बिहीबार ३, बैशाख २०८३ Thu,16 Apr 2026

सर्वाधिकार सुरक्षित

बील गेट्सका सिफारिसमा अध्ययनका लागि पाँच पुस्तक ।



05:36 शुक्रबार ३० , जेष्ठ २०७७
  • रामप्रसाद खरेल


९८ विलियन डलरका धनि माइक्रोसफ्टका संस्थापक वील गेट्सले २०२० को यो सिजनमा पाँच पुस्तक पढ्नु भएको छ । पढेका पाँचै पुस्तकको बारेमा वहाँले टिप्पणी समेत लेख्नुभएको छ । यी पाँचै पुस्तक राम्रा रहेकाले अरुलाई पनि पढ्नका लागि सिफारिस गर्नुभएको छ । वहाँले पढ्नु भएका पछिल्ला पुस्तक आत्मकथा, उपन्यास, इतिहास र विचारमुलक निबन्धका रहेका छन् ।
फोब्र्स पत्रिकाले सार्वजनिक गर्ने तथ्याङ्क अनुसार सन् २००० देखि २००७ सम्म वहाँ विश्वको पहिलो स्थानको विलिनियर हो । २००९ र २०१७ मा पनि वहाँले नै पहिलो स्थान प्राप्त गर्नुभएको थियो । अहिले वहाँ जेफ बेजोस भन्दा १५ विलियन कम सम्पति सहित दोस्रो धनाढ्यमा रहनुभएको छ ।
२८ अक्टोबर १९५५ मा वासिङ्टन अमेरिकामा जन्मनुभएका वील गेट्स एघार बाह्र बर्षको उमेरदेखि नै पढ्नमा रुची राख्नुहुन्थ्यो ।
पढ्नमा मात्र होइन् लेख्नमा पनि उतिकै रुची देखिन्छ गेटसको ।
गेट्सको पछिल्लो पुस्तक मे ५, २०२० मा प्रकाशित भएको छ – ‘हाउ टु अभोइड अ क्लाइमेट डिजास्टर’ । गेट्सको पहिलो पुस्तक प्रकाशित भयो सन् १९९५ को नोभेम्बर २४ मा – ‘द रोड अहेड’ । ‘विजनेस ः द स्पिड अफ थट’, ‘लेभल सिक्स प्याक’ लगायतका चर्चित पुस्तकहरु प्रकाशित छन् ।
वहाँले सामुहिक लेखनमा पनि धेरै पुस्तकहरु लेख्नुभएको छ ।
अध्ययनलाई विशेष समय दिनुहुने गेट्सले पछिल्लो समय (सन् २०२०) मा पढेर सिफारिस गर्नुभएका पाँच पुस्तक ‘द च्वाइस’, ‘क्लाउड एटलस’, ‘द राइड अफ अ लाइफटाइम’, ‘ द ग्रेट इन्फ्लुएन्जा’ र ‘गुड इकोनोमिक्स फर हार्ड टाइम’ हुन् ।
(१) द च्वाइस
क्लिनिकल साइकोलोजिष्ट एडिथ इगरको सस्मरण हो द च्वाइस । इगरको अर्को पुस्तक ‘द गिफ्ट’ २०२० को नोभेम्बरमा प्रकाशित हुँदैछ ।
इगर २३ सेप्टेम्बर १९२७ मा कोलोस स्लोभाकियामा जन्मिनुभएको हो । जब उहाँको वाल्यकाल थियो सो समयमा नाजीहरुले हंगेरीमा कब्जा जमाए । र यहुदीहरुलाई दास वनाइयो । इगरको परिवारलाई मृत्यू शिबिर औशविट्स पठाइयो । वहाँका बाबुआमालाई ग्यास च्याम्बरमा राखिएको थियो । उनिहरु त्यही मरेँ । इगरको वहादुरी र चलाखीको कारण वहिनी र वहाँ एक अमेरिकी सैनिकको साहयतामा बाँच्न सफल हुनुभयो । १९४५ मा युद्ध सकिएपछि वहाँ आफ्नो घर फर्कनुभयो । विवाह पश्चात १९४९ मा अमेरिका जानुभयो । आफूले भोगेको युद्धको कथा नै द च्वाइस हो भन्दा फरक पर्दैन् ।
मानिसहरुमा समस्याहरु आउँछन । ती समस्याहरु पछि कसरी अघि वढ्ने भन्ने कुरा द च्वाइससले सिकाउँछ ।
