किरण शुन्यानन्द चौलागाईंका तीन कविता
04:59
शुक्रबार
५ ,
असार
२०७७
NepalBit
1537
- किरण शुन्यानन्द चौलागाईं
(१) भोक
धेरै दिनदेखि
चिरबिर चिरबिर
गुञ्जिरहेको छ भोकको आवाज
झुपडीको मूल ढोका माथिबाट ।
झर्को लागेर हो
या माया लागेर
आमैले अचेल
आँगनको बिस्कुन
आधा मात्र उठाउन थालेकी छिन् ।
(२) छुट्नु
म त पात हुँ,
जो छुटिरहन्छ रुखबाट,
तर,
पात बसन्त जन्माउन छुट्छ,
म रुख जन्माउन छुट्छु ।।
(३) विश्वास
तिमी मसँग हुँदा,
आकाशमा तारा टुटिरहन्थे
जब जब तारा टुट्थे
तिमी आँखा चिम्लिन्थ्यौँ
एउटा अम्लो अर्को औँलामाथि खप्ट्न्थ्यौँ,
र केही मागिरहन्थ्यौँ,
तारा टुटिरहे,
तिमीले मागिरह्यौँ
पत्तै नपाई,
खै कुन बेला म तारा भइसकेको रहेछुु ।






