बिहीबार ३, बैशाख २०८३ Thu,16 Apr 2026

सर्वाधिकार सुरक्षित

अजिव भन्छन् सबैले मलाई, म ढुङ्गामा नि संसार देख्छु : स्वर्णिका



03:08 शुक्रबार १२ , असार २०७७
  • स्वर्णिका खड्का

अजिव भन्छन् सबैले मलाई, म ढुङ्गामा नि संसार देख्छु

प्रेममा नि रमाउछन् कोही, म प्रेममा संहार देख्छु ।

 

मुस्कुराएर गर्दैछन् मेरा अघि तारिफ उनिहरु ,

तर ति सब मेरा पछि गरिएका प्रहार देख्छु ।

 

धेरै भएछ सायद उसलाई नदेखेका यि आँखाले,

आजभोलि म पानीमा पनि उसकै आकार देख्छु ।

 

हरियाली वसन्तले खुसी ल्याउँछ भन्थे सबै

म चाँही अध्याँरो र एक्लोपनमा मात्रै बहार देख्छु ।

######

इटहरी ८ सुनसरी

swarnikaswarnim@gmail.com

Featured News

Advertisement