बिहीबार ३, बैशाख २०८३ Thu,16 Apr 2026

सर्वाधिकार सुरक्षित

शर्मीला सिग्देलको गजल



07:47 शुक्रबार ९ , श्रावण २०७७

शर्मीला सिग्देल

व्यक्तिगतको माया लाग्न थाल्यो, सरकारीको पनि माया लाग्न थाल्यो,
हृदयको आकार ठूलो भएर आयो, अत्याचारीको पनि माया लाग्न थाल्यो ।

यो ढुङा माटोमा पनि ढुकढुकी देख्न थालेपछी कठैबरा,
काटेर पकाउन ठीक्क पारेको तरकारीको पनि माया लाग्न थाल्यो ।

अचानक के घटित भयो खै म भित्र चढ्न भनेर आट्दा,
यी गाडी, रिक्सा अनी सिटी सफारीको पनि माया लाग्न थाल्यो ।

आफ्नो मातृभुमी सम्झेर, आफ्नो प्राण भुमीलाई सम्झेर,
देशको माया त लाग्थ्यो, अब सीमा पारीको पनि माया लाग्न थाल्यो ।

Featured News

Advertisement