बिहीबार ३, बैशाख २०८३ Thu,16 Apr 2026

सर्वाधिकार सुरक्षित

साँच्चिकै तपाईंले पाँचजनासँग प्रेम गर्नुभयो ?



09:55 शुक्रबार १६ , जेष्ठ २०७७

पुस्तक अंश: मञ्जुषा

“साँच्चिकै तपाईंले पाँचजनासँग प्रेम गर्नुभयो ?”
“अँ...गरेँ ।”
“बिहे त कसैसँगभएन नि, है ?”
“उनीहरुले मलाई छाडे ।”
“त्यसो भएपाँचपाँचजनासँग बे्रकअपभयो तपाईंको ?”
“त्यसै भन्नुपर्ला ।”
“पाँचै जनाले छाड्नुको कारण?”
“कारणथाहाभएको भएगल्ती सुधारेर म छैटौंका लागितयार हुन्थेँ ।”
मेरो स्वाभाविकउत्तरले पत्रकार रुपेश स्तब्धभए ।
उनको हालतदेखेर सुझाएँ, “पानीपिउनुस् ।”
“थ्याङ्क यू”उनले प्रतिक्रियादिए । र, टेबलमा रहेको एक गिलास पानीपिए ।
मैले हातमा चुरोट लिएँ र मुस्कुराएँ । रुपेश आश्चर्यमा परे । टेबलको लाइटर उठाउँदै सोधे, “तपाईं चुरोट पिउनुहुन्छ?”
“प्रेममा सबै जायजहुन्छभन्छन् । यो चुरोट पनिजायजभित्रपर्छ सायद,” चुरोट ओठमै च्यापेर मैले अनुमानलगाएँ ।
“मतलब?,” रुपेश हतास देखिए ।
“कुल रुपेशजी,” मैले उनलाई ढाडस दिएँ र संवादअघिबढाएँ, “टुटेको प्रेमले सिकाएको लतहो, कहिलेकाहीँपिउँछु ।”
“चुरोट सल्काउन म सहयोग गरुँ?”
“चुरोट आफै सल्काउन सक्छु । नसक्ने एउटाकाम छ, सघाउनुहुन्छ?,” मैले प्रस्ताव गरेँ ।
“अवश्य,”उनले मेरो प्रस्तावमा सहमतिजनाए ।
“मलाई किम जोङ उन भेट्न मन छ, भेटाइदिनुहुन्छ?”
“किमजोङउन?उत्तर कोरियाका सर्वाेच्च नेता?,” मेरो अनौठो प्रस्ताव सुनेर अकमकिँदै उनले सोधे ।
“हो”
रुपेशले लामो सास फेरे र भने, “सक्दिनँ ।”
मुस्कुराएँ । आफै चुरोट सल्काएँ । र भनेँ, “किम जोङ उनलाई भेट्नेबाहेक सबै काम म आफैं गर्न सक्छु ।”
मेरो प्रस्तावमाहारेका रुपेश मलाई जित्ने उद्देश्यले प्रस्तुतभए, “चुरोट पिउनु तपाईंका लागिपीडाहो वाखुसी?”
“दुवै होइन,” चुरोटको धूवाँउडाउँदै भनेँ, “दुख्ने ठाउँबाँकी नै छैन, कहाँदुखेर पीडाहुनु ?खुसीपाउनअसलमान्छे बन्नुपर्छ रे । म कसैकी प्रेमिकापनिबन्ननसकेकी, कसरी असलमान्छे बनुँला खै ?”
चुरोटको अन्तिम सर्को तान्दै गर्दा रुपेशले प्रसङ्ग बदले, “पढाइकति पूरा गर्नुभयो ?”
“अङग्रेजी साहित्यमामास्टर्स सकियो । लभमापिएचडीको शोधपत्र गरँे, त्यसको नतिजायहीजिन्दगीहो ।”
“प्लिज...!”उनलाई वेटरले ल्याएको कफीपिउनआग्रह गरेँ ।
मुसुक्कहाँसे अनि सोधे, “यो तपाईंको प्रेमप्रतिको घृणाहो ?”
“होइन, ‘प्रेम’शब्दलाई म अझै प्रेम गर्छु तर प्रेम गर्ने मान्छेलाई नगर्न सक्छु,” चुरोटको ठुटो एस्ट्रेमा निभाउँदै भनेँ ।