यो पुस्तकको बारेमा वील गेट्स लेख्नुहुन्छ – “डा. एडिथ इभा इगरको पुस्तक पढेँ जुन मलाई विशेष उपयोगी लाग्यो । यो पुस्तकले युरोपमा युद्धपछिको युग कति अराजक भयो भनेर एक झलक प्रस्तुत गर्दछ । उनको कथा सिभिल अर्डर पूर्ण रुपमा बिग्रिएपछि मानिसहरुका खराब प्रवृतिहरु कसरी आउन सक्छन् भन्ने कुराको सम्झाउँने हो द च्वाइस ।”
(२) क्लाउड एटलस
वेलायती लेखक डेभिड मिसेलको क्लाउड एक सशक्त उपन्यास हो । यसको प्रकाशन २००४ मा भएको थियो । विभिन्न ६ कथाहरुको अनुक्रम हो क्लाउड एटलस ।
मिसेलको यो पुस्तक त्यो समयको चर्चित उपन्यास हो । यसले बुक अफ द इयर पुरस्कार जितेको थियो ।
क्लाउड एटलसको बारेमा गेट्स लेख्नुहुन्छ – “यो एक अद्भूत पुस्तक हो जुन वर्णन गर्न गाह्रो छ । म तपाईलाई भन्न सक्छु कि यो नैतिक छनौटहरुको बारेमा एक मनपर्दो र होशियार उपन्यास हो । यसले मान्छे कसरी आत्म केन्द्रित र खराब हुन सक्छ अनि कसरी सहयोगी र राम्रो मान्छे हुनसक्छ भन्ने खोज गरेको छ । प्रत्येक कथामा कम्तिमा एउटा चरित्र भनेको अघिल्लो कथाको कसैको पुनर्जन्म हो । लेखकले भनेका छन् कि पुस्तक पुनर्जन्म र मानव प्रकृतिको सर्वव्यापीकरणको बारेमा हो ।”
(३) द राइड अफ अ लाइफटाइम
रोर्बट इगरको यो पुस्तक २ सय ७२ पेजको छ । सन् २०१९ को जनवरीमा पेन्गुइन रेन्डम बुक्स अमेरिकाबाट प्रकाशित यो पुस्तक यति धेरै चल्यो कि सेप्टेम्बरमा आइपुग्दा २३ औँ संस्करण प्रकाशित भयो ।
१० फ्रेबुअरी १९५१ मा न्युवर्कमा जन्मनुभएका इगर डिज्नी ल्याण्डका पूर्व सीइओ हुनुहुन्छ । सन् २००५ मा एकदमै अप्ठ्यारो समयमा डिज्नीको सीइओ वन्नुभयो । इगरले ग्लोबल सोच्नुभयो र डिज्नीलाई विश्व बजारमा एक मजबुत ब्राण्डमा वदल्नुभयो । आज २ लाख मानिसले एकसाथ काम गर्छन डिज्नीमा । चौध बर्षको अन्तरालमा डिज्नीलाई विश्वको सबैभन्दा ठूलो मिडिया कम्पनी बनाउँनुभयो । वील गेट्सका अनुसार यो युगको सबैभन्दा नविन र सफल सीईओ हुन सफल हुनुभयो इगर ।
यही सफलताको कथाको वर्णन हो द राइड अफ अ लाइफटाइम ।
यस पुस्तकका बारेमा गे्टसको टिप्पणी यस्तो छ – “ कसरी व्यापार चलाउने बारेका धेरै किताबहरु म पढ्दिन । मैले पहिल्यै पढ्ेको सबभन्दा राम्रो पुस्तक बिजनेस एडभेन्चरस हो । जब कसैले मलाई व्यापार सम्बन्धीको किताब सिफारिस गर्न भने यही पुस्तक पढ्न सुझाब दिन्छु । तर मैले अर्को पुस्तक पढेँ डिज्नीका पूर्व सीईओ रोर्बट इगरको ः द राइड अफ लाइफटाइम । अब म यही किताब पढ्न सिफारिस गर्दछु । नाडेला सहित धेरै साथिहरुलाई सिफारिस गरिसकेको छु ।”
