मंगलवार ५, आश्विन २०७८ Tue,21 Sep 2021

सर्वाधिकार सुरक्षित

नेतृत्व प्रणाली : ईश्वर वा परम तत्व



16:08 शनिबार ३ , श्रावण २०७७
  • पुष्कर थापा

वैज्ञानिक रूपमा नै प्रमाणित भै सकेको छ, कि यस ब्राह्मण्ड चराचर जगतमा रहेका जुन सुकै लाम्चो,गोलो, अर्धकार,वृत्तकार सबै वस्तु सेन्टर ( नेतृत्व) मा आधारित छन् र नेतृत्वलाई नै आधार मानेर सबै जीवजन्तु , वनस्पति , सौर्यमण्डल , आकास गङ्गगाआदि चलायमान छ ।
आखिर त्यो सेन्टर(नेतृत्व) भनेको चाहि के हो ? महान बैज्ञानिक अल्वट आन्टाईनका अनुसार “पारमाणिक भाई्ब्रेसन” (ईश्वरीय कण) र अध्यात्म बादीहरुका अनुसार “ईश्वर वा परम तत्व” हो । यो सबै उहि (ईश्वर) को कार्यदेश हो । लौह कानुन हो । यहि कार्यदेशको आधारमा एकले अर्कालालाई सेन्टर (नेतृत्व) बनाई चलायमान छन् । जसरी सुर्यलाई आधार (केन्द्र) नेतृत्व बनाई ग्रह, उपग्रह दिने र लिने कार्यको आधारमा आ–आफ्ना कक्षमा घुम्छन् । ,मनुष्य जातिलाई आधार (नेतृत्व ) बनाई अन्य जीव जन्तु वनस्पति सौर्यमण्ल, रानोलाई नेतृत्व मानेर कमिला र माहुरी आदि चलायमान छन् ।
ग्रहका पनि अन्य उप–ग्रहहरु भएजस्तै गहिरिएर बुझ्ने हो भने सबका आ–आफ्ना कक्षमा, दिने र लिने कार्यमा व्यस्त रहेका पाउँछौं । हाम्रा केही सामाजिक, राजनीतिक, पारिवारिक, धार्मिक सगँ संगठनलाई नै हेर्याै भने पनि हामी यहि नेतृत्व प्रणालीलाई नै आधार मानि खडा भएको पाउँछौ ।
यो प्रणाली पशुपन्छि,जीवजन्तूको हुल , वथानमा पनि सहजै महसुस गर्न सक्छौँ । हाम्रो मानविय ह्रदयलाई केस्रा–केस्रा गरी छुट्याउने हो भन विश्व विख्यात मनो चिन्तक फ्रायड ले भने झै “महान बन्ने” (सबै को केन्द्र बन्ने) भन्ने मनोकांक्षाले भरिएको हुन्छ र केन्द्र (नेतृत्व) बन्ने भन्ने अन्तरनिहित चाहनाले मनुष्य जाति आशाका साथ यहि उत्कण्ठा पुरा गर्न अनवरत संघर्षशील छ र यस प्रकारको क्रम, उपक्रमको केन्द्रीय प्रणालीमा थोरै मात्र असन्तुलन हुन पुगेमा सबै जीव जन्तु , वनस्पति , परिवार , सामाजिक , राजनीतिक , धार्मिक , हुल , वथान , सौर्यमण्ल आदि सबै नै नष्ट भएर जाने निस्चित छ ।
हाम्रो देशमा नै भै रहेको राजनीति प्रणालीलाई एक चोटि गम्भिर भएर नियालौँ, जहाँ ठूला दलहरुको नै हविगत नेतृत्व दुई जना, तिन जना सम्म बनाएका र गुट र उपगुटमा टक्कराई रहेका पाउन सकिन्छ ।
जसरी हामीले बनाएका हजारौं कानुनमा एउटै मात्रै पनि उलङ्घन गरेमा पनि हामी सजायको भागिदार बन्छौ भने त्यो परमत्वको कानून (कार्यदेश) उलङ्घन गर्न पुगेमा के होला ? सहजै अनुमान लगाउन सकिन्छ कि आज भन्दा सयौं, हजारौं वर्ष अगाडि यस पृथ्वीमा भिमकाय डाइनोसरहरु थिए र उनिहरु नास भएर गए । जसको क्रम उपक्रममा (सह–अस्तित्वमा ) रहेकाहरु पनि नास हुदैँ र नास हुने क्रम भै राखें कै छ ।
जसले सहकर्मिलाई अति दोहन गरे । आज हामी मनुष्य जाति पनि क्रम, उपक्रम (सहकर्मी) माथि एकहोरो दोहन गरी राखेको पाउँछौं । चाहे त्यो प्राकृतिक दोहन होस या राजनिक नेतृत्व वर्गले आफ्नो सहकर्मी (नेताकार्यकर्ता), सरकारले जनता प्रति गरेको दोहन (अत्याचार)नै किन नहोस जसका ठुला–ठुला प्रभाव हामी माथि देखिन थालि सकेका छन् । चाहे त्यो जलवायु परिवर्तन होस् या मानिसहरुले कसैले कसैलाई विस्वास गर्न नसकि गुट उपगुटको सिर्जना हुदैजानु,धेरै पन्थ बन्नु र थुप्रै केन्द्र (नेतृत्व) बन्दै जानुँ...।
त्यस्तै, परिवारिक रुपमा पनि बालबालिका बुढाबुढी एक्लिदै जानु,पारपाचुके दिनदिनै बढ्दै जानु, यि सबैले केन्द्रीय प्रणाली उल्ङ्घन गरेकै कारणले गर्दा सामाजिक , आर्थिक समस्या भै दिनदिनै आत्म हत्या,लागूऔषध दुर्बसन, निरासा जस्ता चुनौतीहरु देखापरिसकेका छन् ।
यि र यस्ता कार्यबाट सहजै अनुमान लगाउन सकिन्छ कि मनुष्य जाति नै आज अस्तित्व संकट (नष्टहुने दिशा) मा रहेको छ । यो संकटको अवस्था सबै नेतृत्व गुम्नुले नै हो । यसैले हामी आजको यस संकट पूर्ण अवस्थालाई सँच्याउन र साँच्चो मानवको रुपमा माथि उठ्न, असल विचार र नेतृत्वमा गोलबद्ध बनि विश्व नागरिक डा.सन् म्योङ्ग मुनले भने जस्तै “अरुको खातिर बाच्ने जीवन शैलिको अभ्यास गर्नु नै अस्तित्व संकट (नष्टहुन) बाट उन्मुक्ति हुने एक मात्र उपाय हो ।