‘खलंगामा हमला’ पढिसकेपछी म पहिलेको जस्तो रहिन
सन्जीवन प्रधान
सुरुवात आवरण चित्र बाटै गरौँ त्यहाँ एउटा भवनको सानो टुक्राले अन्तिम सास लिइरहेको छ । आकाशतिर हेर्दै , घिटिक–घिटिक गर्दै । त्यसको शरीरबाट धुवाँ उडिरहेको छ । त्यो छट्पटाइ रहेको छ ।
कुनै समयको सुन्दर भवन एक सक्तीशाली बमले ध्वस्त बनाइएको छ । चित्र भित्र निहाल्दा एउटा अर्को आकृति पनि देखिन्छ, कुनै बुढी आमै हुनुपर्छ त्यो दारुण दृश्य हेर्दै बिलाप गरिरहेकी । शायद तीनको कोही आफन्त खरानी भए होलान त्यही ठाउँमा ।
जुम्ला जर्जर थियो । त्यहाँ गरिबी थियो,अशिक्षा थियो,अन्धबिश्वास थियो,अनेक समस्याहरु थिए । तर त्यहाँ बारुदको गन्ध मिश्रित बातावरण भने थिएन । डर,कोलाहल, हिंसा र हत्या थिएन ।
तर बिस्तारै तिनीहरुले पनि त्यहाँ आफ्नो अस्तित्व खोज्दै जरा गाडे । अभाव त थियो नै , पछी आएर आतंकको बज्रपात पनि थपियो । जसोतसो जीवन गुजारा भईरहेकै थियो । ‘अब बाँचिदैन होला’ भन्ने त्रास पनि थपियो त्यहाँ ।
त्यही त्रासदीको नालीबेली छ ‘खलंगामा हमलामा’ ।
गरिबीको पारिभाषासँगै वल्र्डभिउको निर्माण ।
कथाको सुरुवात एउटा सानो बच्चीको प्रश्नहरु बाट हुन्छ । प्रश्नहरु यति शक्तीशाली हुन्छन कि त्यही प्रश्नहरुको उत्तर भित्र तिनले आफ्नो लक्ष्यको डोबहरु भेटछिन ।
ती बच्चीले सोध्छीन – “बा ! हामी गरीब छौ है ?”
“हामी भन्दा गरिब त जुम्लामा बस्छन । हामीभन्दा नि अध्यारोमा बस्छन । तिमीले धेरै पढेर जुम्लाका गरिवहरुको सेवा गर्नुपर्छ है ।”
यो कुराले ती सानी बच्चीको मस्तिष्कमा गहिरो असर छोड्छ । त्यसैबाट ती सानी बच्चीको वल्र्डभिउ निर्माण हुन्छ ।
“हामीभन्दा गरिबहरुपनी रहेछन यो संसारमा । हामी जस्तो भएनी धनीनै रहेछौ ।” भन्ने सोचाई बच्चीको बाल मस्तिष्कमा आउँछ । यो लाइन पढदै गर्दा ,मलाईपनि कताकता ‘अमृत’ भन्ने एउटा पुरानो हिन्दी सिनेमाको गीतका शब्दहरु याद आयो ।
दुनियाँमे कितना गम है, मेरा गम कितना कम् है ।
लोगोका गम देखा तो मै आपना गम भुल गया ।
सायद यो एउटा फर्मुला हो । जबजब दुःख–कष्टको पहाडले हामीलाई थिचे जस्तो लाग्छ , हामीले शायद हाम्रो वरपर हेर्ने प्रयास गर्नु पर्छ ।
पुस्तक भित्र एउटा अर्को सक्तीशाली सन्देश पनि छ । ‘सपना साकार पार्न आवश्यक प्रेरणाहरुको खोजिमा तिनिहरु मात्र भौतारिन्छन जसको सपनामा दम हुदैन ।’
जब सपना शक्तीशाली हुन्छ ,त्यो सपनाले सपना देख्नेलाई आँफै खिच्ने रहेछ । राधा पौडेल ,यस पुस्तकको लेखिकाको जीवनमा पनि त्यस्तै भयो । म जसरी पनि जुम्ला जान्छु । त्यहाँ गएर कामगर्छु भनेर अड्डी कसिन । आफ्नो सपनालाई सक्तीशाली बनाइन ।
सन्दुक रुइतको जीवनमा पनि त्यस्तै भयो । अनुराधा कोइरालाको जीवनमा पनि त्यस्तै भयो । तसर्थ हामीले हाम्रो सपनामा बारुद भर्ने काम गर्नुपर्ने रहेछ । त्यसलाई जतिसक्दो शक्तीशाली बनाउने प्रयास गर्नुपर्ने रहेछ । त्यसपछी बाधा अड्चनहरु आँफै फुकिदै जाने रहेछन । अनि हामी उड्ने रहेछौ आफ्नो सपना तिर सिमलको भुवा सरी ।
उपन्यास भित्र खलंगामा भएको हमलाको मिहिन चित्र प्रस्तुत गरिएको छ । पढ्दैजाँदा तपाईको नाथ्री फुट्ने गरी बारुदको गन्ध आउछ । तपाईंको चारैतिर फैलिएको धुवाँले तपाईंलाई नजरबन्ध बनाउँछ । तपाइलाई आन्दोलित बनाउछ , उत्तेजित बनाउँछ ।
स्वास्थ्य सेवामा किन जागिर खाने ? यसको पनि बढो जोड्दार उत्तर छ यहाँ । यो पेसाले सिकाउने कुरो संसारको अरुकुनै पेशाले नसिकाउने रहेछ । ती सबै असल स्वास्थ्यकर्मी हरुलाई मेरो कोटी–कोटी प्रणाम ।
सत्तामा बस्ने हरुले बुझ्नु पर्ने कुरो ।
दुरदर्शी सपना बोकेका ब्यक्तिहरुको लागि जतिसक्दो सहयोग जुटाइदिनु र मार्गप्रशस्त गरिदिनु । तगारो हाल्नेकाम नगर्नु । अहिलेसम्म चलिरहेको ‘उचाल्ने अनि पछार्ने’ काम तुरुन्त बन्द गर्नु । दुरदर्शी सपना बोकेकाहरुलाई लावा लस्कर र झुन्ड चाहिँदैन । तिनिहरुले एक्लैले गरेर देखाइदिन्छन् । त्यसको ज्वलन्त उदाहरण राधा घिमिरे ,कुलमान घिसिङ , सन्दुक रुइत र अनुराधा कोइराला हुन । घंैटोमा घाम लगाउनु । यस्ता ब्यक्तीहरुको पहिचान गर्नु ।
अन्तमा ,
लेखिकालाई नमन ।
यो पुस्तक पढिसकेपछी ,म पहिलेको जस्तो रहिन ।






