बिहीबार ३, बैशाख २०८३ Thu,16 Apr 2026

सर्वाधिकार सुरक्षित

चकलेट फ्याक्टरी : मञ्जुश्री गिरी (लघुकथा)



03:30 शुक्रबार १२ , असार २०७७
  • मञ्जुश्री गिरी 

रामपरीको चारवटी छोरीहरु छन् ।लोग्ने मंसिरमा रगत छादेर मर्यो।भरखर पच्चीसकी ।चकलेट बनाउने कम्पनीमा काम गर्न थाली ।चकलेटलाई खोल बेर्नुपर्ने।चारवटी छोरीमा जेठी छोरी रजिया नौ बर्षकी छे।घरको काम सबै गर्छे। रामपरीकी आमाको रामपरी एक्ली छोरी ।एउटा भएको घरज्वाईं पनि मृत्यु भएकोले र आफ्नो लोग्ने पनि नहुँदा घरिघरि चिन्ता गर्छे। ‌घरमा एउटा पनि पुरुष छैन।रामपरी सधैं बिहान आठ बजे जान्छे,र छ बजे फर्कन्छे।कहिलेकाहीँ काम धेरै भएको भनेर आठ बजे आउन थाली ।पैसा पनी मनग्गे ल्याउन थाली ।पहिला तीन हजार ल्याउँथी।अचेल पाँच सातहजार हप्ताको ल्याउँछे ।हुँदा हुँदा अब काममा जान्नँ भन्न थाली ।कमजोर भए टाउको दुख्यो भन्न थाली ।मालिकले घरमै चकलेट जोखेर ल्याइदिन थाल्यो।पकेट बनाउँथी ।छोरीहरुले पनि सघाउन थाले।एकदिन आमालाई शंका लागेर गाली गरी ।आँगनमा टाटीको बेरा लगाई ।अब रामपरी घरबाट बाहिर निस्कन छाडी । रामपरीले अस्पतालमा लोग्ने बिदेश गएको छ भनेर ढाँटी ।छोरो जन्मियो ।उसकी आमा धेरै खुसी भई।घरमा एउटा भएपनि लोग्नेमान्छे भयो भनेर। रामपरीले पछी मालिकलाई खोजी ।मालिक चकलेट फ् याक्टरी बन्द गरेर भागिसकेको थियो।

#####

विराटनगर

Featured News

Advertisement