गेट्सका अनुसार पुस्तकमा इगरले आफुले सिकेको पाठ र साँचो नेतृत्वको लागि आवश्यक सिद्धान्तहरुको अन्वेषण गर्नुभएको छ । ती हुन् ः
आशावाद ः कठिनाइको बाबजुद पनि एक आशावादी नेताले उतम सम्भव परिणामको लागि मार्ग फेला पार्नेछन् र त्यसमा केन्द्रित हुनेछन् । हामीले निराशावाद र दोषारोपण छाड्नुपर्दछ ।
साहस ः नेताहरुले जोखिम लिन र ठूलो शर्त राख्न तयार हुनुपर्छ । असफलताको डरले रचनात्मकता नष्ट गर्दछ ।
निर्णयकता ः सबै निर्णयहरु जतिसुकै गाह्रो भएपनि समयमै गर्न सक्नुपर्छ ।
निष्पक्षता ः व्यक्तिलाई सहानुभूतिपूर्वक व्यवहार गर्नुहोस् र उनीहरुको पहुँचयोग्य बन्नुहोस् ।
रोर्बट इगर यसै पुस्तकमा लेख्नुहुन्छ ः “यस पुस्तकका विचारहरुले मलाई विश्वव्यापी बनाउँदछ । केवल विश्वका महत्वकांक्षी प्रमुख कार्यकारी अधिकारीलाई मात्र होईन, कोही आफूलाई कम डरलाग्दो, आत्मविश्वासका साथ आफुलाई अनुभव गर्न चाहनेलाई पनि पेशेवर र व्यक्तिगत जीवनको मार्गनिर्देशन गर्छ ।”
(४) द ग्रेट इन्फ्लुएन्जा
यो पुस्तक सन् २००४ मा विकिन प्रेस अमेरिकाले प्रकाशन गरेको हो । ५४६ पेज को पुस्तकका लेखक जोन एम ब्यारी रहनुभएको छ ।
सन् १९१८ को महामारीको इतिहासको दस्दावेजिकरण हो भन्दा फरक पर्दैन यस पुस्तकलाई । सो वेला २० करोड भन्दा वढी मानिसको ज्यान गएको थियो विश्वमा इन्फ्लूएन्जा महामारीको कारण । यो भाइरस कन्सासको सैनिक शिविरमा देखा परेको थियो ।
वील गेट्स आफ्नो नोटमा लेख्नुहुन्छ ः “......विज्ञान र महामारीको टक्कर भयो । तर हामीले अन्नत जीत हासिल गर्यौ । किताबमा अन्य फ्लूको शिकार हुन सक्ने सुझाब पनि दिन्छ ।”
(५) गुड इकोनोमिक्स फर हार्ड टाइम्स
यो पुस्तक अर्थशास्त्री पतिपत्नी अभिजित बनर्जी र एस्तर डुफलोले लेख्नुभएको हो । १२ नोभेम्बर २०१९ मा पब्लिक अफेयर्सले प्रकाशन गरेको ४३२ पेजको यो पुस्तकले नोबेल अर्थशास्त्रको पुरस्कार समेत प्राप्त गर्न सफल भयो । यस पुस्तकले विश्वको अर्थशास्त्र र अवस्थाको बारेमा सरल ढङ्गबाट विश्लेषण गरेको छ ।
गरिबको अर्थशास्त्र पनि यो जोडिको विश्वचर्चित पुस्तक हो ।
यस पुस्तकको बारेमा गेट्सको नोट यस्तो छ ः “उनीहरुको यो पुस्तक पाठकहरुको लागि सजिलैसँग पहुँच योग्य छ जोसँग अर्थशास्त्रको डिग्री छैन् । लेखकद्ववय सुरुमै स्वीकार गर्दछन हामी अर्थशास्त्रीहरु प्राय हाम्रो मोडेल र विधिहरुमा समेटिएका हुन्छौँ र कहिलेकाही विज्ञान कहाँबाट अन्त हुन्छ र विचारधार शुरु हुन्छ भनेर बिर्सन्छौँ । स्पष्ट गरौँ धनीहरुको लागि कर कटौतीले आर्थिक बृद्धिदर गर्दैन । बनर्जी र डुफलोले मलाई वकालत गर्न अझ वढी कारण दिएका छन् ।”

#######

 

 

 

Featured News

Advertisement