“इन्टे«स्टिङ एन्सर ! म तपाईंको उपन्यास ‘वान्लीलभ’को फ्यानहुँ,”उनले मेरो उपन्यासको प्रशंसा गरे ।
प्रतिउत्तरमा भनेँ, “यो शान्तहल र आजको दिनतपाईंकै लागि छुट्ट्याएकी छु । तपाईं र पाठककातर्फबाटधकफुकाएर प्रश्न सोध्नुस् । म जवाफदिएर मात्रयहाँबाटफर्किनेछु ।’
उनले मलाई हेरिरहे ।
“पत्यार लागेन? हेर्नुस् मैले मोबाइलपनिअफ गरेकी छु । तपाईं पनि गर्नुस्,” उनलाई आग्रह गरेँ । उनले पनितुरुन्तै मोबाइलअफ गरे ।
“तपाईंका यति धेरै प्रेम असफलभए । कहिलेकाहीँअतितले रुवाउँछहोला है ?हीनताबोध पनिहुन्छ कि ?”
“आफूले गल्तीगर्दा पो मान्छेलाई हीनताबोध हुन्छ । दिलखोलेर गरेको प्रेममापनिकहाँको हीनताबोध हुनु ?”
मेरो कुरा सुनेर रुपेशको अनुहारमा अनौठो प्रतिक्रिया देखियो । उनले सोधिहाले, “तपाईं पाँचपाँचजनासँग प्रेम गरेको सजिलै स्विकार्नुहुन्छ । केटीहरुकालागि यो डरलाग्दो कुरा होइन?”
“आफूले गरेको प्रेम स्विकार्नु नै सबैभन्दाठूलो कुरा हो । चाहे केटाहोस् या केटी तर म त्यो केटीहोइन, जसले प्रेम गरेर पनि गरेकै छैन भन्नुमाइज्जतठान्छे । म त्यो केटीहुँ, जसले प्रेम गर्नुलाई इज्जत र हिम्मतठान्छे । म सबैका सामु शिर उठाएर गर्वसाथभन्न सक्छु, “मैले पाँचजनासँग प्रेम गरेँ, त्यो पनिइमानदारीका साथ । हृदयबाट प्रेम गरेँ । समर्पणबाट प्रेम गरेँ । प्रेम सृष्टिको शाश्वत सत्य हो भने त्यही प्रेम मैले गरेँ । प्रेमको अभिनय हैन, यथार्थ प्रेम गरेँ । मात्र....मात्र प्रेम गरेँ ।”
मेरो उत्तर सुनेर रुपेश तस्बिरजस्ता देखिए । मेरा आँखामाभने भयर सङ्कोच दुवै थिएनन् । सायदत्यतिखेर मेरो मुद्राकुनै सिद्धयोगीको जस्तो बनेको थियो । उनले छक्कपर्दै फेरि सोधे, “
त्यसो भए प्रेमले तपाईंंलाई के बनायो ?”
“स्ट्रङ र बेसर्म दुवै बनायो ।”
म मुस्कुराएँ । रुपेश मुस्काउनपनि सकेनन् । “यतिगम्भीर विषयमापनितपाईं हाँस्न सक्नुहुन्छ?,” उनले सोधे ।
“जिन्दगीका सबै विषयगम्भीर छन्, म के के का लागि रोऊँ?बानी परेपछिआँसुमा पनिआयोडिनको स्वादआउँछ, मैले भोगेको कुरा ।”
त्यसपछि मैले खुलाछाडेको केशलाई जुरो बनाएँ । लामो सास फेरेँ । रुपेश अवाक् भई मलाई हेरिरहेका थिए ।
यतिखेर उनले प्रश्ननसोधे पनिआफैं प्रस्तुतभएँ ।
प्रत्येक प्रेममामलाई लाग्थ्यो, “संसारमा मलाई सबैभन्दाबढीमाया गर्ने, खुसीदिने, बुझिदिने मान्छे यहीहो । मेरो दिलको राजकुमार यहीहो ।यहीहो मेरो जिन्दगी । यसैसँगजिन्दगीबिताउने हो मैले ।”
