बिहीबार ३, बैशाख २०८३ Thu,16 Apr 2026

सर्वाधिकार सुरक्षित

किरण शुन्यानन्द चौलागाईंका तीन कविता



04:59 शुक्रबार ५ , असार २०७७
  • किरण शुन्यानन्द चौलागाईं

(१) भोक

धेरै दिनदेखि
चिरबिर चिरबिर
गुञ्जिरहेको छ भोकको आवाज
झुपडीको मूल ढोका माथिबाट ।

झर्को लागेर हो
या माया लागेर
आमैले अचेल
आँगनको बिस्कुन
आधा मात्र उठाउन थालेकी छिन् ।

(२) छुट्नु

म त पात हुँ,
जो छुटिरहन्छ रुखबाट,
तर,
पात बसन्त जन्माउन छुट्छ,
म रुख जन्माउन छुट्छु ।।

(३) विश्वास

तिमी मसँग हुँदा,
आकाशमा तारा टुटिरहन्थे
जब जब तारा टुट्थे
तिमी आँखा चिम्लिन्थ्यौँ
एउटा अम्लो अर्को औँलामाथि खप्ट्न्थ्यौँ,
र केही मागिरहन्थ्यौँ,
तारा टुटिरहे,
तिमीले मागिरह्यौँ
पत्तै नपाई,
खै कुन बेला म तारा भइसकेको रहेछुु ।

 

Featured News

Advertisement