरक्षाकर्मीबाट आन्दोलनकारीले लुटेका ९ सय ७८ हतियार मध्ये ५ सय ८६ वटा फिर्ता गराइएको रिर्पोटमा लेखिएको छ ।

Featured News

Advertisement