“देवदासकीपारु, रोमियोकीजुलियट, मज्नुकी लैला र मदनकीमुनाभन्दा धेरै माया गर्ने प्रेमिकाबन्न प्रेम गरेकीथिएँ मैले । तर सालाहरुले बदनाम गरेर छोडिदिए ।”
“पहिले त सीधै यहीँमुटुमै दुख्थ्यो । पोल्थ्योे । छटपटिन्थेँ । प्रेम टुट्दा कति रोएँ, त्यसको हिसाबै छैन । यहीमुटु हो सबैले छियाछियापारेको । यो अचेल न दुख्छ, न पोल्छ, न म नै छटपटिन्छु । सबले मिलेर मलाई पत्थर बनाइदिए, एकदमै निर्जीव, शुष्क,” म उन्मुक्तहाँसोका साथ प्रस्तुतभएँ ।
मेरो अनौठो स्वाभाव देखेर रुपेश छक्क परे ।
मैले कुरा जारी राखेँ, “मैले आफूलाई सम्हालिनँ । म जस्तीथिएँ, त्यही सहीलाग्नथालेको थियो । सुध्रिने मन थिएन ।बिग्रिने केहीभएपो सुध्रिने इच्छाहुन्छ । आखिर, मसँगबिग्रिनबाँकी नै के थियो र ? नौ रेक्टरस्केलको भूकम्पले हल्लाएको बस्तीजस्तो थियो जिन्दगी । तहसनहस ।”
“आफ्नै पीडालाई पनितपाईं व्यङ्ग्य गर्नुहुन्छ, आश्चर्य होइन?,” रुपेशले क्यामेराको फ्रेमभित्र मेरो अनुहार मिलाउँदै सोधे ।
“यसो गर्दा बाँच्न सजिलो हुन्छ, रुपेशजी,” म कुटिलहाँसो हाँसेँ ।
“म्यामवाइनलिऊँ?,” रुपेशले मेरो मनोविज्ञानबुझ्नखोजे ।
“वियोगको पीडामापनिनपिएको वाइन, पीडाको कथा सुनाउँदापिउनु जरुरी छैन,” मैले तत्कालै उत्तर दिएँ ।
नशाले मनका सबै कुरा खोल्छभन्छन् । रुपेश पनि मेरा सम्पूर्ण आन्तरिक कुरा खोल्न लागिपरेका थिए ।
फेरि उनले सोधे, “कफी र चुरोट लिऊँ?”
म कफीको अम्मली नै थिएँ ।त्यसमापनिआजदिलखोलेर चुरोट पिउने वातावरण जुरेको थियो । दरबारमार्गको नामचलेको होटलको मिटिङ हललाई आजको अन्तर्वार्ताका लागि मैले बुक गरेकीहुँ । यो सुरक्षितठाउँथियो, त्यसैले पत्रकारले गरेको प्रस्तावलाई मैले नाइनास्ती गरिनँ । उनले वेटरलाई बोलाए । र, दुई कपमिल्ककफीका साथमा एक बट्टा चुरोट पनिमगाए ।
अर्डर लिएर जाँदै गरेका वेटरलाई बोलाएँ, “एक्स्क्युज मी ।”
वेटर हामीतिर फर्किए । “डबल सट एस्प्रेसो ।”
“ओके म्याम, एउटामिल्ककफीक्यानसल गरौं ?”
“एस” मैले अर्डर चेन्ज गरें । वेटर भित्रतिर लागे ।रुपेश भने एकोहोरो किसिमले मलाई हेरिरहेकै थिए ।
‘तपाईंको ‘वान्लीलभ’ कस्तो उपन्यास हो ?,” रुपेशले मोबाइलको रेर्कडर मेरो नजिकै ल्याए ।
“वान्ली लभ उपन्यास सुख, दुःख, हाँसो, खुसी, माया, प्रेम, त्याग, समर्पण र रोमान्सले भरिएको सिङ्गो जिन्दगीहो । जोकसैको जिन्दगीसँग यो मेल खान सक्छ,”मुस्कुराउँदै भनेँ ।
रुपेशले सोधे, “पाँच प्रेमीमध्ये तपाईंले सबैभन्दाबढीकसलाई प्रेम गर्नुभयो ?इमानदारसाथभन्दिनुस् न ?”
रुपेशको प्रश्नपछि म एकछिनहाँसेँ ।
उनले रेर्कडरलाई अफमुडमा राखे । उनीएकोहोरो किमिसले मलाई हेरिरहेका थिए । मैले हाँसो कम गरेँ र भनेँ, “सोच्दै छु, पाँचमध्ये मैले कसलाई बढी प्रेम गरेँ ।”
उनले ठट्टा गरे, “रमाइलो या प्रेम गर्न कसैले तपाईंबाटसिकोस् ।”
म मुस्कुराएँमात्र । रुपेशले रेर्कडर अन गरे । मैले जवाफदिएँ, “सबैलाई उत्तिकै प्रेम गरेँ, जतिमसँगथियो ।”
“यो इमानदार उत्तर भएन, इमानदार जवाफचाहियो,” रुपेशले कुराको रहस्यखोतल्नखोजे ।
“मजसलाई प्रेम गर्थें, बस प्रेम मात्रगर्थें । त्यसकारण म भन्न सक्दिनँ, कसलाई बढी प्रेम गरेँ या कसलाई कम । आखिर, प्रेम जोख्ने तराजु पनि त छैन नि, होइन?”
“मान्छेहरु पहिलो प्रेमभुल्न सकिन्नभन्छन्, तर तपाईंले त उपन्यासमा दोस्रो प्रेम भुल्न सक्नुभएको छैन नि, कारण के होला?,” उनले सोधे ।
“सबैलाई जस्तै मलाई पनिपहिलो पटक प्रेम हुँदाहोस् या टुट्दा एकदमै बढीपीडाभएको थियो । आत्महत्याको विचार पनिआएको थियो ।जिन्दगीदेखि वाक्कभएकीथिएँ ।पहिलो प्रेमगुमाउँदाको पीडाकहाँभुल्न सकिन्छ छ ?,” म स्तब्धभएँ ।
म पोखिँदै थिएँ । जवाफबाँकी नै थियो ।तत्कालआफूलाई सम्हालेँ र संवादअघिबढाएँ, “दोस्रो प्रेमको सम्झनाभइरहनु सिद्धार्थलाई बढीमाया गरेको होइन । उसको त्याग र वीरताप्रतिबढीमाया र सम्मानदिएकीहुँ । अरुले स्वार्थका लागिमलाई छाडे तर सिद्धार्थले मेरा लागिदुनियाँछाड्यो । म सम्मानगर्छु ऊ र उसको प्रेमलाई ।”
जवाफ सुनेर रुपेशले लामो सुस्केरा हाले ।
वेटरले कफीचुरोट ल्याइसकेको थियो । मैले कफीसँगै चुरोट तानेँ । रुपेशले मेरो पुस्तकअघि राखे । र, भने, “मैले तपाईंको पुस्तक एक, दुई होइन, तीनतीनपटकपढिसकेको छु तर तपाईंबाटै सुन्न चाहन्छु – ती प्रेमकथा र तिनकानायकहरु, जसलाई तपाईं मनभरिको प्रेम गर्नुहुन्थ्यो ।”
रुपेशको अनुरोधलाई मैले सहर्ष स्विकारेँ । एक गिलास पानीएक सासमै रित्याएँ । आफ्नो केशराशिखुलाछाडिदिएँ । पिइरहेको चुरोट सिध्याएँ । सजिलोका लागिदुवै खुट्टा सोफामाथिखुम्च्याएँ । किनकिअब मस्तिष्कको यात्रा गर्नु थियो । रुपेशले पनि सजिलोका लागि उपरखुट्टीलगाए । कफीको चुस्कीलिएर भने, “म्याम अब सुरु गरौं ।”

 

Featured News

Advertisement